• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

धरानमा निर्माणाधीन बसपार्क अन्तिम चरणमा


  •   आइतबार, चैत १८, २०८० मा प्रकाशित
  • सुनसरी । धरान उपमहानगरपालिका-८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्क अन्तिम चरणमा पुगेको छ । करिब १ बिघा ७ कट्ठा क्षेत्रफलमा बनिरहेको बसपार्कको हालसम्म ८० प्रतिशत भौतिक र ७५ प्रतिशत वित्तिय प्रगति भएको छ ।

    Advertisement

    बसपार्कको अनुगमन गर्दै धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्रविक्रम बेघाले बसपार्कको करिब ८० प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको जानकारी दिए ।

    उनका अनुसार सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र धरान उपमहानगपालिकाको ५० प्रतिशत आन्तरिक स्रोतबाट बसपार्क निर्माण थालिएको थियो ।

    रू ३३ करोड ७० लाख ४७ हजार तीन सय ३७ लागत अनुमान गरिएको बसपार्क आयोजनाको बिकोइ गीताञ्जली जेभी दुहबी सुनसरीले रू २३ करोड १५ लाख ३ हजार २ सय ७७ मा ठेक्का सम्झौता गरेको थियो । ३ वर्षभित्र काम सम्पन्न गर्नेगरी विसं २०७८ असार ३० सम्झौता भएको निर्माण कम्पनीले जनाएको छ ।

    हालसम्म बसपार्कको टर्मिनल भवन निर्माण सकिएको छ भने विद्युत् र पानीको लाइन विस्तारको काम भइरहेको छ । बसपार्कको बाह्य सडक, मार्बल, फल्स, सिलिङ लगाउने काम भइरहेको कम्पनीले जनाएको छ ।

    आयोजनाअन्तर्गत बेसमेन्ट पार्किङसहितको तीनतले टर्मिनल भवन बनिसकेको उपप्रमुख बेघाले बताए ।

    उनका अनुसार बसपार्क सञ्चालन हुन थालेपछि एकैपटक ३७ बस र २६ जिपको क्षमता छ ।

    उक्त भवनको बेसमेन्टमा ७२ वटा दुईपाङ्ग्रे सवारीसाधन, ६० अटो तथा केही कार र जिप राख्न सकिन्छ भने विद्युतीय जेनेरेटर तथा अन्य स्टोरसम्बन्धी समान राख्न सकिने ठेकेदार कम्पनीका इञ्जिनियर सरोजकुमार यादवले बताए ।

    उनका अनुसार भुइँ तलामा करिब ३ सय यात्रु बस्न मिल्ने प्रतिक्षालय, टिकट काउन्टर, एटिएम बुथ, सिसिटिभी र सुरक्षा कक्ष, सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनीमार्ट, यात्रु ओर्लने तथा चढ्ने २२ वटा अटो रहने छन् ।

    भवनको पहिलो तलामा उपमहानगरको आम्दानी प्रयोजनका लागि पसल राख्न सकिने गरी १८ कोठा रहेका छन् ।

    बसपार्कको अधिकांश काम सम्पन्न भइसकेको भन्दै अहिले फिनिसिङको काम धमाधम भइरहेको ठेकेदार सपनकुमार दासले बताए। ३ महिनाभित्र सम्पूर्ण काम सकेर भवन हस्तान्तरण गरिने योजना रहेको उनले जानकारी दिए ।

    धरानमा लामो समयदेखि व्यवस्थित बसपार्क नहुँदा समस्या उत्पन्न भएको गुनासो आएपछि उपमहानगरले अत्याधुनिक भवन निर्माण थालेको उपप्रमुख बेघाले बताए ।

    “बसपार्कको अनुगमन गर्दा धेरै काम सम्पन्न भइसकेको भेटेका छौँ । अहिले अन्तिम चरणका काम भइरहेका छन्”, उनले भने, “चाँडै यहाँको बसपार्कसम्बन्धी विद्यमान समस्या समाधान हुनेछ ।” रासस

     

    आइतबार, चैत १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer