• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

भिनाजुको एसइई दिने सालो पक्राउ, तीन केन्द्राध्यक्ष निष्कासित


  •   सोमबार, चैत १९, २०८० मा प्रकाशित
  • सर्लाही । सर्लाहीमा आइतबार भिनाजुको नाममा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिँदै गरेका एक जना परीक्षार्थी पक्राउ परेका छन् । जनता माध्यमिक विद्यालय धनकौल गाउँपालिका ३ हरकठवा परीक्षा केन्द्रबाट परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी कृष्ण महतो पक्राउ परेका हुन् । महतोले भिनाजु राकेशकुमार महतो (सिम्बोल नं. ०२२१००४५) बाट एसइई अन्तर्गत आइतबार तेस्रो दिन अनिवार्य गणित विषयको परीक्षा दिइरहेका थिए ।

    Advertisement

    महतोलाई परीक्षा अनुगमन समितिले भिनाजुको नाममा परीक्षा दिइरहेका बेला पक्राउ गरेको हो । कृष्णका भिनाजु राकेशकुमार जनकल्याण माध्यमिक विद्यालय धनकौल गाउँपालिका १ धोबिनयाँका विद्यार्थी हुन् ।

    राकेशकुमारको अहिलेसम्मका सम्पूर्ण परीक्षा रद्द गरिएको र अब अन्य विषयको परीक्षा समेत दिन नपाउने शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका निमित्त प्रमुख रामवृक्ष महतोले जानकारी दिनुभयो । नक्कली परीक्षार्थी कृष्ण महतोलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको छ ।

    यसैबिच, सर्लाहीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत आइतबार तीन जना केन्द्राध्यक्षलाई निष्कासन गरी नयाँ केन्द्राध्यक्ष तोकिएको छ ।

    आइतबार तेस्रो दिन सञ्चालन भएको अनिवार्य गणित विषयको परीक्षामा आफ्नो परीक्षा केन्द्रभित्र मर्यादा कायम गर्न नगर्ने तीन जना केन्द्राध्यक्षलाई कारवाही स्वरुप जिम्मेवारीबाट हटाएर नयाँ केन्द्राध्यक्ष नियुक्त गरिएको हो । आइतबार साँझ जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाको अध्यक्षतामा बसेको समितिको बैठकले गम्हरिया, बेल्ही र हरकठवा माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष फेर्ने निर्णय गरेको शिक्षा विकास तथा समन्वय इकाई मलङ्गवाका निमित्त प्रमुख रामवृक्ष महतोले जानकारी दिनुभयो ।

    उहाँका अनुसार मलङ्गवा नगरपालिका–११, गम्हरियामा रहेको श्रीमती लक्ष्मीदेवी जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष तथा सोही विद्यालयका प्रधानाध्यापक दिनेश रायलाई हटाएर सहायक केन्द्राध्यक्ष वसन्त कुमार प्रसाद साहलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ । यस्तै चक्रघट्टा गाउँपालिका–२, बेल्हीमा रहेको जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष वीरेन्द्र चौधरीलाई हटाएर उहाँको स्थानमा कविलासी नगरपालिकास्थित सलेमपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक रवीन्द्र रायलाई केन्द्राध्यक्ष बनाएर पठाइएको छ ।

    त्यसैगरी जनता माध्यमिक विद्यालय धनकौल गाउँपालिका ३ हरकठवा परीक्षा केन्द्रका केन्द्राध्यक्ष एवं सोही विद्यालयका प्रधानाध्यापक रामनारायण यादवलाई जिम्मेवारीबाट हटाएर गोडैता नगरपालिकास्थित सिसौटिया माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई नयाँ केन्द्राध्यक्ष नियुक्त गरेर खटाइएको शिक्षा विकास तथा समन्वय इकाई मलङ्गवाले जनाएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले बाहिरबाट हेर्दा परीक्षा व्यवस्थित नै देखिए पनि भित्र अनुगमनमा पुग्दा मोबाइलबाट चिट चोरी भइरहँदा बेवास्ता गर्ने, भएका सिसी टिभी दुरुस्त नराख्ने जस्ता परीक्षाको मर्यादा भन्दा विपरीतका गतिविधि पाइएपछि केन्द्राध्यक्षलाई नै जिम्मेवारीबाट हटाएर नयाँ केन्द्राध्यक्ष तोकिएको बताउनुभयो ।

    उहाँले परीक्षालाई मर्यादित र व्यवस्थित बनाइँदै लगिने बताउनुभएको छ । यसैबिच परीक्षा अनुगमन टोलीले आइतबार सात जना परीक्षार्थीलाई समेत निष्कासित गरेको छ ।

    श्रीमती लक्ष्मीदेवी माध्यमिक विद्यालय गम्हरिया परीक्षा केन्द्रबाट चार जना, जनता माध्यमिक विद्यालय धनकौल ३ हरकठवाबाट एक जना, पब्लिक माध्यमिक विद्यालय पर्साबाट एक जना र केश्वर गरिब जता माध्यमिक विद्यालय हरिपूर्वा परीक्षा केन्द्रबाट एक जना परीक्षार्थी मर्यादा विपरीत परीक्षा दिइरहेको पाइएपछि निष्कासित भएका हुन् ।

    सोमबार, चैत १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer