धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिमका दुई बिना विभागीय मन्त्रीहरूले कार्यभार पाएका छन् ।
नाउपाभित्र विवाद बढिरहेको बेला मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाका दुई मन्त्री लक्ष्मण किशोर चौधरी र खुसीराम डगौरा थारूलाई मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
मुख्यमन्त्री शाहले लक्ष्मण किशोर चौधरीलाई सामाजिक विकास तथा खुसीरामले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका छन् । उनीहरुले आजै पदभार ग्रहण गर्दैछन् ।
सुदूरपश्चिममा नाउपाका ७ सांसद छन् । तीमध्य पाँचजना मन्त्री नियुक्त भएका छन्।
अहिले कांग्रेस नेतृत्वको सरकारमा १८ सांसद रहेको कांग्रेसबाट मुख्यमन्त्रीसहित २ मन्त्री छन् भने ७ सांसद रहेको नाउपाबाट ४ मन्त्री र एक राज्यमन्त्री छन्।
नाउपामा अहिले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने विषयमा विवाद छ । माओवादी र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि नाउपाले साथ दिदा समेत सरकार जोगाउन दुई सांसदको अभाव छ ।




