• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ४. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

‘समग्र विकास नै मानवअधिकार हो’


  •   आइतबार, चैत १८, २०८० मा प्रकाशित
  • म्याग्दी । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष डा. कुन्दन अर्यालले मानवअधिकारबारेमा फरक–फरक धारणा आउने भए पनि विकास र मानवअधिकार एकै सिक्काका दुई पाटा रहेको बताउनुभएको छ ।

    Advertisement

    उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आयोजना तथा इन्सेकको समन्वयमा भएको मानवअधिकार र मानवअधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना विषयक अन्तरक्रियामा उहाँले सो कुरा बताउनुभएको हो । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक समेत रहनुभएका अर्यालले मानवअधिकारको परिभाषा व्यापक हुने बताउँदै अहिलेको हाम्रो विकास मानवअधिकार भएको बताउनुभयो ।

    उहाँले मानव परिवार सबै सदस्यको अन्तर्निहित मान तथा सम्मान र अविच्छिन्न अधिकारको मान्यता स्वतन्त्र न्याय र शान्तिको आधार पनि मानवअधिकारको विश्वव्यापी घोषणापत्रमै उल्लेख भएको बताउनुभयो । मानवअधिकारसम्बन्धी पाँचौँ कार्ययोजनाले तोकेको काम गर्न स्थानीय तहसम्मकै जिम्मेवारी रहेकाले उनीहरूको भूमिकालाई भुल्न नहुने बताउनुभयो ।

    मुलुकको विकास भएको खण्डमा हरेक क्षेत्रमा सहभागिता पनि बढ्दै जाने भएको हुनाले विकास आर्थिक विकास मात्र नभएर बहुआयामिक प्रक्रिया भएकाले लाभको न्यायोचित वितरण हुनुपर्ने धारणा राख्नुभयो ।

    विकसित मुलुकमा महिलाको सहभागिता हरेक क्षेत्रमा मजबुत हुनेतर्फ इङ्गित गर्दै उहाँले भन्नुभयो, “जब विकास हुन्छ तब सहभागिता अनि प्रतिस्पर्धा पनि हुन्छ त्यसैले हरेक लाभको न्यायोचित वितरण हुनुपर्छ ।”

    नेपालमा मानवअधिकारसम्बन्धीमा धेरै पहिलादेखि नै काम हुँदैआएको बताउँदै उहाँले नेपालको संविधान विभिन्न अधिकारलाई लिपिबद्ध गरिएको बताउनुभयो । उहाँले हाम्रो मुलुकले संवैधानिक रूपमै अधिकारलाई लिपिबद्ध गरिएको तर्क गर्नुभयो ।

    जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले मानवअधिकारका सन्दर्भमा हामीले वकालत गर्दैगर्दा प्रवासमा रहेका नागरिकको अधिकारका विषयमा पनि बोल्नुपर्ने बताउनुभयो ।

    उहाँले वैदेशिक रोजगारीमा जाँदा भोग्नुपर्ने पीडा र समस्यालाई पनि मानवअधिकारमा जोडिनु पर्ने उहाँको तर्क छ । जिसस प्रमुख थापाले सङ्क्रमणकालीन न्याय चाँडो टुङ्गिनु पर्ने चर्चा गर्नुभयो ।

    प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले मानवअधिकार भनेको सँधैगरी रहने र कहिल्यै पनि हामीले पूरा गरिसक्यौँ भन्न नमिल्ने अधिकार भएकाले यो सदाबहार भइरहने बताउनुभयो । आफ्नो अधिकार पालना गर्दै अरूको अधिकार जोगाउनु पनि मानवअधिकार भएकाले यो अधिकारबारेमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

    इन्सेक गण्डकी प्रदेश संयोजक शिवप्रसाद खकुरेलले मानवअधिकारको पाँचौँ राष्ट्रिय कार्ययोजना सन्दर्भमा सहजीकरण गर्नुभयो । उहाँले पाँचौँ कार्ययोजनाको उद्देश्य तथा हालसम्मका चार वटा कार्ययोजनाले दिएको मार्गदर्शन र लक्ष्यले समग्र मुलुकको अग्रगमनका लागि सहयोगी भूमिका निर्वाह भएको बताउनुभयो ।

    इन्सेकले मानवअधिकार अनुगमन पैरवी गर्नुका साथै सामाजिक न्यायका लागि पनि भूमिका खेलेको धारणा राख्नुभयो । सो अन्तरक्रिया कार्यक्रममा इन्सेकका अध्यक्ष डा. कुन्दन अर्याल, गण्डकी प्रदेश संयोजक शिवप्रसाद खकुरेल तथा गण्डकी प्रदेशका कार्यक्रम अधिकृत सबनम शर्माले सहजीकरण गर्नुभयो ।

    आइतबार, चैत १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ४.
      आज २०८३ साल जेठ २६ गते (९

    • ५.
      आज २०८३ साल जेठ २५ गते (८

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer