काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई हृदयाघात भएको छ ।
Advertisement
उनलाई ‘मिनी हर्ट अट्याक’ भएपछि मनमोहन अस्पतालमा भर्ना गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ । चिकित्सकले उनलाई ४८ घण्टा अब्जर्भेसनमा राख्नुपर्ने बताएका छन् ।
पारिवारिक स्रोतका अनुसार उनलाई आज बिहान ८ः३० मा अस्पताल लगिएको थियो ।




