• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मेबा खेती प्रबिधी र यसको उपयोगिता


  •   शनिबार, चैत १७, २०८० मा प्रकाशित
  • मेबा खेती प्रबिधी र यसको उपयोगिता

    Advertisement

    परिचय: मेवा क्यारिकेसी परिवारमा पर्ने एक प्रकारको फल हो। अन्य फलफूलको तुलनामा मेवा निकै स्वस्थ फल मानिन्छ। यो फल पेट तथा मुटु दुबैको लागि निकै लाभदायी हुन्छ। यो बजारमा सहज रुपमा पाइने र गाउँघरमा पनि सहजै फलाउन सकिने सस्तो फल पनि होे । मेवा देख्न र खानमा जति मीठो हुन्छ यो त्यत्तिकै गुणकारी पनि हुन्छ। छालाका लागि मेवा छालाका लागि निकै लाभदायी मानिन्छ, यो फेसप्याकको रुपमा प्रयोग गर्न सकिन्छ । यसले छालाको जलन र संक्रमणबाट मुक्ति दिन्छ। फर्मेन्टेशन गरिएको मेवाको बोक्राले मरेका छालालाई पुनर्जीवन प्रदान गर्दै ताजा र चम्किलो राख्छ। छाला चोटमा पनि यो लाभकारी हुन्छ।

    उत्पत्ति
    मेवाको उत्पत्ति दक्षिण अमेरिकामा भएको मानिन्छ । मेवाको खेती अमेरिकाबाट, मलेशिया र फिलिपिन्स भई भारत प्रवेश गरेको मानिन्छ; भारतबाट मेवा नेपाल आएको बताइन्छ।

    हाबपानी
    मेवा उष्ण प्रदेशीय फल हो। यसलाई गरम र बढी सापेक्षिक आर्द्रता भएको हावापानी उपयुक्त हुन्छ। मेवामा अनुकूलन गर्ने क्षमता कम हुन्छ।मेवा खेतीको लागि २२ देखि २६ डिग्री सेल्सियस तापक्रम उपयुक्त मानिन्छ। १० डिग्री सेल्सियस भन्दा कम तापक्रम भएमा चिसोले प्रतिकूल असर पर्ने हुँदा बोटको कुनै-कुनै भागमा काला दाग बस्दछन मेवाको लागि वार्षिक सालाखाला १०० देखि २०० से.मि.पानी पर्ने ठाउँ उचित हुन्छ।कूल वर्षा भन्दा पनि यसको वितरण कस्तो छ त्यसले मेवाको उत्पादनमा सकारात्मक वा नकारात्मक असर देखाउँदछ।

    माटो
    मेवा वर्षभरीनै फलिरहने हुँदा यसको लागि तुलनात्मक रुपले मलिलो माटोको आवश्कता पर्दछ। पानी नजम्ने खुकुलो तथा दोमट माटोमा मेवा राम्रो फष्टाउँछ। पानी जम्ने खालको जमीनमा मेवामा फेद कुहिने रोग लाग्दछ।मेवा खेतीको लागि माटोको पि.एच. मान ६.० देखि ६.५ उपयुक्त हुन्छ। मेवाका जराहरुसतहमा फैलिने हुँदा सतहको माटो गुणस्तरको हुनु पर्दछ।

    बिरुवा लगाउने उपयुक्त तरिका
    मेवाकाबोटहरु धेरै लामो अवधिसम्म नरहने भएता पनि व्यवस्थित तरिकाले बिरुवा लगाउँदा गोडमेल, मलजल, बाली संरक्षण गर्न र फल टिप्न सुविधा हुन्छ। अतः वर्गाकार वा आयताकार तरिकाले बिरुवा लगाउन सकिन्छ।

    मेवाका जातहरु
    मेवाका धेरै जातहरु मध्ये अत्याधिक प्रयोगमा ल्याईएका केही जातहरु यस प्रकार छन् ।

    कोयटुम्बर – १
    यस जातको बिकास राची नामक स्थानीय जातबाट भएको मानिन्छ । यसको बिरुवा होचो, सानैमा फल लाग्ने तथा फलहरु गुलिया तथा गोलो आकारका हुन्छन् । पेपिनको वास्ना नआउने हुँदा यसलाई ताजा फलको रुपमा प्रयोग गर्न सकिन्छ ।

    कोयटुम्बर – २
    ठूलो तथा पहेंलो फल लाग्ने यो मध्यम तथा अग्लो जात हो । यसमा पेपिनको मात्रा अत्याधिक हुन्छ ।

    रेड लेडी
    छिटै उत्पादन दिने तथा उत्कृष्ट स्वाद हुने यो निकै महत्त्वपूर्ण उन्नत जात हो । लगाएको आठ देखि नौ महिनामै उत्पादन लिन सकिने यस जातका बिरुवा रिङ्ग स्पट भाईरस संग प्रतिरोधात्मक हुन्छन् । रातो तथा बाक्लो गुदि हुने यसको फल निकै सुगन्धित तथा गुलिया हुन्छन् ।

    कुर्ग हनी डिउ
    यो व्यावसायिक दृष्टीले निकै महत्वपूर्ण जात हो । यसका सबै बिरुवा सत प्रतिशत फल दिने खालका हुन्छन् ( प्रायः उभयलिङ्गी अथवा पोथी ) । यो बाक्लो गुदि भएको लाम्चो खालको स्वादिष्ट फल दिने जात हो ।

    वासिंगटन
    यो निकै पुरानो जात हो । यो जातको बोट अग्लो, फल मध्यम तथा स्वादिष्ट हुन्छ । यसको एउटा फल एक के.जी. सम्म हुन्छ ।

    पुसा नन्हा
    पुसा नन्हा जातका बिरुवा निकै होचा हुन्छन् । यो घरभित्रै पनि सजिलै लगाउन सकिन्छ । लगातार तीन बर्ष सम्म फल दिने यस उन्नत जातका बिरुवालाई गमलामा लगाउन अत्याधिक रुचाईन्छ ।

    पुसा डेलिसियस
    यसका सबै बिरुवाहरु फल दिने खालका हुन्छन् । यसको फल मध्यम आकारको निकै स्वादिष्ट हुन्छ ।

    पुसा म्याजेस्टि
    यो पनि सत प्रतिशत फल दिने जातहरु अन्तर्गतनै पर्दछ । यसका फलहरु भाईरल रोग संग प्रतिरोधात्मक हुन्छन् । यिनको भण्डारण लामो समय सम्म गर्न सकिन्छ ।

    पुसा ड्वार्फ
    यो होचो बोट हुने तथा मध्यम आकारको फल दिने जात हो । यो जात बाक्लो गरि खेती गरिने पद्धति (high density orcharding) को लागि उपयुक्त मानिन्छ ।

    लिङ्गको छनोट
    लिङ्गको छनोट मेवा खेतीको लागि सबैभन्दा महत्वपूर्ण हुन्छ । सफल व्यावसायिक खेतीको लागि भाले, पोथी तथा उभयलिङ्गी मेवाको छनोट हुनु अत्यावश्यक छ । सामन्यतया भाले मेवाको फल लाग्दैन फुल्ने मात्र गर्दछ । यसकारण व्यवसायीक मेवा खेती गर्दा धेरै भाले मेवा राख्नु उपयुक्त मानिदैन ।

    जब मेवा फुल्न थाल्छ तब मात्र भाले, पोथी तथा उभयलिङ्गी मेवा चिन्न सकिन्छ । भाले मेवाका फूलहरु झुन्डिएका तथा समूहमा आउने गर्दछन भने पोथी मेवाका फूलहरु छुट्टाछुट्टै आउदछन । भाले तथा उभयलिङ्गी मेवामा पुष्पदलहरु तल तिर जोडिएका हुन्छन् भने पोथी मेवामा स्वतन्त्र हुन्छन् । भाले मेवाका कोपिलाहरु निकै साघुरा तथा चम्चा आकारका हुन्छन् । यस्तै पोथी मेवाका कोपिला केही ठूला र सोलि आकारका हुन्छन् भने उभयलिङ्गी मेवामा बेलनाकार हुन्छन् ।

    प्रसारण
    मेवाको प्रसारण बीउ बाट हुन्छ । यसको बिरुवालाई नर्सरी बेडमा उत्पादन गर्न सकिन्छ । सामान्यतया एक हेक्टरमा बिरुवा लगाउन करिब ४५० देखि ५५० ग्राम बीउ चाहिन्छ ।

    बेर्नाको तयारी
    व्यावसायीक मेवा खेतीका लागि बेर्नाको तयारी अनिवार्य हुन्छ । बेर्ना तयार गर्न बेड बनाउदा चौडाई एक मि. , उचाई १५ से.मि. तथा लम्बाई आवश्यकता अनुसार तयार गरेर पाकेको गोबरमल माटोमा मिलाई सम्म बनाई १० से.मि.को फरक पारेर करिब एक से.मि. को गहिराईमा बिउ रोप्नु पर्दछ । बीउ रोपीसके पछि माथीबाट हल्का माटोले पुरी परालले छोपेर हजारीबाट हल्का पानी दिनुपर्दछ । बीउ रोपेको करिब १५(२० दिनभित्र बेर्ना उम्रन थालेपछि पराल हटाई दैनिक सिंचाई दिनुपर्दछ ।

    बेर्ना रोपण
    यसरी तयार भएको बेर्ना एक महिना पछि बल्ल रोप्न लायक हुन्छ । बेर्ना रोप्दा १५ से.मि. लम्बाई, १५ से.मि. चौडाई र २० से.मि.को खाडल बनाई, पाकेको गोबरमल राखी एक बोट देखि अर्को बोटको दुरि डेढ देखि दुई मिटरकोफरकमा रोप्ननु पर्दछ।

    रोगकिरा व्यवस्थापन
    कोत्रे रोग, पात बटारिने रोग, पात डढुवा रोग तथा अन्य विभिन्न भाईरल तथा ढुसिजन्य रोगहरु मेवामा अत्याधिक लाग्ने केही रोगहरु हुन् ।कोत्रे रोगको ब्यवस्थापन तातो पानीबाट तथा ढुसीनासक बिषादिको प्रयोगबाट गर्न सकिन्छ । पात बटारिने रोगको ब्यवस्थापनका लागि मोनोक्टोफर्स (०.०५५) बिषादिको प्रयोग उपयुक्त हुन्छ भने पात डढुवा रोगको ब्यवस्थापन वेभिष्टिन बिषादिको प्रयोग द्वारा गर्न सकिन्छ ।

    निकै गुणकारी फल मेवाको नेपाली बजारमा दिन प्रती दिन बढ्दो माग छ तर माग अनुसार व्यवसायिक खेती हुन नसक्दा बढ्दो बजारमागलाई अहिलेको उत्पादनले धान्न सक्ने अवस्था छैन । नेपालमा व्यवसायीक मेवा खेतीको प्रचुर सम्भावना छ तर लगानी निकै कम छ फलतः मेवा खेती फस्टाउन सकेको छैन । यसकारण मेवामा लगानी बढाई परनिर्भरता हटाइ आत्मनिर्भर हुनु आजको अपरिहार्यता हो ।

    .
    उपयोगीता
    १.मेवा बजारमा सहज रुपमा पाइने र गाउँघरमा पनि सहजै फलाउन सकिने सस्तो फल पनि हो । मेवामा भिटामिन बी पनि पर्याप्त पाइन्छ ।

    २. यसले शरीरमा फोलिक एसिड, तथा भिटामिन बी का विभिन्न रुपहरुको सरीरमा कमी हुन दिँदैन ।

    ३. यसमा पर्याप्त फाइबर पाइने भएकाले कब्जियत तथा अन्य पाचन प्रक्रिया सम्बन्धि समस्या समाधान गर्न मद्दत गर्छ ।

    ४. मेवाको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

    ५. मेवाको नियमित सेवनले कलेजोलाई स्वस्थ राख्नुका साथै छालालाई पनि सुन्दर तथा स्वस्थ राख्न मद्दत गर्छ ।

    ६. मेवाको बियाँमा जिवाणु प्रतिरोधी गुण हुन्छ । मेवाको बियाँ पिँधेर घाउमा लगाउँदा घाउमा थप संक्रमण हुन दिदैन र घाउ छिटै निको हुन्छ ।

    ७. मेवामा प्रशस्त मात्रामा भिटामिन ए पाइने भएकोले यसको नियमित सेवनले आँखा तेजिलो बनाउँछ । साथै यसले रगतलाई सफा पनि बनाउँछ ।

    ८. जन्डिसका बिरामीले मेवाको नियमित सेवन गर्नाले फाइदाजनक हुका साथै यसले कलेजोलाई क्रियाशील बनाउन मद्दत पनि गर्छ ।

     

     

    शनिबार, चैत १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer