• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, भदौ ११, २०८३
☰
बिहिबार, भदौ ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

पुन संचालनमा आउँदै मनकामना सुति कपडा उद्योग


  •   बिहिबार, चैत २२, २०८० मा प्रकाशित
  • गोरखा । बिगत दुई बर्षदेखि बन्द रहेको मनकामना सुति कपडा उद्योग पुनः संचालनमा आउने भएको छ । गोरखा नगरपालिका–११ मा रहेको उक्त उद्योग नयाँ व्यवस्थापन सहित पुनः संचालन गर्न लागिएको संचालक तुलसी देवकोटाले बताए । ‘गोरखा नगरपालिकाले दुई लाख बराबरको भौतिक सामग्री उपलब्ध गराउने भएको छ,’ उनले भने, ‘बन्द भएको उद्योग चलाउन त्यसले ठुलै राहत मिल्छ ।’

    Advertisement

    २०३९ सालमा स्थापना भएर संचालनमा आएको उक्त उद्योग २०७८ सालबाट बन्द भएको हो । कोरोना महामारीका कारण उद्योग बन्द गर्नुपर्ने बाध्यता भएको देवकोटाले जानकारी दिए । ‘हाम्रो उत्पादन देशैभर प्रख्यात थियो । ७७ वटै जिल्लामा उत्पादन बिक्री वितरण हुन्थ्यो तर बिभिन्न कारणले बन्द गर्नुपर्ने अवस्था सृजना भयो,’ उनले भने । उनका अनुसार उद्योगबाट उत्पादित स्वदेशी कपडाको साडी, पछ्यौरी, झोला, टोपीको बिक्री वितरण बढी हुन्थ्यो । जनजाती समुदायले ओड्ने पछ्यौरी र कपडाहरु पनि उत्तिकै लोकप्रिय थियो ।

    ‘हामीहरुले गुरुङ र मगरहरुले लगाउने भाङग्रा, ढाकाको कपडा र पछ्यौरीहरु बढी उत्पादन गथ्र्याै । पोखरादेखीका उद्योगहरु हाम्रोमा कपडा प्रशोधन गर्ने आउथेँ,’ उनले भने । उक्त उद्योगले धेरै महिलाहरुलाई रोजगारको अवसर दिलाएको देवकोटा बताउँछन् । ताप्ले, मनकामना लगायतका क्षेत्रका महिलाहरुलाई घरमै तान उपलब्ध गराएर रोजगार समेत दिएको उनी सम्झन्छन् । उनका अनुसार उद्योग संचालनको समयमा करिव ८० जनाले रोजगार पाएका थिए ।

    दुई बर्षको अन्तरालपछि पुनः उद्योग संचालन गर्न पाउँदा उनी खुशी र उत्साहित देखिन्छन् । नयाँ ढंगबाट उद्योग संचालन गर्ने उनले योजना छ । ‘हस्तनिर्मित सामाग्री नै हाम्रो पहिचान हो अब यसलाई थोरै आधुनिकिकरण गरेर लैजाने मेरो लक्ष्य छ’, उनले भने । पहिले भन्दा केही फरक र आधुनिक उपकरणको प्रयोग गरेर उद्योग संचालन गर्न लागिएको उनले जानकारी दिए । उद्योग संचालनमा आए स्वदेशी उत्पादनले बजार पाउने र रोजगारको अवसर समेत सृजना हुने अपेक्षा उनको छ ।

    बिहिबार, चैत २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer