काठमाडौं । आज ५ वटा प्रदेशका पहाडी इलाकामा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
विभागका अनुसार पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण आज दिउँसो पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। यस्तै, कर्णालीका थोरै तथा कोशी, वागमती, गण्डकी र सुदूरपश्चिमका पहाडी इलाकाका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णालीका पहाडी भेगका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।




