• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

जापानमा फस्टाउँदै नेपाली रेष्टुरेन्ट व्यवसाय


  •   शनिबार, चैत १७, २०८० मा प्रकाशित
  • जापान । जापानमा नेपाली मौलिक खानाको परिकारसहित सञ्चालनमा आएका रेष्टुरेन्ट व्यवसाय फस्टाउँदै गएको पाइएको छ । राजधानी टोकियोका अधिकांश रेल स्टेसनमा सञ्चालित रेष्टुरेन्टमा समेत दाल, भात, गुन्द्रुकको अचारसहितको खानाको स्वाद लिन पाइन्छ ।

    Advertisement

    जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल(इन्जा) का पदाधिकारीसँग केही समयअघि भएको भेटमा जापानमा हाल करिब आठ हजारको सङ्ख्यामा नेपाली रेष्टुरेन्ट सञ्चालनमा रहेको जानकारी दिनुभयो । वैदेशिक रोजगारीका सिलसिलामा सुरुआती दिनमा भारतीयद्वारा सञ्चालित रेष्टुरेन्टमा भान्सेका रूपमा पुगेका नेपाली नागरिक पछिल्लो समय आफैँ उक्त व्यवसाय सञ्चालन गर्दैआएका छन् ।

    अहिले नेपाली रेष्टुरेन्ट सञ्चालकले उल्टै ठुलो सङ्ख्यामा भारतीय र पाकिस्तानी नागरिकलाई रोजगारी प्रदान गरेको पाइएको छ । नेपालीले जापानका विभिन्न ठाउँमा कम्पनीकारुपमा रेष्टुरेन्ट खोल्ने र नेपालबाटै कामदार मगाउने क्रमसँगै जापानमा नेपाली रेष्टुरेन्टको सङ्ख्या ह्वात्तै बढेको छ । रेष्टुरेन्टमा काम गर्ने नेपाली भान्सेको मासिक सरदर न्यूनतम एक लाख ५० हजारसम्म कमाइ हुने गरेको छ । नेपाली व्यवसायीले लगानी र सञ्चालनका आधारमा मुनाफा प्राप्त गर्दैआएका छन् ।

    पछिल्लो समय जापानमा एउटै नेपालीले २० वटासम्म रेष्टुरेन्ट सञ्चालन गर्दैआएको पाइएको छ । त्यसभन्दा कम रेष्टुरेन्ट सञ्चालन गर्ने नेपाली व्यवसायीको सङ्ख्या उल्लेख्य रहेको छ । रेष्टुरेन्ट व्यवसायीले नेपालबाट कामदार मगाउँदासमेत शुल्क लिने गरेकाले यो व्यवसाय दोहोरो रकम आर्जनको माध्यम बनेको छ । जापानमा रेष्टुरेन्ट व्यवसायमा देशका अरू भागको तुलनामा खासगरी बागलुङ, पर्वत, स्याङ्जा, गुल्मी, अर्घाखाँचीलगायतका जिल्लाका बासिन्दा बढी संलग्न छन् ।

    विदेशमा रहेर पनि नेपाली परिकार खान पाइने भएकाले साँझ र बिहान त्यस्ता नेपाली रेष्टुरेन्टमा नेपालीको उपस्थिति बाक्लो देख्न पाइन्छ । नेपाली रेष्टुरेन्टमा ८० प्रतिशत ग्राहक भने जापानी नै हुने गरेको पाइएको छ । नेपाली रेष्टुरेन्टमा भारतीय खाना ‘नान’ र ‘करी’ पनि उत्तिकै लोकप्रिय छ । जापानमा अध्ययनका सिलसिलामा आएका हजारौँ विद्यार्थी पनि आफ्नो पढाइ सकिएपछि रेष्टुरेन्ट व्यवसायमा संलग्न हुने गरेका गैरआवासीय नेपाली समाजका अभियन्ता भूषण घिमिरे बताउनुहुन्छ ।

    जापानको टोकियोमा होस् वा ओकिनावामा, यहाँ सञ्चालित रेष्टुरेन्ट व्यवसायका माद्यमबाट नेपाली कला, संस्कृति, वेशभूषा, खानपान र भाषाको प्रवर्द्धनमा उलेख्य योगदान पुगेको छ । रेष्टुरेन्टको नाम पनि रातोमाटो, नमस्ते, एभरेष्ट, गोधुली, मनकामना, लुम्बिनी, निम्तो, चिनो, आँगन, हार्दिक र चमेलीजस्ता नेपाली मौलिक नाम राखिएको पाइन्छ । त्यसो त कतिपय जापानी रेष्टुरेन्टको अग्रभागमा काम गर्नेसमेत नेपाली नै रहेका हुन्छन् । हाल जापानमा अध्ययनसहित विभिन्न पेसा व्यवसायमा रहने नेपालीको सङ्ख्या करिब एक लाख ६३ हजार रहेको छ ।

    दालभात, तरकारीका अलवा कोदो र फापरको ढिँडो, मःम जस्ता परिकार तथा व्यञ्जनले नेपाली खानालाई जापानमा परिचित बनाएको छ । अहिले जापानमा रेष्टुरेन्ट व्यवसायी, भान्से अथवा ‘वेटर’मात्र नभई विभिन्न क्षेत्रमा स्थापित रही ख्याति कमाउनेको सङ्ख्या पनि थुप्रै छ । टोकियो होस् वा अरू कुनै सहरका रेष्टुरेन्टमा फहराइएको नेपाली झण्डाले मुलुकको चिनारी र पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याइरहेकोे सहजै अनुमान गर्न सकिन्छ । नेपाली रेष्टुरेन्टमा तयार हुने चिकेन, मटन, छोइला, हल्का पेयपदार्थ जापानी युवायुवती माझ लोकप्रिय बन्न पुगेको छ ।

    जापानमा अध्ययनरत नेपाली विद्यार्थीलाई पनि साँझ÷रातिको समय मिलाएर त्यस्ता रेष्टुरेन्टमा काम गर्ने अवसर मिलेको छ । उनीहरूले त्यो समयमा काम गरेबापत अतिरिक्त आम्दानीसमेत प्राप्त गर्दै आएका छन् । होकाइडोदेखि ओकिनावासम्म त्यस्ता नेपाली रेस्टुरेन्ट छयाप्छाप्ती छन् । जापानमा कुनै पनि कम्पनी खोलेपछि रेस्टुरेन्टलगायत व्यवसाय सञ्चालन गर्न सहज हुने गर्छ । कम्पनीअन्तर्गत अधिकांशले सजिलोका लागि रेस्टुरेन्टलाई नै लिने गरेको पाइएको छ ।

    जापानमा ५० लाख ऐन धरौटी राखेपछि कम्पनी खोल्न पाइन्छ । जापानमा लगानीअनुरूप खाना खुवाएबापत रेष्टुरेन्टबाट राम्रै आम्दानी प्राप्त हुने भए पछि नेपालीहरूमा रेष्टुरेन्ट सञ्चालनको मोह बढेको हो । पछिल्लो समय यस व्यवसायमा प्रतिस्पर्धा भएसँगै खानाको गुणस्तर र दररेट भने खुम्चिएको पाइएको छ । टोकियोको सिञ्जुस्थित सिनोगुवोमा नेपाली नागरिक बसोबास गर्ने तथा रेष्टुरेन्ट सञ्चालन गरिएको क्षेत्र हो । जापानीमा भात नै रेष्टुरेन्टको एउटा मुख्य मेनु भएकाले नेपाली रेष्टुरेन्टमा दालभात तरकारी नै प्रायः खाने गरेको पाइन्छ ।

    जापानमा सञ्चालनमा रहेका रेष्टुरेन्टमा कम्तीमा तीनदेखि पाँच जनासम्म कामदारले रोजगारीको अवसर प्राप्त गरेको पाइएको छ । जापानमा कुनै पनि कामदारलाई मासिक एक लाख ८० हजारभन्दा कम तलब दिन मिल्दैन । तर नेपालबाट भर्खर गएका र आवश्यक सीप हाँसिल गरिनसकेका ‘वेटर’ले भने सालाखाला एक लाख ३० हजार तलब सुविधा प्राप्त गरेको पाइयो । अरू स्थानका तुलनामा टोकियो महँगो सहर भएकाले यहाँका ग्रामीण क्षेत्रमा काम गर्नेको कमाइ बढी हुने गरेको छ ।

    सिनोकुवामा रेष्टुरेन्टका सबै मेनुमा नेपाली खाना रहने गरी खोलिएको भूषण घिमिरेको नेपाली मःम रेष्टुरेन्ट पनि त्यस क्षेत्रको लोकप्रिय रेष्टुरेन्टको सूचीमा छ । नेपाली रेन्टुरेन्टमा ग्राहकले नेपाली खानाको मूल्य एक हजारदेखि दुई हजार पाँचसयसम्म तिर्ने गरेको पाइयो । एउटा रेष्टुरेन्टले सामान्य हिसाबले सञ्चालन गर्न मासिक न्यूनतम ३० लाखसम्मको कारोबार गर्नुपर्छ । नेपाली खानाका अतिरिक्त जापानी, भारतीय, थाईलैण्ड र भियतनामका परिकार पनि त्यस्ता रेष्टुरेन्टमा बढी पाइन्छ ।

    ठुला महल र व्यापारिक चोकमा भाडा तथा खाना महँगो पर्छ । होटल तथा विभिन्न कम्पनीमा काम गर्ने नेपाली महिलाको सङ्ख्या पनि उल्लेख्य छ । टोकियोको मध्यभागमा नेपाली मौलिक परम्परागत काठ र रातोका सामग्रीबाट सजावट गरिएको रातोमाटो रेष्टुरेन्टका सञ्चालक शिवहरि पौडेलले आफ्नो रेन्टुरेन्टमा नेपाली परिकारको स्वाद लिन युवायुवतीको बाक्लो उपस्थिति रहने गरेको प्रतिक्रिया दिनुभयो ।

    जापानमा पछिल्लो समय रेष्टुरेन्टलगायतका व्यवसाय बढेको र आफूले १२ नेपालीलाई रोजगारी प्रदान गरिरहेको अभियन्ता घिमिरे बताउनुहुन्छ । एक दशकअघिसम्म जापानको कमाइले नेपालका ठुला सहरमा घरजग्गा किन्न सकिने भएपनि पछिल्लो समय भने नेपालमा बढेको महँगीले सकस भएको उहाँको भनाइ छ । पछिल्लो समय नेपालमा भएको महँगी र बेरोजगारीको समस्याले अप्ठ्यारोमा पारेको अभियन्ता घिमिरे बताउनुहुन्छ । विदेशबाट फर्केका कैयौँ नेपाली स्वदेश फर्किएपछि पुनः बिदेसिन परेका प्रशस्त उदाहरण छन् ।

    जापानमा रहेका विदेशीमध्ये छैटौँ ठुलो जनसङ्ख्या नेपाली रहेको तथ्याङ्क छ । जापानमा रहेका नेपालीमा सबैभन्दा बढी विद्यार्थी छन् । नेपाल र जापानबिच सन् १९५६ सेप्टेम्बर १ तारिखमा औपचारिकरुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । तर करिब डेढ सय वर्षअघिदेखि नै दुवै देशबिच सम्बन्ध ऐतिहासिक र प्रगाढ रहिआएको छ । नेपालको विकासमा सहयोग गर्ने मुलुकमा जापान अग्रस्थानमा पर्छ । रासस

    शनिबार, चैत १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer