काठमाडौं । भारतको दिल्ली सरकारको मदिरा नीतिमा कथित घोटालाको आरोपमा पक्राउ परेका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदालतले १५ दिन अर्थात् अप्रिल १५ सम्मका लागि न्यायिक हिरासतमा पठाएको छ।
Advertisement
दिल्लीको राउज एभिन्यू अदालतले सोमबार यस्तो आदेश दिएको हो । यसअघि उनी ईडीकाे हिरासतमा थिए ।
ईडीका वकिल एसभी राजुले अदालतमा दिएको बयानमा केजरीवालले सोधपुछका क्रममा सहयोग नगरेको बताएका छन् । केजरीवालले आफ्नो फोनको पासवर्ड नदिएको राजुले आरोप लगाए ।
केजरीवाललाई दिल्ली सरकारको मदिरा नीतिसँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा मार्च २१ मा पक्राउ गरिएको थियो।
केजरीवालले जेलमा रहँदा अध्ययनका लागि तीन पुस्तक मागेका छन् । उनले गीता, रामायण र नीरजा चौधरीको पुस्तक हाउ प्राइम मिनिस्टर्स डिसाइड पढ्न चाहेको केजरीवालका वकिल रमेश गुप्ताले जानकारी दिए ।




