• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, जेठ २८, २०८३
☰
बिहिबार, जेठ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

शान्ति महिला नमूना संसद्सभा बैठक


  •   आइतबार, चैत १८, २०८० मा प्रकाशित
  • दाङ । नवजगरण महिला तथा बाल संरक्षण केन्द्रको आयोजना तथा तुलसीपुर उपमहानरपालिकाको सहयोगमा तुलसीपुरमा शान्ति महिला नमुना संसद् सभा एवं बैठक शुरु भएको छ ।

    Advertisement

    बैठकको शून्य समयमा बोल्ने नमुना महिला सांसदहरुले तुलसीपुर उपमहनगरपालिकाको शिक्षा, स्वास्थ्य, सडक, महिला, बालबालिका, कृषि, वातावरणसम्बन्धी समस्या समाधानका लागि सभामुखमार्फत स्थानीय सरकारसँग माग गरे ।

    नमुना महिला सांसद डीलमाया नेपालीले तुलसीपुर उपमहानरपालिका-३ बाट सबैभन्दा बढी महिला रोजगारीका लागि भारत तथा तेस्रो मुलुकमा गएको बिडम्बना सुनाइन् । महिलालाई स्वदेशमा रोजगारको व्यवस्था, आत्मनिर्भरता तथा दक्ष बनाउन सभामुखमार्फत सरकारलाई ध्यानाकर्षण गराइन् ।

    छोरीहरु जन्मन नपाउँदै गर्भमा मारिनु पर्ने, विभिन्न सामाजिक बहिस्कार तथा विभिन्न वहानामा हत्या हिंसा र अमानवीय व्यवहारले छोरीको स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकार स्थपित हुन नसकेको नमूना संसद्को विमला शर्माले टिप्पणी गरिन् ।

    शान्ति नमुना महिला सांसद भावना गौतमले तुलसीपुर-४ पानीको प्रशस्त व्यवस्था भएकाले कृषि क्षेत्रका लागि राम्रो भएपनि किसानले उत्पादन गरेका तरकारीहरु बजारीकरणमा समस्या रहेकाले उक्त समस्या समाधानका लागि माग गरिन् ।

    नेपाललाई कृषि प्रधान देश भनेपनि आत्मनिर्भर हुन नसकेको सांसद सीता कुमारी लामिछानेले बताइन् । किसानले अनुदानमा मल बिउ पाउन नसकेको भन्दै उनले गुणासो गरिन् ।

    युवाहरु लागुऔषधमा फसेका कारण घरपरिवार, समाज, देशलाई नै असर परिरहेकाले यस्ता क्रियाकलाप रोक्नुपर्ने योजना ल्याउन सांसद भगवती विकले आग्रह गरिन् ।

    सांसद निशा लामिछानेले कुनै पनि घटनाले बाबु आमा गुमाएका बालबालिकालाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था मिलाउन र ठूलो सङ्ख्यामा विद्यालय शिक्षाभन्दा बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा जोड्न सरकारसँग माग गरिन् ।

    सांसद सीताकुमारी लामिछाने किसानलाई मल बीउको सहज आपूर्ति कृषिमा आधुनिकरण गर्नुपर्ने बताइन् ।

    नमुना सांसद देवी पोख्रेलले विपद् जोखिम न्यूनीकरण गर्न आगलागी, विद्युतको तारलगायत अन्य विपद्को जोखिम कम गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

    सासंदको विशेष समयमा सांसद देवा डाँगीले सरकारले गरेको नीति तथा कार्यक्रम प्रभावकारी हुन नसकेको टिप्पणी गरिन् । उनले ग्रामिण क्षेत्रमा रहेका अतिपिन्न तथा गरिब आदिवासी दलितलाई अनुभूति हुन नसकेको बताइन् ।

    शान्ति महिला संसद्को राजनीति समितिको संयोजक सरिता देवकोटाले महिलालाई राजनीतिमा ५० प्रतिशत सहभागिताको माग गर्दै यौनिक तथा अल्पसङ्ख्यकको अधिकार सुरक्षित गर्नुपर्ने माग गरिन् ।

    नमुना महिला सांसदलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगर पालिकाका प्रमुख टीकाराम खड्काले स्थानीय सरकारको नीति तथा कार्यक्रममा महिलाको सवाललाई प्राथमिकतामा राखिएको बताए ।

    जनताको सुख दुःखको साथी स्थानीय सरकार रहेकाले सधै सँगसँगै रहेको बताउँदै उनले उपमहानगरपालिकाले स्मार्ट छोरी, सुत्केरी प्रोत्साहनलगायतका कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।

    शान्ति महिला नमूना संसदका सभामुख सीमा न्यौपानेको अध्यक्षता तथा सरकार प्रमुख तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यकम सम्पन्न भएको हो ।

    आइतबार, चैत १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer