• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मुख्यमन्त्रीको पद बाँडफाँट गठबन्धन, कोशी, गण्डकी र सुदूरपश्चिममा के होला


  •   मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित
  • काठमाडौं । सत्ता गठबन्धनका चार दलले सात प्रदेश सरकारमा मुख्यमन्त्री पद बाँडफाट गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, स्वास्थ्यमन्त्रीसमेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबारको बैठकले बागमती र लुम्बिनीमा माओवादीले मुख्यमन्त्री लिने सहमति भएको छ। त्यस्तै, कोशी, गण्डकी र कर्णालीमा नेतृत्व एमालेलाई दिने सहमति भएको छ। सुदूरपश्चिम प्रदेशको नेतृत्व नागरिक उन्मुक्ति र एकीकृत समाजवादीलाई आलोपालो गर्ने सहमति भएको छ। मधेस प्रदेशको मुख्यमन्त्री जसपालाई दिने सहमति भइसकेको छ ।

    Advertisement

    गठबन्धनले सातै प्रदेशमा मुख्यमन्त्री पद बाँडफाँट गरे पनि कोशी, गण्डकी र सुदूरपश्चिममा नयाँ सरकार बनाउन सहज छैन । यी तीनै प्रदेशमा कांग्रेसको सरकार छ। कोशीमा कांग्रेस नेता केदार कार्की मुख्यमन्त्री छन्। उनी सरकार गठनका लागि विकल्पका अन्तिम विकल्पबाट मुख्यमन्त्री बनेका हुन्। यदी गठबन्धनले नयाँ सरकार गठनको कोशिस गरेर समर्थन फिर्ता लिइ विश्वासको मत लिनुपर्ने स्थिति आएमा उनले संसद भंग गर्न सक्नेछन्। यद्यपि, कोशीमा संसद भंग नहुने भएमा गठबन्धनको स्पष्ट बहुमत छ ।

    गण्डकीमा पनि गठबन्धनलाई सरकार बनाउन सहज छैन। पहिलो त गण्डकीमा राप्रपा निर्णायक छ, उसले जसलाई समर्थन गर्यो, त्यसैको नेतृत्वमा सरकार बन्छ । राप्रपाले गठबन्धनलाई नसघाउने निर्णय गरिसकेको छ, यो अवस्था बुझेका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिने छन्। उनले राजीनामा दिएपछि प्रदेश प्रमुखबाट नयाँ सरकार गठनका लागि आह्वान हुनेछ। तर, नयाँ सरकार बनाउन कुनै पनि दल वा एकभन्दा बढी दल सहभागी भएर पनि बहुमत पुग्दैन। यो स्थितिमा पहिलो दल रहेको कांग्रेसले नेतृत्व पाउनेछ। र, पाण्डेले एक महिनासम्म अल्पमतको सरकार चलाउन पाउनेछन्। त्यसपनि समर्थन जुटाउन नसके संसद विघटन विकल्प हुनेछ।

    अहिले जटिल बनेको प्रदेश सुदूरपश्चिम हो। त्यहाँ कांग्रेस नेता कमलबहादुर शाह नेतृत्वको सरकार छ। तर, निर्णायक रहेको नागरिक उन्मुक्तिभित्र विवाद छ। नागरिक उन्मुक्ति ५ मन्त्रीसहित सरकारमा छ। यदी उन्मुक्तिले समर्थन फिर्ता लिएमा सरकार ढल्नेछ। तर, उन्मुक्तिभित्रको विवादका कारण पार्टीमा कुनै निर्णय भएको छैन।

    यद्यपि, अध्यक्ष रञ्जिता श्रेष्ठले गठबन्धनलाई नै सघाउने बाचा प्रधानमन्त्री प्रचण्डलाई दिएकी छन्। त्यहाँ एकीकृत समाजवादी र उन्मुक्तिले आलोपालो सरकार चलाउने स्थिति हुनसक्छ।

    मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer