रुकुमपश्चिम । जिल्ला कृषि विकास कार्यालय रुकुम पश्चिममा कृषकलाई गोलासहितको मौरीघार वितरण गरेको छ । कार्यालयले ५० प्रतिशत अनुदानमा ७० कृषकलाई गोलासहितको मौरीघार वितरण गरेको हो ।
Advertisement
उसो त रुकुमपश्चिम जिल्लामा मौरीपालनलाई व्यवसायिक पेसा अपनाईदै आएको देखिन्छ । रुकुम पश्चिममा यस वर्ष २१ मेट्रिकटन मह उत्पादन भएको छ । विगतका वर्षभन्दा यस वर्ष महको उत्पादन बढेको हो ।
किसानले मह बेचेर रु दुई करोड ५० लाख कमाइ गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख मीनबहादुर केसीले जानकारी दिए ।
जिल्लाको बाँफिकोट गाउँपालिका, आठविसकोट नगरपालिका, सानीभेरी गाउँपालिका, मुसीकोट नगरपालिका र त्रिवेणी गाउँपालिकामा मह उत्पादन हुँदै आएको छ । किसानले प्रतिकिलो रु एक हजार दुई सयमा मह बेचेका छन् ।




