काठमाडौं । नेपाली कांग्रेसका सांसद बद्रिप्रसाद पाण्डेले सरकारले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुको विकल्प नरहेको बताएका छन्।
Advertisement
आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कांग्रेसले संसद्मा विषयवस्तु राख्न दिएको कुरालाई पछि हटेको भन्ने नसोच्न सरकारको ध्यानाकर्षण समेत गराए। सरकारबाट संसदीय समिति गठन गर्ने कुनै प्रयास र सहमति नभएको उनको जिकिर थियो।
‘कांग्रेसको माग सरकारले नसुनेको खण्डमा कठोर ढंगले प्रश्तुत हुन्छौँ। प्रधानमन्त्री र प्रहरी महानिरीक्षकले गृहमन्त्रीलाई क्लिन चिट दिनुले पनि झनै शंका उब्जिएको छ।’ उनले भने।
अनुसन्धान गर्नुपर्ने निकायले नै अनुसन्धानको ढोका बन्द गरेपछि अब संसदीय समितिबाट छानबिन गर्नुको विकल्प नरहेको उनको बताए।




