• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, जेठ २८, २०८३
☰
बिहिबार, जेठ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

थाइरोइडका लागी रामवाण यी ११ योगासन


  •   बुधबार, चैत २१, २०८० मा प्रकाशित
  • काठमाडौं । थाइरोइड सबैलाई हुनसक्ने भए पनि विशेषगरी महिलामा बढी देखिएको छ । हिजोआज थाइरोइड समस्या धेरैलाई बढ्दो छ । थाइरोइड हर्मोनको गडबडीले, थाइरोइडमा समस्या हुन्छ ।

    Advertisement

    थाइरोइड हाम्रो शरीरमा हुने विभिन्न ग्रन्थीमध्ये एक हो। यो हाम्रो घाँटीको अघिल्तिर रुद्रघण्टीमुनि पुतली आकारको हुन्छ। यो ग्रन्थीले टिथ्री (टेट्राआइडोथाइरोनिन) र टिफोर (थाइरोक्सिन) नामक हर्मोन उत्पादन गर्छ। यसलाई थाइरोइड हर्मोन भनिन्छ र यसमै हुने गडबडीलाई थाइरोइड समस्या अर्थात् थाइरोइड डिसअर्डर भनिन्छ।

    थाइरोइड ग्रन्थीलाई दिमागमा रहेको पिट्युटरी ग्रन्थीबाट निस्कने ‘थाइरोइड स्टिमुलेटिङ हर्मोन (टिएसएच)’ ले उत्प्रेरित गर्छ। थाइरोइड हर्मोन उत्पादन कम भए बढाउन र बढी भए कम गर्न यसले संकेत दिने काम गर्छ। टिएसएच बढ्दा थाइरोइड हर्मोन घट्छ भने थाइरोइड हर्मोन बढ्दा टिएसएच घट्छ। टिएसएच र थाइरोइड हर्मोनको उल्टो सम्बन्ध हुन्छ।

    थाइरोइड ग्रन्थीको कामः

    शारीरिक र मानसिक विकासमा सहयोग गर्ने, शरीरमा पाचन मेटाबोलिक कार्य सन्तुलन गराउने, हरेक कोशिकामा हामीले खाएको खानेकुरा पुर्‍याउने, शरीरका हरेक अंग मुटु, मस्तिष्क, स्नायु प्रणालीलाई काम गर्न सघाउने, शरीरको वृद्धि, विकास र तौल नियन्त्रणमा पनि थाइरोइड हर्मोनले भूमिका खेल्छ।

    त्यसैले स्वस्थ रहन यसको सन्तुलन हुनुपर्छ। शरीरमा यसको मात्रामा तलमाथि भएमा त्यसले रोगको रूप लिन्छ। अनि रोगका लक्षण देखा पर्छन् र शरीरमा समस्या हुन्छ।

    थाइरोइड हर्मोन मापनः

    थाइरोइड हर्मोन मापन गर्न रगत जाँच गराइन्छ जसमा टिएसएच जाँच गरिन्छ। यसमा टिथ्री र टिफोर पनि जाँचिन्छ। यसलाई ‘थाइरोइड फंसन टेस्ट (टिएफटी)’ भनिन्छ। टिएसएच –०.३५ देखि ५.५ भए सामान्य मानिन्छ। योभन्दा बढी वा कम भए समस्या हुन्छ।

    थाइरोइड समस्याका प्रकारः

    थाइरोइड हर्मोनको असन्तुलनले शरीरमा विभिन्न रोगका लक्षण देखा पर्छन्। जस्तैः गलगाँड, थाइरोइड हर्मोन कम र बढी हुनु, थाइरोइड ग्रन्थी सुन्निनु, मासु पलाउनु आदि।

    यहाँ चर्चा गरिएको समस्या भने थाइरोइड हर्मोन उत्पादन कम र बढी हुनु हो।

    शरीरमा थाइरोइड हर्मोन कमी हुनुः

    थाइरोइड ग्रन्थीले चाहिनेभन्दा कम काम गर्‍यो, आवश्यकभन्दा कम मात्रामा उत्पादन भयो भने हर्मोनको कमी हुन्छ। यसलाई ‘हाइपो थाइरोइडिजम’ भनिन्छ। यसमा टिथ्री र टिफोरको उत्पादन कम हुन्छ। यसले गर्दा टिएसएचले थाइरोइड हर्मोन उत्पादन बढाउन संकेत गर्न टिएसएच हर्मोन बढी निष्कासन गरेर संकेत दिन्छ। अनि टिएसएचको मात्रा बढ्छ र टिथ्री र टिफोर कम हुन्छ।

    लक्षणहरूः

    – आधारभूत मोटाबोलिक रेट कम हुनाले थोरै खाए पनि तौल धेरै बढ्ने।

    – पाचन राम्रोसँग नुहुनाले कब्जियत हुने। खानामा अरूचि हुने।

    – धेरै अल्छी हुने। थोरै काम गर्दा पनि धेरै थकान हुने। निद्रा बढी लाग्ने।

    – हातखुट्टा सुन्निने, बाउँडिने र दुख्ने। अरुको तुलनामा बढी चिसो लाग्ने।

    – कपाल झर्ने। छाला रुखो र फुस्रो हुने।

    – कोलेस्ट्रोल बढ्ने।

    – महिलामा महिनावारी अनियमित हुने।

    शरीरमा थाइरोइड हर्मोन बढी हुनुः

    थाइरोइड ग्रन्थीले चाहिनेभन्दा बढी हर्मोन उत्पादन गर्‍यो भने त्यसलाई ‘हाइपर थाइरोइडिजम’ भनिन्छ। यसमा टिथ्री र टिफोर बढ्छ भने टिएसएच घट्छ।

    लक्षणहरूः

    – हर्मोन बढ्ने हुनाले मोटाबोलिक रेट बढ्ने।

    – भोक बढी लाग्ने। धेरै खाए पनि दुब्लाउँदै जाने।

    – जिउ तातो हुने। पसिना धेरै आउने। जिउ चिलाउने।

    – हातखुट्टामा कम्पन हुने, मांसपेशी कमजोर हुने।

    – मन चन्चल हुने, सास बढ्ने, गर्मी सहन नसक्ने हुने। मुटुको ढुकढुकी बढ्ने।

    – निद्रामा समस्या हुने। चिडचिडापन, रिस उठ्ने, झर्को लाग्ने, मन आत्तिने।

    थाइरोइड समस्या हुनुका कारणः

    – अनियमित खानपान, धेरै आराम र व्यायामको कमी वा अत्यधिक काम र आरामको कमी, तनावयुक्त विचार, कब्जियत, मोटोपन।

    के गर्ने?

    हामीमा आउने अधिकांश समस्या हामीले गर्ने आहार, विहार र विचारसँग सम्बन्धित हुन्छ। थाइरोइड समस्या पनि यिनै कुरामा गडबडी भएर हुन्छ। त्यसैले यी तीनै कुरा उचित हुनुपर्छ।

    आहारः

    पाचन सजिलो गराउने कब्जनिवारक आहार खानुपर्छ। रेसा र छोक्राबोक्रा भएका आहार खाने। प्रशोधन नगरिएका वा कम प्रशोधन गरिएका पूर्ण अन्न खाने। जस्तै: नफलेको चामल, गहुँ, मकै, फापर आदि।

    हरिया सागसब्जी प्रशस्त खाने। हरिया सागसब्जीमा धेरै रेसा र छोक्राबोक्रा हुनुका साथै शरीरलाई चाहिने खनिज लवणहरू हुन्छ। तसर्थ दैनिक आहारको प्रतिछाकमा हरिया सब्जी-पात भएको वर्गबाट एक कचौरा र पात नभएका हरिया तरकारीबाट एक कचौरा गरी करिब ३०० ग्राम अनिवार्य हुनुपर्छ।

    खानाको अन्तमा फलफूल वर्गबाट करिब १०० देखि १५० ग्रामका दरले काँचो सलाद लिने।

    यसरी अन्न, हरिया तरकारी र काँचो सलाद बराबर मात्रामा मिलाएर दैनिक खाँदा कब्जियत हुँदैन। कब्जियत नरहेपछि समस्या कम हुन्छ।

    अनि पानी नियमित पिउनुपर्छ। गर्मीमा करिब ३ देखि ४ लिटर र जाडोमा करिब ३ लिटर पानी पिउनुपर्छ।

    तौल नियन्त्रणः

    उचाइअनुसार तौल नियन्त्रणमा राख्नुपर्छ। तौल बढी छ भने घटाउने हिसाबले आहार हुनुपर्छ। जसमा अन्नको भाग २५ प्रतिशत घटाएर हरिया सब्जी तरकारी र सलादको मात्रा बढाउने। यसरी खाएमा हप्ताको एक किलो तौल सजिलै घट्छ।

    शारीरिक गतिविधि सन्तुलित गर्नेः

    स्वस्थ रहन नियमित व्यायाम आवश्यक हुन्छ। दैनिक एक घन्टा व्यायाम गर्ने। शरीरका सबै जोर्नी सञ्चालन हुने योग उत्तम हुन्छ। हिँड्न वा अन्य व्यायाम गर्न पनि सकिन्छ।

    निद्रा पुर्‍याउनेः

    शरीरलाई सन्तुलन राख्न निद्रा अति अवाश्यक हुन्छ। निद्राको कमीले हर्मोन असन्तलुन हुन्छ। त्यसैले बेलामा सुत्ने र बेलैमा उठ्ने। दैनिक करिब ६ देखि ८ घण्टा आरामले सुत्ने।

    काम र आरामको सन्तुलन मिलाउनेः

    अत्यधिक शारीरिक तनावले पनि हर्मोन असन्तुलित गर्छ भने अत्यधिक आरामले पनि। त्यसैले सन्तुलन मिलाउन जरुरी छ। त्यस्तै मेरुदण्ड सधैंं सोझो र खुकुलो राख्ने। दिसा, पिसाब, भोक, प्यासजस्ता शरीरका वेगहरू नरोक्ने। शरीरलाई मापदण्ड बानाएर सबै काम गर्ने। शरीरलाई अप्ठ्यारो हुने गरी कुनै गतिविधि नगर्ने।

    विचार ठीक गर्नेः

    थाइरोइड समस्या हर्मोन गडबडीका कारणले हुने भएकाले विचारको मुख्य भूमिका रहन्छ। विचार सधैं शान्त र उचित हुनुपर्छ। शान्त र उचित विचार भन्नाले शरीर र मनलाई अप्ठ्यारो नगराउने विचार हुन्। अनुचित विचार, रिस, दुःख, तनाव, चिन्ता आदि जस्ता मानसिक तनावले दिमागमा प्रभाव परी हर्मोन गडबडी हुन्छ।

    के नगर्ने?

    कब्जियत गराउने खानपान– मैदाबाट बनेका, चिल्लोमा तारे-भुटेका खानेकुरा नखाने। माछा, मासु, अन्डा, दुग्ध पदार्थ कम गर्ने। प्रोटिनका लागि खाइने यी पदार्थमा रेसा-छोक्राबोक्रा नहुने र पाचन हुन गाह्रो हुनाले यी आहार खाँदा कब्जियत हुन्छ। प्रोटिनका लागि टुसा उम्रेका दाल र गेडागुडी खान सकिन्छ। तर तौल बढी छ र ग्रन्थी बढेको वा सुन्निएको छ भने यी आहार पनि खानु हुँदैन। अरू बेला यी आहार अन्नको भागमा पारेर १० प्रतिशत मात्र खाने।

    खाना खाँदा शान्त भई चपाईचपाई खाने। एक खाना र अर्को खानाको अन्तर करिब ५ घण्टा राख्ने। बीचमा कुचुकुचु नखाने। दिनमा ३ पटकभन्दा बढी नखाने। तौल बढी भएकाले दिउँसो खाजा हलका आहार, फलफूल वा ताजा तरकारीको सुप खाने।

    कुनै पनि ठोस आहारसँग पानी नलिने। हरेक ठोस आहार र पानीको अन्तर करिब १ घण्टा गर्ने।

    शरीर र मनमा उत्तेजना, गर्मी बढाउने खानपान– पिरो र मसाला धेरै राखेका, जंकफुड र फास्टफुड, चिया, कफी, कोल्ड ड्रिंक्स, मद्यपान, चुरोट, खैनी आदि नखाने।

    शरीर र मनमा उत्तेजना बढाउने खालका गतिविधि नगर्ने। खानेबित्तिकै नसुत्ने, उठ्नेबित्तिकै उत्तेजित गतिविधि नगर्ने। सुत्ने बेलामा तनावयुक्त विचार नगर्ने र उठ्नेबित्तिकै रिस, मोह, लोभ, चिन्ता आदि जस्ता अनुचित विचार नगर्ने।

    व्यायाम के गर्ने?

    थाइरोइड हर्मोन गडबडीमा योग व्यायामले पनि लाभ गर्छ। थाइरोइड समस्यामा गर्न मिल्ने योगासनहरूः

    १. गर्धनको व्यायाम

    बज्रासन वा सुखासनमा बस्ने। विस्तारै सा तान्दै छाती फुलाउँदै दुवै हात दायाँबायाँ काँध बराबर फैलाउने। टाउको पछाडि लगेर आकाश हेर्ने। दस गन्ने र विस्तारै बीचमा फर्कने। पाँचदेखि दस पटक गर्ने।

     

    २. मार्जरी आसन

    बज्रासनमा बस्ने। दुवै घुँडाले टेकेर सिधा हुने। अब शरीर झुकाएर दुवै हात अगाडि काँधको बराबर राखेर भुइँ टेक्ने र सिधा हेर्ने। विस्तारै लामो सास तान्दै कम्मर तल गर्ने र टाउको र गर्धन जति सकिन्छ त्यति माथि उठाएर आकाश हेर्ने। एकछिन यो स्थितिमा रहने र सास छाड्दै मेरुदण्ड जति सकिन्छ त्यति माथि धनुष आकारमा लाने र टाउको तल लगेर चिउँडोले छाती छुने प्रयास गर्ने। पाँचदेखि दस पटक गर्ने।

     

    ३. भुजंगासन

    घोप्टो परेरै सुत्ने। दुवै हात काँधको दायाँबायाँ राख्ने। लामो सास तान्दै दुवै हात तन्काएर कम्मरमाथिको भाग उठाउने। टाउको पछाडि लगेर आकाश हेर्ने। दस गन्ने र सास छोड्दै फर्कने। पाँच पटक गर्ने।

     

    ४.उष्ट्रासन

    बज्रासनमा बस्ने। घुँडाले टकेर सिधा बस्ने। अब विस्तारै सास तान्दै दुवै हात पछाडि लगेर दुवै खुट्टाको पैताला छुने र कम्मर र हिप जति सकिन्छ त्यति अगाडि ठेल्ने। टाउको जति सकिन्छ त्यति पछाडि लाने। यो स्थितिमा रहेर दस गन्ने र सास छोड्दै बीचमा आउने। पाँच पटक गर्ने।

     

    ५. ससांकासन

    बज्रासनमा बस्ने। सास तान्दै दुवै हातलाई कान छुवाउँदै सिधा उठाउने र सास छाड्दै अगाडि झुकेर हात सिधा गर्ने र टाउकोले भुइँ छुवाएर बस्ने। सामान्य स्वासप्रस्वासमा रहने। पचासदेखि सयसम्म गन्ने। अब विस्तारै सास तान्दै बीच अवस्थामा फर्कने।

     

    ६. हलासनः

    उत्तानो सुत्ने। अब सास तान्दै दुवै खुट्टा ९० डिग्रीमा उठाउने र सास छोड्दै दुवै खुट्टा टाउको पछाडि लगेर पैतालाले भुइँ छुवाउने। हात भने पछाडि सिधा राख्ने वा कम्मरमा टेको लगाउने। यो स्थितिमा रहेर दस गन्ने र सास तान्दै बीचमा आउने र सास छाड्दै खुट्टालाई भुइँमा राख्ने। पाँच पटक गर्ने।

     

    ७. सर्वाङासन

    उत्तानो नै सुत्ने। अब सास तान्दै दुवै खुट्टा र जिउ उठाउने। दुवै हातले कम्मरमा टेको दिएर अझ सोझो गर्ने, ९० डिग्रीमा। यो अवस्थामा टाउको, काँध र कुइनाले मात्र भुइँ छोएको हुनुपर्छ। एकदेखि सयसम्म गन्ने र विस्तारै सास छोडदै बीचमा आउने।

     

    ८. सरल मत्स्यासन

    उत्तानो नै सुतेर दुवै हातलाई हिपमुनि राख्ने। दुवै खुट्टा सिधा जोडेर राख्ने। सास तान्दै कम्मर र छाती उठाउने र टाउको पछाडि लगेर भुइँ टेकिरहने। एकदेखि पचाससम्म गन्ने र सास छोड्दै बीचमा फर्कने।

     

    ९. कन्धरासन

    उत्तानो सुत्ने। दुवै खुट्टा घुँडासम्म खुम्च्याउने। दुवै हात दुवै पैतालाको दायाँबायाँ राख्ने। अब सास तान्दै मेरुदण्डलाई गर्धनसम्म माथि उठाउने। दस गन्ने र पहिलेकै स्थितिमा फर्कने। पाँचदेखि दस पटक गर्ने।

     

    १०. पवनमुक्तासन

    उत्तानो सुतेर दुवै खुट्टा सिधा राख्ने। सास छाड्दै दुवै खुट्टा घुँडासम्म खुम्च्याएर दुवै हात घुँडामा लगेर लक गर्ने। टाउको उठाएर सकेसम्म चिउँडोले घुँडा छुने प्रयास गर्ने। दस गन्ने अनि सास तान्दै बीचमा फर्कने। तीनदेखि पाँच पटक गर्ने।

     

    ११. आरामआसन

    उत्तानो सुत्ने। खुट्टा घुँडासम्म खुम्च्याएर राख्ने। हात गर्धनमुनि लक गरेर राख्ने। अब आँखा, मुख बन्द गरी करिब २ देखि ५ मिनेट आराममा बस्ने। सबै ध्यान आफ्नो सासमा दिने।

     

    सावधानीः कुनै पनि योगासन सकिनसकी बलपूर्वक नगर्ने। जति सकिन्छ त्यति गर्दै जाने। शरीरको लचकता बढेपछि सबै गर्न सकिन्छ। आसन गर्दा सासमा ध्यान दिई सासकै तालमा गर्नुपर्छ। त्यसैगरी उष्ट्रासन, हलासन, सर्वाङासन गर्दा ढाड दुख्ने, नसा च्यापिएको समस्या छ भने नगर्ने। यी आसन क्रम मिलाएर मात्र गर्ने।

    थाइरोइड हर्मोन समस्या कम गर्न उचित आहार, विहार र विचारसहित दैनिक व्यायाम महत्वपूर्ण हुन्छ। यसको समस्या भए वा गम्भीर अवस्था भए चिकित्सकको परामर्श लिनुपर्छ। (सेतोपाटि)

    बुधबार, चैत २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer