• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

८० करोड हिनामिना गरेको आरोप नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनमाथि


  •   शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
  • बारा । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनद्वारा ८० करोड रुपैयाँ हिनामिना भएको भन्दै पेट्रोलियम व्यवसायी संघ नेपालले छानबिनको माग गरेको छ ।

    Advertisement

    पेट्रोलियम व्यवसायी संघ नेपालले विज्ञप्ति जारी गर्दै आन्तरिक ढुवानी बिमाको नाममा २०६८ सालदेखि पेट्रोलियम डिलर्स एशोसिएशनले कागजको चिर्कटोमा बिमाको रकम काट्दै आएको र सो रकम बिमा कम्पनीमा जम्मा नगरेको आरोप लगाएको छ ।

    पेट्रोलियम व्यवसायी संघ नेपालका महासचिव आत्मराम थापाले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले २०६८ सालदेखि आन्तरिक ढुवानी बिमाबापत सङ्कलन गरेको रकममध्ये ८० करोडभन्दा धेरै हिनामिना गरेको आरोप लगाएका छन् ।

    ‘आर्थिक अनियमितताको आरोप होइन, हामीसँग तथ्य–प्रमाणसहित छ, हामीले २०६८ सालदेखि बिमाबापत तिर्दै आएको रकम बिमा कम्पनीको खातामा जम्मा भएको छैन,’ उनले भने, ‘विश्वास नलागे वार्षिक प्रतिवेदन हेर्न सक्नुहुन्छ । यसमा गम्भीर ढङ्गले छानबिन हुनुपर्छ भन्ने हाम्रो माग हो ।’

    पेट्रोलियम व्यवसायी संघले गत साता जारी गरेको विज्ञप्तिमा धेरै वर्षदेखि ढुवानी बिमाको नाममा कागजको चिर्कटोमा रकम उठाउने र उठाएको रकम संस्थाको खातामा जम्मा नहुने, लेखापरीक्षण गर्दा बेरुजु देखिने र ठुलो रकम अपचलन, अनियमितता भइ भ्रष्टाचार भएको उल्लेख छ ।

    आयल निगमबाट लोड भएर निस्किएको ट्याङ्कर कतै दुर्घटना, आगलागी भएमा क्षतिपूर्तिका लागि अनिवार्य बिमाको व्यवस्था गरिएको छ । जसअन्तर्गत पम्प सञ्चालकहरूले २०६८ सालदेखि आन्तरिक ढुवानी बिमाबापत वार्षिक लाखौँ रुपैयाँ एशोसियसनलाई बुझाउँदै आएका छन् ।

    एशोसिएशनले हालसम्म ८३ करोड २७ लाख ९४ हजार ३० रुपैयाँ हिनामिना गरेको उजुरीपत्रमा उल्लेख छ । यसका साथै मूल्य अभिवृद्धि कर र अन्य करसमेत छलेको आरोप लगाइएको छ ।

    पेट्रोलियम व्यवसायी संघ नेपालकी कोषाध्यक्ष सीता केसीले ढुवानी बिमाको नाममा वार्षिक लाखौँ रुपैयाँ बुझाए पनि त्यसको हिसाबकिताब करमा नदेखाउँदा आन्तरिक राजस्व कार्यालयले बर्सेनि ठुलो रकम बेरुजुमा देखाउने गरेको बताएकी छन् ।

    ‘एशोसिएशनले व्यवसायीको हकहितको लागि काम गर्छु भनेर हामी व्यवसायीबाट उठाएको करोडौँ रकम भ्रष्टाचार गरेको छ, यो पैसा कहाँ छ भनेर छानबिन होस् भन्ने हाम्रो मुख्य माग हो,’ केसीले भनिन्, ‘आयल निगमको प्रतिवेदनमा हाम्रो वार्षिक कारोबार १४ करोड देखिएको छ, एशोसिएशनले वार्षिक ३ करोडमात्रै कारोबार भनेर देखाएको छ । वार्षिक बाँकी १० करोडका दरले अहिलेसम्मको हाम्रो पैसा कहाँ गयो भन्ने हिसाबकिताब सार्वजनिक गर्नुप¥यो ।’

    नेपाल आयल निगमले मार्गस्थल बिमाशुल्क अन्तर्गत डिजेलका लागि प्रतिलिटरमा ०.०७ रुपैयाँ, पेट्रोलका लागि प्रतिलिटरमा ०.०६ रुपैयाँ र मट्टितेल प्रतिलिटरमा ०.०७ रुपैयाँ बिमाशुल्क तोकेको छ । तर पेट्रोलियम डिलर्स एशोसिएशनले उक्त दरभन्दा बढी शुल्क उठाएर रकम अपचलन गरेको कोषाध्यक्ष केसीको भनाइ छ ।

    बिमाको नाममा उठाएको रकम पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका केही सीमित पदाधिकारीको मिलेमतोमा अर्बौं रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बिमा समिति, नेपाल आयल निगम, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र सङ्घीय संसदको लेखा समितिलाई आवश्यक छानबिन र कार्बाही गरिपाउँ भन्दै उजुरी परेको छ ।

    ‘आम उपभोक्ताबाट ढुवानी बिमाको नाममा उठाएको ठुलो रकमको सम्बन्धमा पेट्रोलियम व्यवसायीहरू नै बदनाम हुनेगरी चर्चा भएकाले यस सम्बन्धमा आवश्यक छानबिनका लागि एशोसिएशनका वर्तमान पदाधिकारीले राजीनामा दिई बाटो खुला गरिदिनु पर्छ,’ पेट्रोलियम व्यवसायी संघ नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    हाल देशभर २ हजार १ सय पेट्रोल पम्प छन् । जसमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनसँग १ हजार ६०० पम्प आवद्ध छन् भने पेट्रोलियम व्यवसायी संघ नेपालसँग २ सयभन्दा बढी पेट्रोल पम्प आवद्ध रहेको कोषाध्यक्ष केसीले जनाइन् ।

    ‘नयाँ संस्था गठन भएपछि हामीले निको बिमा कम्पनीमार्फत भ्याटमा बिल काट्न सुरु गरेका छौँ, अहिले देशभर ९ ठाउँबाट भ्याट बिल काट्न सुरु भएको छ,’ उनले भनिन् ।

    एशोसिएशन आर्थिक अनियमिततामा मुछिएपछि २०८० असार ११ गते पेट्रोल पम्प सञ्चालकहरूले अर्को समानान्तर संस्था दर्ता गरेको संस्थाका महासचिव आत्मराम थापाले जनाए ।

    यता नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानले विगतमा संस्था भ्याटमा जान आवश्यक नभएकाले एशोसिएशन आफैँले रसिद काट्दै आएको बताए ।

    ‘हामीमाथि ठुलो आर्थिक अनियमितताको आरोप लागेको छ, यसमा छानबिनपछि आरोप पुष्टि भए हामी कानुन बमोजिम कार्बाही भोग्न तयार छौँ,’ अध्यक्ष प्रधानले भने, ‘अहिले हामीले पनि बिमा कम्पनी मार्फत ढुवानी बिमा बापत रसिद काट्न सुरु गरेका छौँ ।’

    शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer