• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गांऊ नै वासाउने मालागेणी आम्दानीको मुख्यस्रोत बन्दै


  •   सोमबार, चैत १९, २०८० मा प्रकाशित
  • दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटबासी मालागेडी अर्थात् सुगन्धकोकिला बिक्री गरेर यस वर्ष करिब रु दुई करोड आम्दानी गर्न सफल भएका छन्।

    Advertisement

    माडागेडीबाट निस्कने सुगन्धले छिल्लीकोट बाह्रै महिना बासनादार बन्ने गरेको छ। चैत लागेसँगै फूल फुल्न थालेपछि अचेल सो ठाउँको वातावरण मगमग बासनादार बनेको छ। यस वर्ष मौसमले निकै साथ दिएपछि मालागेडी अर्थात् सुगन्धकोकिला बिक्रीबाट राम्रो आम्दानी भएको छिल्लीकोटबासी बताउँछन्।

    यस रु ५७ हजार प्रतिक्विन्टलमा मालागेडी बिक्री भएको स्थानीय तिलबहादुर वलीले बताए। उनले यस पटक १० क्विन्टल मालागेडी बिक्री गरे। बाउबाजेको पालामा रोपेको मालागेडीका रुख अहिले ठूलाठूला भएर फल दिने भएका छन्।

    पछिल्लो समय व्यावसायिक रुपमा यसको खेती गर्न थालेपछि रोपिएका रुपले पनि प्रशस्त मात्रामा फल दिन थालेको छ। त्यसले गर्दा मालागेडी बिक्री गरेर उहाँले मनग्य आम्दानी गरे।

    स्थानीय ६७ वर्षीयी नत्रबहादुर खत्रीको १२ जनाको परिवार छ । यस वर्ष उहाँले १२ क्विन्टल मालागेडी बिक्री गरेर रु छ लाख ८४ हजार आम्दानी गरे। रोपेको छ वर्षपछि नै बिरुवाले फल दिन थालेको उनले बताए।

    उनको घरमा ५० बोट जति पुराना रुख छन् । अरु नयाँ बोट पनि हुर्किरहेका छन्। हुर्केका बिरुवाले वर्षौंसम्म फल दिन्छन्। एक पटकको लगानीले वषौंसम्म आम्दानी दिने भएपछि यहाँका अधिकांशको घरमा मालागेडीका बिरुवा भएको खत्रीले बताए।

    पाकेपछि रुखबाट खस्ने फललाई संकलन गरेर बिक्री गर्ने गरेको सोही वडाको खानी गाउँका खुमा थापाले बताए। उनी पेसाले शिक्षक हुन्छन्। उनी जनता मावि बिजौरीमा शिक्षण गर्छन्।

    गाउँका हरेक घरमा मालागेडीका रुख छन् । बिदाको समयमा मालागेडी संकलन गर्ने गरेको उनले बताए। विश्वमै लोपोन्मुख प्रजाति मालागेडी अर्थात् सुगन्ध कोकिला छिल्लीकोट क्षेत्रमा प्रशस्त मात्रामा पाइने गरेको उनले बताए।

    अन्यत्र फलेको मालागेडीभन्दा छिल्लीकोटमा फलेको मालागेडीले मूल्य राम्रो पाउने गरेको थापा बताउँछन्। फूल फुल्ने समयमा असिना पानी परेन भने राम्रो फल दिने उनले बताए।

    यस वर्ष हावापानीले राम्रै साथ दिएपछि गाउँभरबाट करिब एक सय ५० क्विन्टल मालागेडी निकासी भएको उनी बताउँछन्। एक घरबाट दुई क्विन्टलदेखि १२ क्विन्टलसम्म मालागेडी बिक्री भएको बताइएको छ। मालागेडी किन्न व्यापारी घरमै आउने हुँदा बजारको समस्या नरहेको उनको भनाइ छ।

    तुलसीपुर–१८ को दूधरासबाट उत्तर पहाडमा करिब १२ किलोमिटरको दूरीमा रहेको छिल्लीकोटमा मालागेडीलगायत थुप्रै आयुर्वेदिक वनस्पति पाइन्छन्।

    “यो हाम्रा लागि आम्दानीको गतिलो स्रोत हो”, स्थानीय तिलबहादुर वलीले भने, “मालागेडी नै हाम्रो मुख्य आम्दानीको स्रोत हो, छिल्लीकोटका सबै घरपरिवारले व्यावसायिक रुपमा मालागेडीको खेती गर्दै आएका छन्, स्थानीयको आम्दानीको मुख्य स्रोत यही मालागेडी हो।”

    असोज लागेपछि कालो भएर आफैँ खस्ने मालागेडी संकलन गर्न सजिलो होस् भन्दै रुखको वरपरका सबै झाडी सफा गरेर मैदान बनाउने गरिन्छ । यसरी संकलन गर्दा चाँडो हुने गरेको उनी बताउँछन्।

    मालागेडी बेच्न बजार खोज्नु पर्दैन मानिस घरमै आउँछन्। बर्सेनि यसको माग र मूल्य दुवै बढ्दै गएको छ । नुहाउने साबुन, स्याम्पु, अत्तर, अगरबत्तीलगायत कच्चापदार्थका रुपमा लिइने सुगन्धकोकिला नै छिल्लीकोटको पहिचान बनेको छ।

    छिल्लीकोट क्षेत्रमा पर्ने खानी गाउँ, चुचुर्के, तिनुखोला, डोटेल डाँडा, पीपलडाँडा, पैयाँ टाकुरालगायत आसपासमा मालागेडीका रुखैरुख छन्। हाल यो वनस्पतिको खेती अन्य पालिकामा पनि विस्तार हुने क्रममा रहेको स्थानीय किसान परवीर पुनले बताए। हालसम्म २६ जिल्लामा छिल्लीकोटबाट मालागेडीका बिरुवा पठाइएको उनले बताए।

    डिभिजन वन कार्यालयले हरेक वर्ष आफ्ना नर्सरीमा उन्नत जातका मालागेडीका बिरुवा उत्पादन गरेर किसानलाई निःशुल्क वितरण गर्दै आइरहेको कार्यालय दाङका प्रमुख मोहन श्रेष्ठले बताए।

    सोमबार, चैत १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer