• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ४. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

एमएडब्लूले ल्यायो आकर्षक फिचर्ससहितको चांगानको इलेक्ट्रिक एसयूभी ‘दिपल एस०७’, मूल्य कति ?


  •   मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित
  • काठमाडौँ । नेपालका लागि चिनियाँ गाडी निर्माता चांगानको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्प प्रालिले ‘इन्टिलिजेन्ट’ र ‘लक्जरियस’ इलेक्ट्रिक एसयूभी ‘दिपल एस०७’ बजारमा ल्याएको छ ।

    Advertisement

    बहुप्रतिक्षित ‘इन्टिलिजेन्ट इलेक्ट्रिक’ एसयूभी आइतबार एक समारोहका बिच नेपालका लागि चिनियाँ राजदूत सेन सङ, चांगान अटोका डेपुटी जनरल म्यानेजर गुआनसिन, एमएडब्लू ग्रुपका कार्यकारी निर्देशक विष्णु अग्रवाल र एमएडब्लू वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

    ‘टच द फ्युचर’ ट्यागलाइनसहितको दिपल एस०७ सार्वजनिकीकरण नेपालमै पहिलो पटक कारमाथि ‘थ्रीडी म्यापिङ प्रोजेक्सन’ गरी गरिएको थियो।

    दिपल एस०७ मा नेपाली अटोमोबाइलमा पहिलो पटक प्रयोग भएका दर्जनौं फिचर छन् जसले ‘इलेक्ट्रिक मोबिलिटी’ मा केसम्म सम्भव छ भन्ने देखाउनेछ ।

    दिपल एस०७ सार्वजनिकीकरण कार्यक्रममा एमएडब्लू ग्रुपका कार्यकारी निर्देशक विष्णु अग्रवालले दिपल एस०७ एउटा इभि मात्र नभएर नेपालमा इलेक्ट्रिक मोबिलिटीको भविष्य चित्रण गर्ने तथा नेपाली इभि क्षेत्र रूपान्तरण गर्ने दृष्टान्त भएको बताए ।

    साथै, उनले पर्फर्मेन्स र लक्जरीको सीमा फराकिलो पार्ने मात्र होइन, नेपालमा पहिले कहिल्यै नदेखिएको र अनुभव नगरिएको इन्टिलिजेन्स र इनोभेसनले भरिएको कार ल्याएकोमा गर्व लागेकोसमेत उल्लेख गरे ।

    चांगान अटोका डेपुटी जनरल म्यानेजर गुआन सिनले चांगानका लागि नेपाली बजार महत्त्वपूर्ण र भरपर्दो भएको दाबी गरे ।

    नेपाली बजारमा अझ धेरै चांगानका गुणस्तरीय, सुरक्षित र उच्च प्रविधिका गाडी ल्याउने लक्ष्य लिएको जानकारी दिँदै उनले ग्राहकको अनुभव र बिक्रीपछिको सेवालाई पनि उत्तिकै दिने बताए ।

    यस्ता छन् फिचरहरू

    दिपल एस०७ मा ईभी डेडिकेटेड ‘ईपीए१ प्ल्याटफर्म’ र ‘रियर ह्विल ड्राइभ सिस्टम’ छ जसको माथि ६६.८ किलोवाट आवरको ब्याट्री प्याक छ र यसले सिंगल चार्जमा ४ सय १० किलोमिटर रेन्ज (डब्लूएलटीपी) दिन्छ ।

    अटोमोबाइल डिजाइनको ‘हेरिटेज’ मानिने इटालीको टुरिनमा डिजाइन भएको दिपल एस०७ मा नेपालमै पहिलो पटक प्रयोग भएका दर्जनौँ फिचर भएको कम्पनीले बताएको छ ।

    संगीत, फोन कल र फोटो खिच्ने लगायत फंक्सनका लागि एस०७ को ‘जेस्चर कन्ट्रोल’ का माध्यमबाट हातको संकेतले कमान्ड लिन सक्छ । साथै, यसमा ‘अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले’ (एआर एचयूडी) छ । यसले ‘रियल टाइम नेभिगेसन’ लगायत महत्वपूर्ण सूचना दिन्छ जसले ड्राइभिङलाई सहजमात्र बनाउँदैन सुरक्षित पनि बनाउँछ ।

    क्याबिनको बीचमा १५.६ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ छ, जुन टचस्क्रिन ‘इन्टर्‍याक्ट’ गर्ने यात्रुतिर आफैँ फर्किन्छ ।

    दिपल ०७ मा ‘वेलकमिङ सिट’ पनि छ, जसले ड्राइभरलाई गाडीभित्र छिर्न सहज बनाउनुका साथै उसको उचाइअनुसार सिटको पोजिसन पनि आफैँ मिलाइदिन्छ ।

    यसमा पछाडिमात्र होइन, अगाडि बोनेटमा पनि सामान राख्न १ सय २५ लिटरको ‘फ्रंक’ स्पेस छ । यसमा रहेको २० इन्चको विशाल टायरले ईभीलाई आकर्षकमात्र बनाउँदैन, यसको पर्फर्मेन्समा पनि सुधार ल्याउँछ ।

    नेपालमै पहिलो पटक दिपल एस०७ मा अन्य कुनै पनि इभिमा नभएको चार ‘ड्राइभिङ मोड’ (इको, कम्फर्ट, स्पोर्ट र कस्टमाइज) छ, जसले ड्राइभरलाई चाहेको जस्तो ड्राइभिङ अनुभव दिलाउँछ ।

    Car news.jpg

    दिपल एस०७ मा प्रयोग भएको ‘फ्रेमलेस डोर’ र ‘फ्लस ह्यान्डल’ ले यो ई–एसयूभीको आकर्षण र ‘एरोडाइनामिक्स इफिसेन्स’ बलियो बनाएको छ । साथै, यसमा ‘हेडरेस्ट स्पिकर’ र ‘आउटडोर स्पिकर’ सहित १४ वटा हाई क्वालिटी सोनी स्पिकर छन् ।

    कारभित्रको वातावरण ‘कस्टमाइज’ गर्न ‘न्याप, क्याम्प, बेबी केयर, म्युजिक लाइट शो’ जस्ता ‘इन्टिलिजेन्ट सिनारियो मोड’ छन् । साथै, पछाडिको सिटबाट अगाडिको सिट ‘एडजस्ट’ गर्न मिल्ने र ‘सनसेड’ खोल्न र बन्द गर्न सकिने टचस्क्रिन रहेको छ ।

    सुरक्षाका लागि दिपल एस०७ मा ‘इन्टर्‍याक्टिभ एडप्टिभ क्रुज कन्ट्रोल’ सहित ‘इन्टिलिजेन्ट एडास २.५’, ६ वटा एयरब्याग, ‘अटोमेटिक इमर्जेन्सी ब्रेकिङ’, ‘ड्राइभर फ्याटिग मनिटरिङ सिस्टम’, ‘सेफ डिस्ट्यान्स वार्निङ’, ‘ट्रान्सपेरेन्ट च्यासिस’ सहित ३६० क्यामेरा, ‘ड्राइभ भिडियो रेकर्डर’, ‘डिस्ट्र्याक्स वार्निङ’ लगायतका फिचरहरू रहेको कम्पनीले जनाएको छ ।

    मूल्य कति ?

    नेपालमा दिपल एस०७ को सुरुवाती मूल्य कम्पनीले ७१ लाख ९९ हजार रुपैयाँ तोकेको छ भने यो आकर्षक ६ रङमा उपलब्ध हुनेछ ।

    चांगान सन् १८६२ मा स्थापना भएको चीनको सबैभन्दा पुरानो अटोमोबाइल उत्पादक हो जससँग ४० वर्षको कार निर्माणको अनुभव छ ।

    चांगानले दिपल र अवतार जस्ता ब्रान्डका लागि ‘टेक्नोलोजी जायन्ट’ ह्वावे, विश्वको सबैभन्दा ठूलो ब्याट्री निर्माता ‘सीएटीएल’ र ‘टेन्सेन्ट’ (विच्याट) सँग सहकार्य गर्दै आएको छ ।

    मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer