• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

भीर मौरीको महको माग बढ्यो, धान्नै मुस्किल


  •   बुधबार, चैत १४, २०८० मा प्रकाशित
  • ताप्लेजुङ । पछिल्लो समय भीर मौरीको महको माग बढ्न थालेको छ। ताप्लेजुङका स्थानीय व्यवसायीका अनुसार विगतमा भन्दा अहिले भीर मौरीको महको माग बढ्न थालेको हो।

    Advertisement

    ताप्लेजुङ भित्रने आन्तरिक तथा बाह्य पर्यटकका कारण भीर मौरीको महको माग बढ्दै गएको पाइएको छ। सदरमुकाम फुङ्लिङ बजारमा कोसेली घर सञ्चालन गर्दै आउनुभएका व्यवसायी ललित गुरुङका अनुसार विगत वर्षका तुलनामा पछिल्लो समय भीर मौरीको महको माग बढ्दै गएको छ।

    ताप्लेजुङ कोसेली घरका सञ्चालक गुरुङले भीर मौरीको मह खरिद गर्नेमा जिल्ला बाहिरका ग्राहक बढी रहेका बताउनुभयो। उहाँकाअनुसार जिल्लास्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनमा आउने तीर्थयात्रीले मह खरिद गर्ने गरेका छन्। तीर्थयात्रीबाहेक ताप्लेजुङको भ्रमणमा आउने पाहुना तथा अन्य पर्यटकले कोसेलीको रूपमा भीर मौरीको मह खरिद गर्ने गरेका उहाँले बताउनुभयो।

    केही वर्ष अघिसम्म भीर मौरीको मह सीमित ग्राहकले मात्र खोज्ने गरेकोमा अहिले माग बढ्दै गएको व्यवसायी गुरुङको भनाइ छ। गुरुङले सञ्चालन गर्नुभएको कोसेली घरमा वर्षमा दुई सिजन (मौसम) गरी दुई सयदेखि दुईसय ५० किलोग्रामसम्म भीर मौरीको मह आउने गरेको छ। भीर मौरीको मह प्रतिकिलोग्राम वा बोतल तीन हजार ५०० रुपियाँले बिक्री हुने गरेको छ।

    स्थानीय व्यवसायीका अनुसार भीर मौरीको मह सङ्कलन गर्नेले वर्षमा दुई सिजन बजारमा मह ल्याउने गरेका छन्। मह सङ्कलकले ल्याउने भीर मौरीको अधिकांश मह कोसेली घरमा आउने गरेको छ भने केही गाउँमै खपत हुने गरेको व्यवसायी बताउँछन्। कोहीले भने सिधै मह सङ्कलन गर्नेसँग सम्पर्क गरेर भीर मौरीको मह खरिद गर्ने गरेको पाइएको छ।

    यता डिभिजन वन कार्यालय ताप्लेजुङको तथ्याङ्कअनुसार थोरै परिमाणमा भीर मौरीको मह सङ्कलन गर्ने अनुमति लिने गरिएको छ। चालू आर्थिक वर्षमा ६० किलोग्राम भीर मौरीको मह सङ्कलन गर्ने गरी डिभिजन वन कार्यालयबाट अनुमति जारी भएको निमित्त डिभिजनल वन अधिकृत ललितकुमार यादवले जानकारी दिनुभयो। उहाँका अनुसार अघिल्लो वर्षहरूमा पनि सोही अनुपात अर्थात् एकसय किलोग्राम भन्दा न्यून भीर मौरीको मह सङ्कलनको अनुमति जारी हुने गरेको थियो।

    भीर मौरीले जडीबुटीजन्य फूलबाट मह बनाउने भएकाले औषधीय गुण भएको मह मानिन्छ। धेरै खाँदा वा उपभोग गर्दा मात लाग्ने भए पनि मात्रा मिलाएर उपभोग गरेमा भीर मौरीको मह हाडजोर्नी, नशासम्बन्धी समस्या, युरिक एसिड, उच्च रक्तचापलगायत दीर्घरोग भएकालाई उपयुक्त हुने विशेषज्ञ बताउँछन्। औषधीय विशेषता भएकै कारण पछिल्लो समय भीर मौरीको महको माग बढ्दै गएको व्यवसायीको भनाइ छ।

    बुधबार, चैत १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer