• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

७० हजार लिटर खानेपानी ट्याङ्कीको शिलान्यास


  •   आइतबार, चैत १८, २०८० मा प्रकाशित
  • बर्दीबास । नगरप्रमुख प्रह्लाद क्षेत्रीले ७० हजार लिटर क्षमताको नयाँ खानेपानी ट्याङ्कीको आज वैदिक विधिपूर्वक शिलान्यास गर्नुभएको छ । बर्दीबास ३ स्थित चुरे र भावरको मध्यबिन्दुमा पर्ने धारापानीमा खानेपानी प्रमुख समस्याका रुपमा छ ।

    Advertisement

    गाँउका ७५ वर्षीय प्रेमबहादुर थापाका अनुसार पहिले यहाँ खानेपानीको कुनै समस्या थिएन । जङ्गल हराभरा थियो । गाउँको वरिपरि रहेका सातपत्रे खोल्सी, हात्तीमारा र नौ खोल्सीमा सदाबहार पानी बग्थ्याे ।

    गाउँलेका तिर्खा तीनै खोल्सीमा रसाएका शुद्ध र मीठो पानीले मेट्ने गरेको उहाँले विगत सम्झिनुभयो । अहिले पनि खोल्सीहरु त छन् तर तिनमा पहिले झैँ पानी भने छैन । वरिपरिका घना जङ्गल उजाड र रित्तिने क्रमसँगै रसिला खोल्सीहरु पनि मरुभूमि बन्दै गए । यो वातावरणीय विपद्ले गर्दा धारापानी काकाकुल बनेको उहाँको बुझाइ छ ।

    “यो गाउँ अब नाम मात्रको धारापानी रह्यो । गाँउमा धारा त छन् तिनमा पानी छैन । खोला खोल्सीमा चिस्यानसमेत छैन,” थापाले भन्नुभयो, “धारा सुकेकाले पानी दिने हाम्रो अवस्था रहेन ।” खानेपानी उपभोक्ता समितिका अध्यक्ष शेरवहादुर राउतका अनुसार ८० परिवार बसोवास गर्ने धारापानीको जनसङ्ख्या करिब ५०० छ ।

    खोल्सीहरु सुक्दै गएपछि गाउँलेको तिर्खा मेट्न एक दशकअघि २ किमी पश्मितर्फको भवसी खोला छेउमा ८५ फिट गहिरो नयाँ डिप ट्युवेल गाडियो । त्यहाँबाट पम्पले तानेर २६ हजार लिटर छमताको ट्यांकीमा जम्मा गरि दामाशाहीले पानी वितरण गर्नु पर्थ्याे । जनसङ्ख्या बढ्दै जाँदा ट्यांकीको पानीले गाँउलेको आवश्यकता थेग्न सकेन । त्यो ट्यांकी पनि ६ महिनाअघि फुटेपछि धारापानीका लागि पानी टड्कारो समस्या बनेका उहाँले पीडा सुनाउनुभयो ।

    पानी अभावले चौपाया पाल्नेदेखि स्वास्थ्य र सरसफाइसम्बन्धी अनेकन समस्या आइलागेको गाँउलेको भनाइ छ । “अव भने पहिलेको भन्दा तेव्वर छमताको (७० हजार लिटर) ट्यांकी शिलान्यास भएकोले गाँउमा पानीको समस्या टरेर जाने आशा जगाएको छ”, समिति अध्यक्ष राउतले थप्नुभयो, “यसले सबै गाँउलेलाई राहत महसुस गराएको छ ।”

    नगरप्रमुख क्षेत्रीले धारापानीको प्रमुख समस्या बनेको खानेपानी आपूर्तिका लागि नगरस्तरीय योजनाबाट १२ लाख रुपियाँ विनियोजन गरेको जानकारी दिनुभयो । “यही बजेटबाट नयाँ ट्याङ्की निर्माण सुरु भएकोले छिटै नै धारापानीको तिर्खा मेटिने विश्वाश दिलाउन चाहन्छु,” नगरप्रमुख क्षेत्रीले भन्नुभयो । बर्दीबास वडा नं ३ का वडाध्यक्ष विराट विस्टले नगरस्तरीय योजना भएकोले असारभित्र सम्पन्न हुने गरी निर्माण कार्य अघि बढाइएको बताउनुभयो ।

    आइतबार, चैत १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer