काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको अल्टिमेटम दिएको छ ।
Advertisement
महानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै निजी विद्यालयलाई यस्तो अल्टिमेटम दिएको हो ।
शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भएबमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्था भएकोले सो व्यवस्था बमोजिम विद्यालयको नामाकरण गर्न समेत सूचनामा भनिएको छ ।
‘नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नका लागि प्रक्रिया अघि बढाई एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित निवेदन पेस गर्नुहुन अनुरोध छ, महानगरपालिका अन्तर्गतको शिक्षा विभागद्वारा जारी सूचनामा भनिएको छ ।’




