• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पाँच सय सहकारी सङ्कटमा


  •   शनिबार, चैत १७, २०८० मा प्रकाशित
  • काठमाडौँ । संविधानले तीनखम्बे अर्थनीतिको अवधारणा अनुसार अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगटेको सहकारी क्षेत्र अनियमितता, खराब ऋण प्रवाह र आन्तरिक भ्रष्टाचारले जनविश्वास गुमाउने चरणमा पुगेको छ ।

    Advertisement

    देशभरि १५ हजारभन्दा बढी सहकारी संस्था उत्पादन, रोजगारी सिर्जना र आर्थिकोपार्जनसँग जोडिए पनि अर्बौं रकम वित्तीय कारोबार गर्ने सीमित सहकारीमा भएकाले आर्थिक अपचलनले सिङ्गो सहकारी क्षेत्रमाथि अविश्वास उत्पन्न भएको हो ।

    सहकारी क्षेत्रका अगुवाहरूका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ सम्ममा पाँच सयभन्दा बढी सहकारी डुब्ने अवस्थामा पुगेका छन् । संविधानले सरकारी, निजी र सहकारी क्षेत्रको अवधारणामा अर्थतन्त्रको विकास गर्ने भने पनि सहकारी क्षेत्रमाथि पछिल्ला वर्षमै मात्रै ठुलो अविश्वास सिर्जना भएको सरोकारवालाले बताएका छन् ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी र सङ्घीय सरकारकै मातहतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले सहकारी क्षेत्रमा देखिएको विकृति नियन्त्रणका लागि वर्गीकरण गरेर कारबाही प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।

    उजुरी दिने बढे

    समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष दाहालले सरकारी अभिलेख अनुसार करिब ३२ हजार सहकारी संस्था दर्ता भएको बताउनुभयो । उहाँका अनुसार वित्तीय कारोबार गर्ने बचत तथा ऋण शीर्षकका १५ हजार र १० हजार बहुउद्देश्यीय सहकारी संस्था गरी २५ हजार सहकारी संस्थाले वित्तीय कारोबार गरिरहेका छन् ।

    उहाँले भन्नुभयो, “२५ हजारको हाराहारीमा ऋण तथा बचत र बहुउद्देश्यीय सहकारीले कुनै न कुनै रूपमा वित्तीय कारोबार गरिरहेका छन्, बैङ्क जस्तै । वित्तीय कारोबार गर्ने पाँच सय सहकारी आर्थिक रूपमा सङ्कटग्रस्त भएको, बचतकर्ताको बचत रकम फिर्ता नगरेको र सञ्चालक पनि भागेको जस्ता घटनासहित उजुरी आएका छन् ।”

    अध्यक्ष दाहालका अनुसार ती सहकारीका बचतकर्ता बचत फिर्ता पाउनुपर्ने माग राखेर उजुरी, निवेदन बोकेर नियमनकारी निकायमा धाउने गरेका छन् । उहाँले समस्याग्रस्त सहकारी समितिले सङ्घीय सरकारमातहतका १४५ मध्ये १९ वटा सहकारीलाई सङ्कटग्रस्त घोषणा गरेको, प्रदेश र स्थानीय तहका सहकारीमा देखिएको सङ्कट सोही निकायबाट समाधानका लागि पहल भइरहेको बताउनुभयो ।

    उहाँका अनुसार ३२ हजारमध्ये प्रदेशमा १९ प्रतिशत र स्थानीय तहमा ८० प्रतिशत सहकारी दर्ता भएका छन् । उहाँले ७४ लाख नागरिक सहकारीमा आबद्ध रहेको र ४१ लाखभन्दा बढी महिला सहकारीमा सम्बद्ध रहेको बताउनुभयो । सबै सहकारीले बदनियतले काम गरेका छैनन् । उद्देश्य खराब भएकालाई निर्मम कारबाही गर्नु पर्छ । सबै तहबाट बचत फिर्ता पाउँछन् भन्ने विश्वास र प्रत्याभूति गर्नु पर्छ ।

    उहाँले सङ्घीय सरकारमा दर्ता भएका सहकारीको आर्थिक अनियमितता सार्वजनिक भए पनि प्रदेश र स्थानीय तहमा भएका अनियमितता र अपचलन ओझेलमा रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “सहकारी उत्पादनमुखी हुनु पर्छ । सदस्य केन्द्रित हुनु पर्छ । सदस्यलाई आर्थिक सामाजिक समस्या पर्दा सहयोग गर्ने हुनु पर्छ तर नाफा कमाउने उद्देश्यले खुद्रा पसल जस्तै खुलेका, सहकारीको ज्ञान नभएको, एकै घरका सदस्यको एकाधिकार भएका सहकारी सङ्कटमा परेका छन् । न साधारण सभा छ न लेखापरीक्षण, त्यसैले यो विकृति बढेको हो ।”

    उहाँले बचतकर्तालाई विश्वास दिलाएर रकम सङ्कलन गर्ने र कुम्ल्याएर टाप कस्ने प्रवृत्तिका कारण सहकारीमाथि विश्वासको सङ्कट आइपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नियमनकारी निकायले प्रभावकारी काम गरेन । केहीलाई संरक्षण गरियो ।”

    अध्यक्ष दाहालले सरकारले समस्याग्रस्त घोषणा गरेका १९ वटामध्ये तीन वटाको राफसाफ गरी बचत फिर्ता गरेको र अन्य दुई वटाको बचत फिर्ता गराउने प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “माग दाबी, सम्पत्ति रोक्का, खोज्नुपर्ने, लिलाम गर्नुपर्ने जस्ता काम अगाडि बढेका छन् । सञ्चालकले सम्पत्ति बेच्ने, भाग्नेसम्मका कारण समस्याग्रस्त भएकालाई कारबाही गर्न र फिर्ता गर्न प्रक्रियामा समस्या भइरहेको छ ।”

    कानुन निर्माणको तयारी

    सहकारीको विषयमा संसद्का पछिल्ला बैठकमा बहस भयो । सहकारीको ऋण प्रवाहको सन्दर्भमा बहस भइरहँदा सरकारले सहकारीलाई वर्गीकरण गरी नियमन गर्ने तयारी थालेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अर्थतन्त्रको एउटा खम्बा सहकारीलाई व्यवस्थित गर्न कानुन निर्माणका लागि छलफल अघि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “गलत मनसायले आर्थिक कारोबार गर्ने सहकारी र राम्रो काम गर्ने सहकारीलाई अलग गरिन्छ । राम्रोलाई प्रोत्साहन र नराम्रोलाई कारबाही गर्ने गरी अल्पकालीन र दीर्घकालीन रूपमा प्राधिकरण बनाउने भनेर छलफल अगाडि बढाइएको छ ।”

    उहाँले कार्यविधि बनाएर सङ्घीय, प्रदेश र स्थानीय तहका सहकारीपीडित नागरिकलाई बचत रकम फिर्ता गर्ने गरी कार्यविधि बनाउने प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “तथ्याङ्क सङ्कलनकै चरणमा छौँ । दर्ता गरेर छाडेका, स्वतः खारेज भएका र सञ्चालनमा रहेका सबैको तथ्य तथ्याङ्क सङ्कलन गरिरहेका छौँ । चाँडै परिणाम आउने गरेर काम हुँदै छ ।”

    सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरेले सङ्घमै पनि स्थानीय तह र प्रदेशमा दर्ता भएका सहकारीमा भएको आर्थिक अपचलनको उजुरी आइरहेको बताउनुभयो । उहाँले वित्तीय कारोबारमा संलग्न सहकारीमै अधिकतम समस्या देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “उजुरी आइरहेका छन् । हेरेर सङ्घको भए यतैबाट र स्थानीय तह र प्रदेशको भए सम्बन्धित नियमनकारी निकायमै पठाइदिन्छौँ । समस्याउन्मुख देखिएका र बचत फिर्ता गर्न नसकेका धेरैजसोलाई समस्याग्रस्त घोषणा गरेर टुङ्ग्याइएको छ ।”(गोरखापत्र)

    शनिबार, चैत १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer