• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

विश्‍व घटना : समुद्रको सबैभन्दा गहिराइमा भेटिए जीवित माछा


  •   मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित
  • काठमाडौं । आज २ अप्रिल। विश्‍व इतिहासका असंख्य घटनाले देश, क्षेत्र र स्थान विशेषमा आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये विश्‍वव्यापी चर्चा बटुलेका केही प्रमुख घटनाको सारसंक्षेप।

    Advertisement

    – सन् २००२- इजरायली सेनाले घेरामा पार्‍यो बेथलहेम चर्च

    सन् २००२ मा आजकै दिन इजरायली सेनाले बेथलहेमस्थित चर्च अफ नेटिभिटी घेराउ गरेको थियो। चर्चमा रहेका प्यालेस्टिनीहरूलाई पक्राउ गर्न उक्त घेराबन्दी गरिएको थियो। ३० दिनसम्म चलेको घेराउ केही आतंकवादीहरू चर्चबाट भागेपछि शुरु भएको थियो।

    – सन् १९८२- फकल्यान्ड टापुमाथि अर्जेन्टिनाको कब्जा

    सन् १९८२ मा आजकै दिन अर्जेन्टिनाले फकल्यान्ड टापुमाथि कब्जा जमाएको थियो। दक्षिण एटलान्टिकमा फकल्यान्ड द्विप समूहलाई लिएर अर्जेन्टिना र ब्रिटेनबीच लडाईं भएको थियो। त्यसपछि लामो समय फकल्यान्ड युद्ध भएको थियो। यस युद्धमा ब्रिटेनले जित हासिल गरेको थियो।

    – सन् १७९२- अमेरिकी डलरको शुरुवात

    सन् १७९२ मा आजकै दिन अमेरिकी डलरको शुरुवात भएको हो। ‘द मिन्ट एक्ट’मार्फत डलर अमेरिकाको मुद्राका रूपमा स्थापना भएको थियो। आजको दिन विश्‍व व्यापारको करिब दुई तिहाइ हिस्सा अमेरिकी डलरमा आधारित छ।

    – सन् २००५- पोप जोन पल द्वितीयको निधन

    सन् २००५ मा आजकै दिन पोप जोन पल द्वितीयको निधन भएको थियो। उनी सन् १९७८ देखि रोमका बिसप तथा रोमन क्याथोलिक चर्चहरूका प्रमुख थिए। उनी ४५५ वर्षयताका पहिलो गैर-इटालियन पोप पनि थिए। १८ मे १९२० मा पोल्यान्डको वाडोवाइसमा जन्मेका उनको ८४ वर्षको उमेरमा निधन भएको थियो।

    – सन् २०२३- समुद्रको सबैभन्दा गहिराइमा भेटिए जीवित माछा

    सन् २०२३ मा आजकै दिन समुद्रको हालसम्मकै सबैभन्दा गहिराइमा जीवित माछा फेला परेका थिए। ती माछाको भिडियो फुटेज आजकै दिन सार्वजनिक गरिएको थियो। स्नेलफिस नाम दिइएका माछा जापानको दक्षिणी क्षेत्रस्थित इजु-ओगासावरा ट्रेन्चको २७ हजार ३४९ फिट (८ हजार ३३६ मिटर) गहिराइमा क्यामेरामा कैद भएका थिए।

    – सन् २०२१- डाइनोसर मासेको क्षुद्र ग्रहले बनायो दक्षिण अमेरिकी वर्षा वन

    ६ करोड ६० लाख वर्षअघि पृथ्वीमा ठक्कर खाएको क्षुद्र ग्रहकै कारण दक्षिण अमेरिकाको वर्षा वन (उष्‍णकटिबन्धीय जंगल) निर्माण भएको एक अध्ययन सार्वजनिक भएको थियो। सोही क्षुद्र ग्रहको ठक्करका कारण धर्तिबाट डाइनोसर लोप भएको निष्‍कर्ष वैज्ञानिकहरूको छ। डाइनोसर लोप भएपछि नै धर्तिमा मानिसलगायतका जीवहरूको अस्तित्व देखिन थालेको मानिन्छ।(नेपाली हेडलाईन)

    मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer