• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

इजरेली हमला पछी सहायता रोकिदा गाजा झनै संकटमा पर्छ: संयुक्त राष्ट्रसङ्घ


  •   बिहिबार, चैत २२, २०८० मा प्रकाशित
  • काठमाडौं । परोपकारी संस्था वर्ल्ड सेन्ट्रल किचन (डब्ल्यूसीके) ले इजरेली हमलामा आफ्ना सात कर्मचारी मारिएसँगै सहायता रोकेपछि थुप्रै प्यालेस्टिनीमा परिवारका सदस्यलाई अब कसरी खानाको व्यवस्था गर्ने भन्ने चिन्ता थपिएको छ।

    Advertisement

    डब्ल्यूसीके मिलेर काम गर्ने अर्को अमेरिकी परोपकारी संस्था एनिराले पनि आफ्ना स्थानीय कर्मचारी एवं उनीहरूका परिवारले झेल्नुपरेको तनावका कारण सहायता स्थगित गरेको छ।
    दुवै संस्था मिलेर प्रत्येक साता प्यालेस्टिनी भूभागमा २० लाख भोजन उपलब्ध गराउँदै आएका थिए।
    संयुक्त राष्ट्रसङ्घका अनुसार त्यहाँ भएका झन्डै ११ लाख मानिसमध्ये आधा भोकमरीको सँघारमा पुगेका छन्।

    सहायतामा इजरेली बन्देज, जारी द्वन्द्व अनि पद्धति छिन्नभिन्न भएकाले त्यस्तो अवस्था आएको राष्ट्रसङ्घले जनाएको छ।
    डेर उल-बालाहमा सामान बोक्ने एउटा डुङ्गाबाट १०० टनभन्दा बढी खाद्यसामग्री बोकेर इजरेलले नै तोकेको तटीय मार्ग हुँदै गइरहेका बेला डब्ल्यूसीकेका सवारीसाधनहरूमाथि सोमवार राति आक्रमण भएको थियो।
    साइप्रसबाट २४० टन सहायता सामग्री बोकेर गाजा पुगेका चारवटा डुङ्गामध्ये त्यो एउटा थियो।
    इजरेली हमलाका कारण सामान बोकेका बाँकी तीनवटा डुङ्गा फर्केका छन्।

    नर्वेली शरणार्थी परिषद्‌ले “वर्ल्ड सेन्ट्रल किचनमाथि जे भयो त्यसले समग्र सहायता प्रणालीमाथि खतरा उत्पन्न गराएको” र त्यसलाई “सङ्कटमा पुर्‍याएको” टिप्पणी गरेको छ।
    सवारीसाधनहरूमा परोपकारी संस्थाको लोगो हुँदाहुँदै र इजरेली अधिकारीहरूसँग समन्वय गरिएको भए पनि इजरेली सेनाले “निसाना” बनाएको आरोप डब्ल्यूसीकेले लगाएको छ।

    इजरेली हमलामा मारिनेमा ब्रिटेन, पोल्यान्ड, अस्ट्रेलिया, प्यालेस्टाइन र अमेरिका-क्यानडाको दोहोरो नागरिकता भएका मानिसहरू छन्।
    इजरेली सेनाले हमलालाई “रातिको समयमा गलत पहिचानपछि भएको ठूलो भुल” भनेको छ।
    यसअघि इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले जानीजानी उक्त आक्रमण नगरिएको दाबी गरेका थिए।

    वर्ल्ड सेन्ट्रल किचनको भूमिका

    इजरेलले गाजा स्ट्रिपमा प्यालेस्टिनीहरूको सहायताका लागि जिम्मेवार मुख्य राष्ट्रसङ्घीय निकाय यूएनआरडब्ल्यूएमाथि प्रतिबन्ध लगाएपछि उक्त भूभाग अन्य मानवीय संस्थाहरूमा ठूलो मात्रामा निर्भर रहँदै आएको थियो।
    इजरेल सरकारले यूएनआरडब्ल्यूएलाई २,००० भन्दा धेरै हमास सदस्यलाई काममा लगाएको आरोप लगाएको छ।
    वर्ल्ड सेन्ट्रल किचन त्यहाँ महिनौँदेखि कार्यरत छ। उसले हालै साइप्रसबाट समुद्री मार्ग प्रयोग गर्दै दोस्रो खेपमा ४०० टन सहायता ल्याएको थियो।
    उक्त संस्थाले गाजालाई भोकमरीमा पर्न नदिने प्रयासमा एउटा नेतृत्वदायी र महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।(बिबिसी)

     

    बिहिबार, चैत २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer