• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

शुक्रबारे हाटले किसानलाई दिएको खुशी


  •   शनिबार, चैत १७, २०८० मा प्रकाशित
  • काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–४ नालाका रिया श्रेष्ठले पहिलो दिन करिब ८० किलोभन्दा बढी ब्रोकाउली बिक्री गरिन् ।

    Advertisement

    नगरपालिकाको कृषि शाखाले पहिलोपटक शुक्रबारदेखि सञ्चालनमा ल्याएको हाटबजारमा बिक्रीका लागि राखिएको ब्रोकाउली देखाउँदै उनले भनिन्, ‘दु:ख गरी उत्पादन गरेको तरकारी आफैँले बेच्न पाएपछि धेरै आम्दानी गर्न सकिने रहेछ ।’

    उत्पादन राम्रो हुने गरेको नालाका किसान श्रेष्ठले ठेकेदारलाई उनीहरुको भाउमा दिनुभन्दा आफैँले बेच्न पाएमा धेरै आम्दानी गर्न सकिने अनुभूति सुनाइन् । ‘बजारमा बेच्न लगेपछि ठेकेदारले जति दियो, त्यति नै थापेर जानुपर्ने हुन्थ्यो, यहाँ ल्याएर आफैँले बिक्री गर्दा त्यहाँको भन्दा निकै फाइदा हुँदोरहेछ’, उनले भनिन् ।

    ठेकेदारलाई बेच्दा लगानीको केही खर्च उठ्ने गरे पनि धेरैजसो घाटामा बेच्नुपर्ने भएको उनले बताइन् । यसरी सधैँजसो आफैंले सिधै बेच्ने ठाउँ पाएमा धेरै फाइदा लिन सकिने उनको भनाइ छ ।

    लप्सीका क्यान्डीहरु उत्पादन गरी बिक्री गर्दै आएकी नालाकी उद्योगी महालक्ष्मी श्रेष्ठले लप्सीबाट बन्ने विभिन्न परिकारको बिक्री गरी आम्दानी गरेकी छन् । जागरण लप्सी क्यान्डी उद्योग सञ्चालन गर्दै आएकी उनले किसानले आफ्ना उत्पादनहरु सिधैँ उपभोक्तामाझ बिक्री गरेर आम्दानी लिन सकोस् भनेर हाटबजार सञ्चालन गरेपछि बिक्री गर्ने अवसर मिलेको बताइन् ।

    यसअघि उनीहरुले सिधै पसलहरुलाई बिक्री गर्ने र विदेशसम्म पनि पठाउने गरेको थियो । हाटबजारमा भने पहिलोपटक बिक्री गर्न ल्याएको उनले बताइन् ।

    बेथानचोक गाउँपालिका–५ कामीडाँडाका निरमाया तामाङले मौरीपालन गरी उत्पादन गरेको महलाई हाटबजारमा बिक्री गर्न ल्याएकी छन् । दुई वर्षदेखि मौरीपालन व्यवसायमा लागेकी उनले उत्पादन भएको मह बिक्री गर्न खासै समस्या नभएको सुनाइन् ।

    निरमाना मौरी कृषि तथा पशुपन्छी फार्म सञ्चालन गरी ५०/६० घार मौरी पालन गरेकी उनले यस्ता बजारहरु सञ्चालन गर्नाले व्यवसायमा लाग्न थप ऊर्जा प्राप्त हुने बताइन् । उनले तोरी, चिउरीलगायत फलफूलको रसबाट मह उत्पादन गरी बिक्री गर्दै आएकी छन् ।

    नगरपालिकाले बजार सञ्चालनमा ल्याएपछि यहाँका किसानले उत्पादन गरेको विभिन्न वस्तुलाई बिक्रीका लागि सहज भएको बताएका छन् । बजारमा व्यापारीले बिक्री गरेको तरकारीभन्दा किसानले उत्पादन गरी सिधै बेच्न ल्याएको तरकारीमा मूल्यमा कम हुनुका साथै सहज रुपमा किन्न पाइएको उपभोक्ताहरुको भनाइ छ ।

    नगरपालिकाका कृषि शाखाका कृषि प्राविधिक कमला हुमागाईंले किसानले दुःख गरी उत्पादन गरेको वस्तुहरु आफैँले सिधै उपभोक्तालाई बिक्री गर्न पाउने गरी हाटबजार सञ्चालनमा ल्याएपछि उत्साहित बनेका बताइन् । बजारमा किन्नुभन्दा यहाँ थोरै भए पनि सस्तोमा पाउने भएकाले उपभोक्ता र कृषक दुवैलाई फाइदा पुग्ने उनको भनाइ छ ।

    हाटबजारमा सस्तो, ताजा, गुणस्तर र कम मूल्यमा सामान किन्न पाउने गरी सञ्चालनमा ल्याएको हाटबजारबाट उपभोक्ता र कृषक दुवैका लागि फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

    किसानको घरबारीमा जेजति उत्पादन हुन्छ, त्यो सबै यहाँ ल्याएर बिक्री गरी आम्दानी लिन पाउने व्यवस्था गर्न हाटबजार सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ । सञ्चालनमा ल्याएको बजार व्यवस्थापनका लागि व्यवस्थापन समितिले कृषकबाट सरसफाइ शुल्क मात्रै लिने गरी आवश्यक ठाउँ मिलाउने जनाइएको छ ।

    महोत्सवका बेला दुई सय ५०–तीन सय वटासम्म स्टल राख्ने गरेको बनेपा नगरपालिकाको पुरानो बजार क्षेत्रको खुल्ला ठाउँ लायकु मञ्चमा कृषि शाखाले उक्त हाट सञ्चालनमा ल्याएको हो ।

    नगरपालिकाले हरेक शुक्रबार सो ठाउँमा सञ्चालन गर्नेगरी ‘स्थानीय उत्पादन उपभोग गरौँ, स्थानीय उत्पादन बढाऔँ, दैनिक उपभोग्य वस्तु किनमेलका लागि लायकु हाटबजार जाऔँ’ भन्ने नाराका साथ हाटबजार सञ्चालनमा ल्याएको हो ।

    शनिबार, चैत १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer