• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

केन्द्रको असर प्रदेशमा, लुम्बिनीमा मुख्यमन्त्री बन्ने होड


  •   सोमबार, चैत १९, २०८० मा प्रकाशित
  • लुम्बिनी । केन्द्रीय राजनीतिमा आएको उथलपुथलका कारण पुरानो गठबन्धन फुट्दै नयाँ गठबन्धन बनेपछि त्यसको असर प्रदेश संरचनामा पनि पर्न थालेको छ । राजनीतिक दलका नेता कार्यकर्ताहरूको व्यवस्थापन गर्न देशलाई सङ्घीयतामा लगिएको जनगुनासो बढ्दै गएका बेला लुम्बिनीमा अब कुन दलको नेता मुख्यमन्त्री बन्ने भन्ने दौडधुपले तीव्रता पाएको छ ।

    Advertisement

    केन्द्रीय राजनीतिमा देखा पर्दै आएको सरकार ढाल्ने र बनाउने कार्यले झन्डै ३ वर्षको अवधिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक विश्वासको मत पाए पनि लुम्बिनीमा कसको नेतृत्वमा सरकार बन्छ भन्ने विषय थप पेचिलो बन्दै गएको छ ।

    केन्द्रमा गठबन्धन फेरिएर प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक मौका पाएको बेला लुम्बिनीमा भने कुन पार्टीको नेतृत्वमा सरकार बनाउने भन्ने विषय टुङ्गो लाग्न सकेको छैन । यो सँगै लुम्बिनीमा नयाँ सरकार गठन गर्ने प्रक्रिया लम्बिँदै गएको छ । सत्ता समीकरण फेरबदल भएसँगै लुम्बिनीमा नयाँ सरकार बन्ने भएपछि नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेबीच मुख्यमन्त्रीका लागि होडबाजी नै चलेको छ ।

    नयाँ समीकरण अनुसार लुम्बिनीमा दुवै पक्षको बहुमत नपुग्ने भएकाले साना दलहरू निर्णायक बन्ने भएका छन् । लुम्बिनीमा प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ सांसदहरू रहेका छन् । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार बनाउन ४४ सांसदहरूको बहुमत आवश्यक पर्दछ ।

    नयाँ बनेको गठबन्धनमा अहिलेसम्म ४३ जना सांसदहरू रहेका छन् । संसद्को अङ्कगणित अनुसार नेकपा माओवादी केन्द्र (सभामुख बाहेक) १०, नेकपा एमालेका २९, जनता समाजवादी पार्टी (जसपा) ३, नेकपा एकीकृत समाजवादी (एस) १ गरी ४३ जना सांसद छन् ।

    नयाँ सरकारको लागि नयाँ गठबन्धनले अन्य साना दलको पनि मत जोड्नुपर्ने आवश्यकता देखिन्छ । यता कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्तिका ४-४, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ३-३, स्वतन्त्र र राष्ट्रिय जनमोर्चा १-१ जना सांसद छन् । राप्रपाका एक जना सांसद जानकीलाल यादव भ्रष्टाचारको आरोपमा निलम्बित भएका छन् । जनमत र नागरिक उन्मुक्ति लुम्बिनी सरकारका लागि नयाँ शक्तिको रूपमा उदाएका छन् ।

    लुम्बिनीमा १० वटा राजनीतिक दलहरूको प्रतिनिधित्व छ । हाल नेपाली कांग्रेसका लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नेतृत्वको सरकार चलेको छ, भने सत्तासमिकरण फेरिए पनि अहिलेसम्म मुख्यमन्त्री चौधरीको सरकार कायमै छ । सत्तासमिकरण फेरिए सँगै सङ्कटमा परेको सरकारलाई जोगाउन राप्रपा र लोसपासंग नयाँ गठबन्धन गरेर सरकारको आयुलाई बढाउन मुख्यमन्त्री चौधरीले लबिङ गर्दै आएको बताइएको छ । तर, राप्रपा र लोसपाले कुनै प्रतिक्रिया नदिएको स्रोतले जनाएको छ ।

    नयाँ मुख्यमन्त्रीका लागि एमालेबाट लीला गिरी र माओवादी केन्द्रका जोखबहादुर महराको दाबी सतहीमा पुगेको बताइएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता जोख बहादुर महराले यसअघि पनि मुख्यमन्त्रीका लागि आलोपालो भनेर सहमति भएकाले यस पटक आफूहरूले पाउनुपर्ने बताउँदै आएको माओवादी केन्द्रका एक नेताले बताएका छन् ।

    तर केन्द्रमा लुम्बिनीको मुख्यमन्त्रीमा सकेसम्म माओवादीलाई नेतृत्व नदिई एमालेले नै पाउनुपर्ने जोडबल चल्दै आएको बुझिएको छ । यता एमाले लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले नयाँ सरकार गठनका लागि सबै साना दलहरूसँग छलफल भइरहेको बताए ।

    सोमबार, चैत १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer