• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अमेरिकी कम्पनीमाथि राजस्व अनुसन्धानको मुद्दा, दस अर्ब छत्तिस करोड राजस्व चुहावट


  •   सोमबार, चैत १९, २०८० मा प्रकाशित
  • काठमाडौँ । राजस्व अनुसन्धान विभागले कोटिभिटी नेपाल प्राइभेट लिमिटेडविरुद्ध दस अर्ब ३६ करोड रुपियाँभन्दा बढी राजस्व चुहावट गरेको अभियोगमा मुद्दा दायर गरेको छ । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार दस अर्ब ३६ करोड ४५ लाख २२ हजार ६४२ रुपियाँ राजस्व चुहावट गरेको अभियोगमा पाटन उच्च अदालतमा मुद्दा दायर गरिएको हो ।

    Advertisement

    सेयरधनी नामसारी गर्दाको राजस्व छली ४१ करोड ६४ लाख १७ हजार ९६५ रुपियाँ, राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रणको कसुरमा चार अर्ब ७६ करोड ५८ लाख ४३ हजार ३५५ रुपियाँ र पाँच अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रुपियाँको बिगो कायम गरिएको छ । कोटिभिटी नेपाल प्रालि नेपालमा दर्ता भएको पूर्ण वैदेशिक लगानी भएको कम्पनी हो । विभागले दायर गरेको आरोपपत्रका अनुसार त्यसको स्थायी लेखा नम्बर ३०११६१६१९१ रहेको छ ।

    उक्त कम्पनीले आफूमा रहेको सेयर स्वामित्वमा परिवर्तन हुँदा र सोबाट कम्पनीको नियन्त्रणमा परिवर्तन भएको विषयमा सम्बन्धित निकायमा कुनै जानकारी नदिएको विभागले जनाएको छ । सेयर स्वामित्व परिवर्तन गर्दा सिर्जना हुने कर दायित्व पूरा नगरेको, मुख्य कम्पनी कोटिभिटी इन्कलाई आफ्नो सेवा बिक्री गरी राजस्व चुहावट गर्ने उद्देश्यले सहायक कम्पनी काठमाडौँको हात्तीसारमा रहेको कोटिभिटी नेपालले राजस्व छली गरेको तथा डा. इमाद रिज्क ब्रेट म्यागन, केरी एस्किन, पिटर क्सापो, अपर्ना कोथुरसमेतले राजस्व चुहावट ऐनले निषेध गरेका कार्यमा संलग्न भएको कसुर पुष्टि भएको विभागले जनाएको छ ।

    महानिर्देशक ढुङ्गानाले उक्त मुद्दामा पाँच अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रुपियाँ राजस्व चुहावट भएको बताउनुभयो । उहाँका अनुसार अनुसन्धानका क्रममा सेयरधनी दर्ता किताब प्राप्त गरी विश्लेषण गर्दा भेरिस्क इन्फर्मेसन टेक्नोलोजिज् प्रालिका नाममा २०७१ पुस ६ गते सेयरधनी दर्ता किताबमा डिटु हकाई इन्क, २०७१ चैत १३ गते सेयरधनी दर्ता किताबमा भेरिस्क हेल्थ इन्क, २०७२ असार ४ गते सेयरधनी दर्ता किताबमा भेरिस्क हेल्थ इन्क (सेयर वृद्धि) उल्लेख भएको छ ।

    उहाँले भर्सेन्ड टेक्नोलोजिज् प्रालिको नाममा २०७५ जेठ ३० गते सेयरधनी दर्ता किताबमा भर्सेन्ड टेक्नोलोजिज् इन्क उल्लेख भएको र कोटिभिटी नेपालको नाममा २०७६ भदौ २६ गते सेयरधनी दर्ता किताबमा कोटिभिटी इन्क उल्लेख भएको देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विभागले छानबिन गर्दा कम्पनीको विभिन्न आर्थिक वर्षमा सेयर स्वामित्वमा परिवर्तन भएको देखिएको भए पनि कम्पनीको सेयर स्वामित्वमा भएको परिवर्तन अनुसार प्रस्तुत कम्पनीले करदाता कार्यालयसहितका निकायलाई जानकारी नदिएको र कर नबुझाएकाले आयकर ऐन र कर तथा मूल्य अभिवृद्धि ऐनविपरीत कार्य गरेको देखियो ।”

    पटक पटक सेयर लेनदेन

    महानिर्देशक ढुङ्गानाले साबिक भेरिस्क इन्फर्मेसन टेक्नोलोजिज्को २०७३ साउन २८ गतेको सेयरधनीको निर्णयले कम्पनीको नाम परिवर्तन गरी भर्सेन्ड टेक्नोलोजी प्रालि बनाएर कम्पनी रजिस्ट्रारको कार्यालयबाट स्वीकृति लिएको देखिएको बताउनुभयो । उहाँका अनुसार २०७५ कात्तिक १ गतेको सेयरधनीको निर्णयले कोटिभिटी नेपाल प्रालि राखेको पाइएको छ ।

    उहाँले आर्थिक वर्ष २०७२/७३ मा कुल १७ लाख पाँच हजार २०२ कित्ता सम्पूर्ण सेयर भेरिक्स हेल्थ इन्क, संयुक्त राज्य अमेरिकाको नाममा रहेको देखिएको बताउनुभयो । उहाँले २०७५ जेठ २१ गते कम्पनीका तर्फबाट प्रमाणित सेयरधनी दर्ता किताब अनुसार कम्पनीको एकल सेयरधनी भर्सेन्ड टेक्नोलोजी इन्क, संयुक्त राज्य अमेरिका रहेको र २०७५ कात्तिक २६ गते कम्पनीका तर्फबाट प्रमाणित सेयरधनी दर्ता किताब अनुसार कम्पनीको एकल सेयरधनी कोटिभिटी इन्क अमेरिका रहेको पनि बताउनुभयो ।

    उहाँले भन्नुभयो, “कोटिभिटी नेपालले गत वैशाख २१ गते राजस्व अनुसन्धान विभागलाई लेखेको पत्रमा वस्तु तथा सेवाको निर्यात कोटिभिटी इन्कलाई मात्रै गरेको उल्लेख छ । कोटिभिटी नेपालले आफूले उत्पादन गरेको सेवा अरूलाई बिक्री गरेको देखिँदैन ।”

    सोमबार, चैत १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer