• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, भदौ ११, २०८३
☰
बिहिबार, भदौ ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

सामाजिक सञ्जाल र सञ्चारमाध्यमका कारण साम्प्रदायिक सद्भाव बिथोलिएको गृहको निष्कर्ष, ६८ बुँदे निर्देशन जारी


  •   शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
  • काठमाडौं । गृह मन्त्रालयले देशका विभिन्न भागमा साम्प्रदायिक सद्भाव बिथोल्न सामाजिक सञ्जाल र सञ्चारमाध्यमको दुरुपयोग भएको निष्कर्षमा पुगेपछि ६८ बुँदे निर्देशन जारी गरिएको स्पष्ट पारेको छ ।

    Advertisement

    गृहसचिव एकनारायण अर्यालले बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा देशको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी दिँदै गृहको निर्देशन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लक्षित नभएको स्पष्टीकरण दिए ।

    सामाजिक सञ्जालको दुरुपयोग गरेर नेपालगञ्जमा साम्प्रदायिक सद्भाव भड्काउने किसिमको काम भएपछि कफ्र्यु लाउनुपर्ने बाध्यता आएको उदाहरण दिँदै सचिव अर्यालले त्यसको असर अरु क्षेत्रमा पनि परेको बताए ।

    सुरक्षा अवस्थाको चर्चा गर्दा सचिव अर्यालले पटक–पटक साधनस्रोतको अभाव रहेको औँल्याएका थिए । उनले जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायसँग पर्याप्त साधन स्रोत नभएकाले अपराध नियन्त्रण, अनुसन्धान र सीमा सुरक्षा अनुगमनमा कठिनाई परेको चर्चा गरे । अर्यालले मधेशमा सुरक्षा चुनौती अन्यत्र भन्दा बढी भएको भन्दै तश्करी, दलाली र अपराध कर्ममा संलग्न व्यक्ति तथा समूहले राजनीतिक संरक्षण पाएको पनि औँल्याएका थिए ।

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखसमेत उपस्थित समितिको बैठकमा सचिव अर्यालले शान्ति सुरक्षा मजबुत पार्न स्थानीय तहका प्रशासन र सुरक्षा निकायलाई पनि पर्याप्त साधन स्रोत उपलब्ध गराउनुपर्ने भन्दै अर्थ मन्त्रालयलाई स्रोत उपलब्ध गराइदिन राज्य व्यवस्था समितिले निर्देशन गरिदिनुपर्ने माग पनि गरे ।

    राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नयाँ सरकार बनेपछि समितिको पहिलो बैठकमा गृह प्रशासन र शान्ति सुरक्षाको अवस्थाबारे अवगत हुन बैठक बसेको बताए । गृह, रक्षा र सुरक्षा अंगका महत्वपूर्ण निकायको भूमिका सेवा प्रवाहको नियमित अनुगमन गर्दै अझ प्रभावकारी बनाउन समितिले छलफल आयोजना गरिरहने खतिवडाले बताए ।

    शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer