• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

वनमाराले ढाकिएको वन, अम्रिसोले ढपक्कै, लाखौंको कमाई


  •   बुधबार, चैत २१, २०८० मा प्रकाशित
  • काठमाडौं । चौध वर्षअघिसम्म पाल्पाको झिरूबास–काउलेडाँडा वनमाराले ढाकिएको थियो।

    Advertisement

    त्यो डाँडाका स्थानीयको पनि जीवनस्तर राम्रो थिएन। गरिबीका कारण कतिपय बालबालिकाले विद्यालय छोड्नुपर्ने बाध्यता थियो। गाईभैंसी पाल्ने किसानहरू पनि घाँस काट्न निकै टाढा जानुपर्थ्यो।

    निस्दी गाउँपालिका–३, झिरूबासमा रहेको काउलेडाँडाका स्थानीयवासीको जीवनस्तर अहिले भने उकासिएको छ।

    स्थानीयको जीवन उकास्ने प्रमुख स्रोत भने अम्रिसो हो।

    बुट्यान र वनमाराले ढाकिएको डाँडामा अम्रिसो रोपिएपछि स्थानीयवासीलाई आम्दानीको बलियो स्रोत भएको छ। गाईवस्तुलाई घाँसको समस्या कम हुँदै गएको छ।

    गरिबी न्यूनीकरणका लागि कबुलियती वन कार्यक्रममार्फत २०६७ सालमा स्थानीयवासीले काउलेडाँडामा अम्रिसो खेती सुरू गरेका थिए। वडा नम्बर ३ का २२७ घरधुरीबाट १९ वटा कबुलियती वनसमूह गठन गरी उनीहरू अम्रिसो खेतीमा लागेका थिए।

    २०६७ देखि २०६९ सालसम्म झिरूबासको २४५ हेक्टर वन क्षेत्रमा अम्रिसोको ११ लाख ४५ हजार गाँज रोपिएको थियो।

    अम्रिसो खेतीले जीवनस्तर सुधार भएको डिभिजन वन कार्यालय, पाल्पाका प्रमुख नारायणदेव भट्टराई बताउँछन्।

    ‘त्यही अम्रिसोको कुचो बचेर अहिले प्रत्येक घरधुरीले वार्षिक १ लाखदेखि डेढ लाख रूपैयाँसम्म आम्दानी गर्न थालेका छन्,’ उनले भने।

    अम्रिसो खेतीबाट जीवनस्तर सुधार हुनुका साथै वातावरणीय हिसाबले पनि गाउँमा हरियाली छाएको उनको भनाइ छ।

    काउलेडाँडामा अम्रिसो बगान बनेपछि मानिसहरू घुम्न आउन थालेका छन्। अम्रिसो खेतीबारे सिक्न आउनेहरू पनि हुन्छन्।

    डिभिजन वन कार्यालयले विपन्न समुदायलाई वनबाट आयआर्जन हुने स्रोत जुटाउन बुट्यान र वनमारासहितको डाँडो ४० वर्षका लागि स्थानीय समूहलाई हस्तान्तरण गरेको थियो।

    अम्रिसो खेतीका अभियानी दमन पाटा मगरले जिल्ला वन कार्यालयले सुरू गरेको ‘कबुलियती वन तथा पशुविकास कार्यक्रम’ ले गाउँको मुहार फेरिदिएको बताए।

    उनले भने, ‘पहिले खेतबारीको उब्जनीले तीन महिना पनि खान पुग्दैन थियो। पैसाको अभावले बालबालिकाहरू विद्यालय छाड्थे। घरमा दुई-चार पैसा देख्न पनि मुस्किल थियो। अहिले गाउँको मुहार फेरिएको छ।’

    कबुलियती वन कार्यक्रममार्फत स्थानीयवासीको जीवनस्तर सुधारसँगै दैनिक आय बढाउने र वातावरण जोगाउने अभियान सुरू भएको दमनको भनाइ छ।

    स्थानीयवासी भूमिसरा वयम्बुका अनुसार कबुलियती वन कार्यक्रमले उनीहरूको आर्थिक, सामाजिक र मानसिक अवस्थामा सुधार ल्याइदिएको छ।

    ‘कबुलियती वनसमूह गठन गरेर सामूहिक रूपमा अम्रिसो खेती गर्ने र कुचो बेचेर आएको पैसा सबैले बाँड्ने गर्दा घरखर्च चलाउन सजिलो भएको छ,’ उनले भनिन्।

    अर्की बासिन्दा देवीसरा वयम्बु पनि २०६६ सालसम्म वनमाराले ढाकिएको झाडी फाँडेर सुरू गरेको अम्रिसो खेतीले सबैका घरमा पैसा भित्र्याएको बताउँछिन्।

    उनका अनुसार १२–१३ घरधुरीका दरले एउटा कबुलियती वन समूह बनाइएका छन्। तिनै समूहमार्फत अम्रिसोको रेखदेख गर्ने र कुचो निकालेर बेचिन्छ। कुचो किन्न लागि व्यापारीहरू गाउँमै पुग्छन्।

    अम्रिसोको फूलको भाग कुचोमा बिक्री हुन्छ। बोटले गाईवस्तुलाई घाँस हुन्छ। अम्रिसोको घाँसले गाईवस्तुको दूध बढ्ने किसानहरूको भनाइ छ।

    अम्रिसो खेती सुरू गर्दा कबुलियती वन कार्यक्रममार्फत प्रत्येक घरधुरीलाई दुई-दुई वटा बाख्रा पनि दिइएको थियो। अहिले प्रत्येक घरमा बाख्राको संख्या थपिँदै गएको अम्रिसो खेतीका अभियानी दमनको भनाइ छ।

    ‘पहिले घाँसको अभावले किसानहरू गाईभैंसी पाल्न इच्छुक थिएनन्,’ दमनले भने, ‘अम्रिसो लगाएपछि गाईवस्तु पाल्ने क्रम बढ्यो। खेतबारीमा गोबरमलले उत्पादन बढ्न थालेको छ।’

    जिल्ला वन कार्यालय, पाल्पाका वन अधिकृत रामचन्द्र लामाका अनुसार अम्रिसोखेती स्थानीयवासीका लागि प्रमुख नगदे बालीका रूपमा स्थापित भएको छ।

    ‘डेढ दशक अघिसम्म त्यसै खेर गएको काउलेडाँडो अहिले नेपालकै नमूना अम्रिसो बगान भएको छ। यहाँका बासिन्दाले अम्रिसोबाटै घरमा नगद भित्र्यााउन थालेका छन,’ उनले भने, ‘अम्रिसोले झिरूबासको जीवनस्तरमा व्यापक सुधार ल्याएको छ।’

    निस्दी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष नवीन्द्र थापासोतीका अनुसार उनको वडामा मात्र अम्रिसोबाट वार्षिक चार करोड रूपैयाँसम्म आम्दानी हुने गरेको छ।

    ‘वडा नम्बर ३ बाट मात्र गत वर्ष चार करोडको कुचो बिकेको थियो। यस वर्ष मूल्य केही घटेको छ तर प्रत्येक परिवारले कम्तीमा एक लाख रूपैयाँ आम्दानी लिन्छन्,’ उनले भने।

    वन अधिकृत रामचन्द्रका अनुसार अम्रिसोका एकनासे बोटको बगानले काउलेडाँडा पर्यटकीय क्षेत्र बन्दै गएको छ। मानिसहरू वनभोजका लागि जान थालेपछि गाउँपालिकाले टहरा निर्माण गरिदिएको छ।

    काउलेडाँडामा व्यावसायिक अम्रिसोखेती व्यवस्थापनको काम ‘कबुलियती वन कृषि सहकारी संस्था’ ले गर्दै आएको छ। पर्यटकीय स्थल बन्दै गएपछि सहकारीले बगान क्षेत्रमा प्रवेश शुल्क लिन थालेको छ।

    सहकारी संस्थाका अध्यक्ष वीरबहादुर पाटाले मोटरसाइकलको ५०, कार–जिपको ८ सय र बसको १५ सय रूपैयाँका शुल्क लिएर वनभोजका लागि जान दिने गरिएको बताए।

    अम्रिसो खेतीकै कारण काउलेडाँडा कबुलियती वनले अन्तर्राष्ट्रिय पर्वतीय विकास पुरस्कार र राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ। भिरालो जमिनमा हुने भूक्षय रोक्न लगाइने अम्रिसो झिरूबासका लागि वरदान सावित भएको छ।

    एक गाँज अम्रिसोबाट वर्षमा दुई किलोसम्म फूल निस्किने झिरूबासका बासिन्दा चन्द्रबहादुर गाहाले बताए। एक किलो फूलबाट तीन वटासम्म कुचो बनाउन सकिन्छ।

    हाल अम्रिसोको फूलको मूल्य प्रतिकिलो ७५ रूपैयाँ छ।

    मिलीजुली कबुलियती वनका सदस्य खेमबहादुर मल्ल अन्न उब्जनी नहुने ठाउँमा लगाएको अम्रिसोले जीवन नै परिवर्तन गरिदिएको बताउँछन्।

    ‘अम्रिसोको फूलबाट कुचो बन्छ। पात गाईभैंसीलाई पोषिलो घाँस हुन्छ। डाँठको दाउरा हुन्छ। अम्रिसोको कुनै पनि भाग खेर जाँदैन,’ उनले भने।

    निस्दी गाउँपालिकामा पनि ९ सय घरपरिवार कबुलियती वन कार्यक्रममार्फत आय आर्जनमा जोडिएका छन्। जिल्लाभरि ८० वटा कबुलियती वनमा कम्तीमा एक हजार घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन्।

    पाल्पा प्राकृतिक सुन्दरता, वन, वातावरण र जैविक विविधताले भरिपूर्ण जिल्ला हो। पाल्पाको कुल एक लाख ३६ हजार ५९५ हेक्टर क्षेत्रफलमध्ये कम्तीमा ५२ प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको छ। यहाँ ७१ हजार १७० हेक्ट वन क्षेत्र छ।

    ग्रामीण बासिन्दाको जीवनस्तर सुधारमा र वातावरण संरक्षणमा सघाउ पुर्‍याउने उद्देश्यले कबुलियती वन कार्यक्रम सुरू भएको थियो। यसै उद्देश्यले ४० वर्षका लागि समुदायलाई कबुलियती वन हस्तान्तरण गरिएको थियो।

    कबुलियती वन तथा पशु विकास कार्यक्रमको प्राविधिक सहयोग परियोजना मार्फत निस्दी गाउँपालिकाको झिरूबासबाट सुरू गरिएको कबुलियती वन कार्यक्रम १४ वर्षमा पाल्पाका अन्य स्थानीय तहमा पनि फैलिएको छ।

    हाल पूर्वखोला गाउँपालिकाको जल्पा, रिब्दीकोट गाउँपालिकाको पालुङमैनादी, माथागढी गाउँपालिकाको झडेवा, तिनाउ गाउँपालिकाको कचल, निस्दी गाउँपालिककै ज्यामिरे र मित्याल क्षेत्रमा कबुलियती वन कार्यक्रम विस्तार भएको छ।

    स्थानीयवासी दुर्गा पुनका अनुसार रिब्दिकोटको पालुङमैनादीमा १२ हेक्टर वनलाई कबुलियती बनाएर अम्रिसो रोपिएको छ। त्यहाँ गठित ठूलोचौर कबुलियत सामुदायिक वन उपभोक्ता समूहमा ३० घरधुरी आबद्ध छन्।

    दोभान गाउँपालिकाको ठिमुरेमा पनि १८ हेक्टर जमिनमा अम्रिसो खेती गरिएको छ।

    २०६८ सालमा पूर्वखोला गाउँपालिका–२, जल्पाका चित्रबहादुर कुँवरको अगुवाइमा गाउँमाथिको नांगो डाँडामा तेजपात र अम्रिसो रोपिएको थियो। बिरूवा जिल्ला वन कार्यालयले दिएको थियो।

    त्यही अम्रिसो र तेजपातबाट हाल एउटै गाउँमा वार्षिक ३० लाख रूपैयाँसम्म भित्रिने गरेको छ।

    कबुलियती वनमा कृषि, पशु विकास तथा भूक्षय नियन्त्रणका कार्यक्रमसँगै अम्रिसो, तेजपात र केरा खेती हुने गरेको छ।

    जिल्ला वन कार्यालयले आदिवासी जनजाति, दलित तथा विपन्न घरपरिवारको समूह बनाएर कबुलियती वन दिने गरेको छ। हैसियत बिग्रिएको वन र नांगा डाँडा कबुलियती वन बनाइएपछि हरियाली बढेको छ।(सेतोपाटी)

    बुधबार, चैत २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer