• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन


  •   शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
  • ताप्लेजुङ । ताप्लेजुङका गाउँमा नै अल्लो प्रशोधन गरी कपडा उत्पादन गर्न थालिएको छ । जङ्गलमा खेर गइरहेको अल्लो सङ्कलन गरी गाउँमै प्रशोधन गरेर धागो र कपडा उत्पादन गर्न थालिएको हो ।

    Advertisement

    जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय र सम्बन्धित स्थानीय तहको सहयोगमा गाउँमा अल्लो प्रशोधन गरी धागो र कपडा उत्पादन गरिँदै आएको छ । अल्लो प्रशोधन गर्ने उपकरण र कपडा बुन्ने (निर्माण गर्ने) तानलगायतका सामग्री घरेल तथा साना उद्योग कार्यालय र स्थानीय तहले उपलब्ध गराएपछि गाउँमै धागो र कपडा उत्पादन गर्न थालिएको हो ।

    यहाँको फुङ्लिङ नगरपालिका, सिदिङ्वा गाउँपालिका र मैवाखोला गाउँपालिकामा अहिले अल्लो प्रशोधन गरेर धागो तथा कपडा उत्पादन गरिँदै आएको छ । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख युवराज घोर्साईंका अनुसार सिदिङ्वा गाउँपालिका–१, कालीखोलामा अल्लो प्रशोधन गर्न सुरु गरिएको छ । गाउँपालिकाको समेत सहयोगमा कालीखोलामा अल्लो प्रशोधन गर्न सुरु भएको घोर्साईंले बताउनुभयो ।

    उहाँका अनुसार कालीखोलाका स्थानीय आठ जना महिलाले अल्लो प्रशोधन गर्न सुरु गरेका छन् । अल्लोको धागो र कपडा उत्पादन गर्ने गरी घरेलु कार्यालयले तालिमको व्यवस्था गरेको छ भने अल्लो प्रशोधन तथा धागो बनाउने उपकरण, कपडा बुन्ने तानजस्ता सामग्री घरेलु कार्यालयले उपलब्ध गराएको कार्यालय प्रमुख घोर्साईंले बताउनुभयो ।

    यस्तै फुङ्लिङ नगरपालिका–१०, फुरुम्बुमा हिमाली संरक्षण मञ्चसमेतको सहयोगमा अल्लो प्रशोधन गर्न सुरु गरिएको छ । यसै गरी मैवाखोला गाउँपालिकामा पनि अहिले धमाधम अल्लो प्रशोधन गरी धागो र कपडा उत्पादन हुँदै आएको छ । गाउँपालिकाको लघुउद्यम कार्यक्रममार्फत मैवाखोलामा अल्लोको धागो र कपडा उत्पादन गरिँदै आएको छ ।

    घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख घोर्साईंले पछिल्लो अल्लोको धागो र कपडाको माग उच्च रहेको बताउनुभयो । उहाँका अनुसार धागोको प्रतिकिलो एक हजार रुपियाँसम्म बजार मूल्य रहेको छ । अल्लो कपडाबाट कोट, टोपी, झोला, जुत्तालगायतका सामग्री निर्माण गर्ने गरिएको छ । पछिल्लो समय अल्लोको कपडाबाट उत्पादन हुने सामग्रीप्रति प्रयोगकर्ताको आकर्षण बढ्दै गएको पाइएको छ । यता गाउँमै अल्लो प्रशोधन गरी धागो र कपडा उत्पादन हुन थालेपछि स्थानीय उद्यमीको आम्दानीको माध्यम बन्न थालेको घरेलु कार्यालयले जनाएको छ ।

    शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer