• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, जेठ २८, २०८३
☰
बिहिबार, जेठ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

चार गुणाभन्दा बढी असुलेर थपको तमसुक


  •   सोमबार, चैत १९, २०८० मा प्रकाशित
  • नवलपुर । नवलपुर प्रहरीले जिल्लामा मिटरब्याज समस्या निकै जटिल र चुनौतीपूर्ण देखिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मीले मिटरब्याज र अनुचित लेनदेनको कारोबारीको जालो निकै फैलिएको भन्दै समस्या समाधानमा प्रहरी निर्मम भएर लागेको बताउनुभयो ।

    Advertisement

    उहाँका अनुसार एउटै व्यक्तिले १० लाख रुपियाँ लगानी गरेर ४३ लाख रुपियाँ असुल गरी थप ३० लाखको तमसुक गरेकोसमेत भेटिएको छ तर छलफलकै क्रममा रहेको भन्दै ती मिटरब्याजीको नाम प्रहरीले सार्वजनिक गरेको छैन । यसरी कारोबार गर्दा पीडकले पैसा दिँदा बैङ्कमार्फत दिने र लिने बेलामा बैङ्किङ कारोबारलाई निषेध गरी नगद कारोबार गर्ने गरेर प्रमाणमा आफूलाई बलियो बनाउने काम गरेको देखिएको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । यसले गर्दा समस्या समाधानमा थप चुनौती थपिएको उहाँको भनाइ छ ।

    प्रहरीले पीडक र पीडितलाई सँगै राखेर मिलाउने काम गरेर मुद्दा मिल्ने अवस्थामा पुगेपछि पीडक अनुसन्धानलाई अन्यत्रै मोड्न अदालत जाने गरेको प्रहरीले जनाएको छ । केही भने जिप्रकामा मिलापत्र गरेर गएपछि पनि अदालत गएर सहमतिलाई उल्टाउने काम गरिरहेका प्रहरीको भनाइ छ । मिटरब्याज तथा अनुचित लेनदेनविरुद्ध किसान मजदुर सङ्घर्ष समितिका अनुसार नौ जना पीडकले अदालतमा मुद्दा हालेका छन् ।

    प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले पनि जिल्लामा अनुचित लेनदेनको समस्या जटिल देखिएको भन्दै दुवै पक्षलाई बोलाई छलफल गराउन प्रहरीलाई निर्देशन दिएको बताउनुभयो । नवलपुर प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेनसम्बन्धी ३१ वटा निवेदन परेकोमा आठ वटामा मिलापत्र गराएको छ भने २३ वटा बाँकी छन् । जसमध्ये तीन जना अदालत गएका छन् । त्यस्तै जिल्ला प्रहरी कार्यालयमा अनुचित लेनदेनसम्बन्धी १२ वटा निवेदन परेकामा आठ वटा मिलापत्र गराएको प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । कतिपयले आन्तरिक रूपमै मिलापत्र गराएको उहाँको भनाइ छ । यस्तै मिटरब्याजविरुद्धको सङ्घर्ष समितिमा ४२ वटा उजुरी परेकामा १७ वटामा मिलापत्र भएको र आठ वटा निवेदनमाथि छलफल चलिरहेको सङ्घर्ष समितिकी उपाध्यक्ष शारदा पौडेलले जानकारी दिनुभयो ।

    प्रहरी उपरीक्षक रेग्मीका अनुसार धेरै जसो वास्तविक मिटरब्याजपीडित छन् तर केही भने पीडित र पीडक दुवै रहेका छन् । जसले एउटाबाट लिएर अर्कोलाई झन् चर्को मिटरब्याजमै लगाउने गरेका छन् । “एउटै पीडकले धेरैलाई लगानी गरेको पाइयो, गहिरिएर अनुसन्धान सुरु गरेका छौँ,” प्रहरी उपरीक्षक रेग्मीले भन्नुभयो, “अनुसन्धानमा पनि पटक पटक अवरोध गर्ने प्रयास भइरहेको छ । अनुसन्धान भइरहेका बेला मुद्दालाई कमजोर बनाउने प्रयास पनि नभएको होइन । कतिपय व्यक्तिको केसमा त राजनीतिक दबाब पनि आउने गरेको छ ।” पीडकले पीडितसँग जबरजस्ती कागज गराउने र वडामा लगेर प्रमाणित गर्ने गरे पनि पीडित भने वडासम्म पनि नपुगेका उदाहरण भेटिएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालयमा दिनहुँजसो विभिन्न समूहमा छलफल चलिरहेको छ ।

    सोमबार, चैत १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer