• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

तिते करेलाको व्यावसायिक खेती कसरी गर्ने ? जानीराखौ


  •   शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
  • तीते करेला भन्नै बितिकैं कतिले मुख बिगारर्ने गर्दछ । तर मिठो र राम्रो नामलेमात्र हामीलाई फाईदा गर्छ भन्ने छैन । यस्तै अन्तर्गत पर्ने गर्दछ तीते करेला बहुउपयोगी लहरेबाली । तीते करेलाको सेवानले उच्च रक्तचापलाई फाईदा साथै खानामा रुचि बढाउँछ भने राम्ररी पचाउँछ । पेट सफा राख्दछ । कब्जियत हुन दिँदैन । पेटसम्बन्धी विभिन्न रोगजस्तै, ग्याष्ट्रिक, अल्सर आदिलाई हटाउँछ । रगत शुद्धीकरण गरी सफा राख्न मद्दत गर्छ । मधुमेह रोगीलाई इन्सुलिनको काम गर्छ । यसले छालासम्बन्धी विभिन्न रोगजस्तै छालाको सङ्क्रमण, चिलाउने खटिरा, घाउ आदिलाई हटाउने गर्दछ ।

    Advertisement

    तीतेकरेलामा क्यालोरीको मात्रा कम हुन्छ तर यसलाई भिटामिन ए, भिटामिन बी १, भिटामिन बी २, भिटामिन बी ३, भिटामिन सी, म्याग्नेसियम, फोलिक एसिड, क्याल्सियम, जिन्क, पोटासियम, फोस्फोरस, माङ्गानिजजस्ता भिटामिन तथा खनिज पदार्थहरुको राम्रो स्रोत मानिन्छ । यसलाई फाइवर तथा फलामको पनि राम्रो स्रोत मानिन्छ ।

    नेपालमा खासगरी हरियो र सेतो फल लाग्ने दुई जातका तीतेकरेला प्रचलित छन् । तीतेकरेला नेपालमा खासगरी उच्च पहाडमा वैशाख, जेठतिर रोप्ने गरिन्छ भने असार, साउनतिर बाली लिने गरिन्छ । त्यस्तै, मध्य पहाडमा फागुन, चैतमा रोप्ने र जेठ, असारमा बाली लिने गरिन्छ । खोंच र तराईमा माघ र जेठमा रोप्ने र वैशाख र असोजमा बाली लिने गरिन्छ । यो बहुउपयोगी तीते करेलाबालीको खेती गर्ने देखी व्यवस्थापनसम्मको सम्मपूर्ण जानकारी कृषि तथा पशुपन्छी विकास मन्त्रालय, जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाले तयार पारेको विवरण यस प्रकार रहेका छन् ।

    १. फल भण्डारण गर्नुपर्दा कति तापक्रम र आर्द्रतामा राख्दा लामो अवधि टिकाउन सकिन्छ ?
    करेला फल भण्डारण गर्दा १०–१२ डिग्री सेन्टिग्रेड तापक्रम र ८५(९० प्रतिशत सापेक्षिक आर्द्रतामा १५(२५ दिनसम्म ताजै राख्न सकिन्छ ।

    २. फल ढुवानी गर्दा कुन कुन कुरामा ध्यान दिनु पर्दछ ?
    ग्रेडिङ्गरछनौट गरिएका फलहरुलाई हावा छिर्ने बाँसको टोकरी, डोको, प्लाष्टिक क्रेट, प्लाष्टिक ब्यागमा प्याकिङ्ग गर्नु पर्दछ । सुरक्षित ढुवानी गर्नका लागिप्लाष्टिक क्रेट, काठको बाकसर कार्टुन प्रयोग गर्नु पर्दछ । टाढाको बजारमा ढुवानी गरी पठाउँदा विशेष सावधानी अपनाउने जस्तो किकपडा भिजाई छोप्ने, बेला बेलामा पानी स्प्रे गर्ने वा केराको पातले छोप्ने जस्ता कार्यले तीते करेला ताजा राख्न सकिन्छ ।

    ३. राम्रो भाउ पाउन छनौटरग्रेडिङ्ग गर्दा कुन कुन कुराहरुमा ध्यान पुर्यातउनु पर्दछ ?
    फल टिप्ने वेलामा नै घाउ, चोटपटक र दाग लागेका वाङ्गाटिङ्गा वा पंहेलिएका फलहरु छुट्टै राख्नुपर्दछ । जात अनुसारको रङ्ग, आकार र आकर्षक देखिने फलहरु अलग अलग ग्रेडिङ्ग गर्नुपर्दछ ।

    ४. करेला फलको उत्पादन कति हुन्छ ?
    जात, मौसम र खेती व्यवस्थापनका आधारमा एक रोपनी जमिनबाट ५००(१००० के.जी. कलिला फल उत्पादन गर्न सकिन्छ ।

    ५. फल कुन कुन समयमा टिप्नु पर्दछ ?
    करेलाकोफल सकेसम्म घाम नलागेको बेला बेलुका वा बिहान पानी नपरेको समयमा टिप्न उपयुक्त हुन्छ । ४–५ दिनको फरकमा फल टिप्दै जानु पर्दछ ।

    ६. बाली कलिलो अवस्थामा नै किन टिप्नु पर्दछ ?
    करेलाको बीयाँ नछिप्पिदै कलिलो अवस्थामा फल टिप्नु पर्दछ। फल छिप्पिइन्जेल बोटमा राख्दा अरु नयाँ चिचिला (फल)लाग्न र लागेका चिचिलाको वृद्धि क्रम कम हुन्छ ।

    ७. करेलाबालीमा थाँक्रा अथवा छाप्रो बनाउन किन आवश्यक हुन्छ र कसरी बनाईन्छ ?
    करेला लहरे वाली भएको कारणले यसको वृद्धि विकास साथै फलेको फल माटोमा परी नसडोस्रनबिग्रियोस भन्ने उद्देश्यका साथ थाँक्रा अथवा छाप्रा दिईन्छ। वोटहरु थोरै संख्यामा भए रुखको हाँगा वा वाँसको लिँगो वोटको नजिकै गाडेर थाँक्रा दिईन्छ। ब्यावसायिक स्तरमा खेती गर्दा १.५ मीटर देखि २ मीटर अग्लो खम्वा गाडेर बाँसको भाटा वा डोरी बाँधेर टाँड बनाईन्छ ।

    ८. खपटेले करेला वालीमा कसरी नोक्सानी पुर्या उँदछ् र यसको ब्यवस्थापन कसरी गरिन्छ ?
    खपटे कीरालेकलिला पातको सतहको हरियो भाग कोत्रेर खान्छ र पातमा जाली जस्तो नसा देखिन्छ। यसको व्यवस्थापन गर्न मेटासिष्टक्स वा रोगर वा डेसिस २ मि.लि. प्रति लिटर पानीमा मिसाई फूल फुल्नु भन्दा पहिले र फूल फुलेर फल लाग्ने बेलामा नुभान ०.५ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ ।

    ९. फेरोमन ट्रयापमा भाले झिगांहरु पर्दछन रु यसको कारण के हो ?
    फेरोमन ट्रयापमा क्यू लुर नामक पदार्थ राखिएको हुन्छ जसको गन्ध वा वासना पोथिको जस्तो आंउदछ र भालेहरु आकर्षित भै त्यस ट्रयापमा पर्दछन् र त्यसमा राखेको मालाथायन वा नुभान जस्ता विषादीको असरले तिनीहरु मर्दछन् ।

    १०. क्यूलिएर नामक फेरोमन ट्रयापले कुन कुन कीराहरुलाई व्यवस्थापन गर्न सकिन्छ रु यसको लागि कुन कुन रसायनहरु प्रयोग गर्नुपर्दछ ?
    क्यूलिएर नामक फेरोमन ट्रयापमा फल कुहाउने झिंगाको भाले कीरालाई ट्रयापमा पारी नष्ट गरिन्छ । यसमा भाले आकर्षित हुने क्यूलिएर ४ थोपा र मालाथायन वा नुभान ५–७ थोपा राखी बनाएको फेरोमन पासो ५–६ फिट उचाईमा झुण्डाएर राखिन्छ ।

    ११. कुन कीराको आक्रमणले गर्दा करेला फलकुहिने गर्दछ ?
    फल कुहाउने औंसारझिंगाको आक्रमणले गर्दा फलको आकार कुरुप हुने तथा फल कुहिने हुन्छ । यसको आक्रमणबाट ५० प्रतिशत भन्दा बढी फलहरु नष्ट हुन्छन् ।

    १२. करेलामा लाग्ने धुलो ढुसी रोग कसरी पहिचान गर्ने र यसको रोकथाम कसरी गर्न सकिन्छ ?
    पातको माथिल्लो सतहमा सेतो खैरो ढुसीको विकास भई रोगी विरुवाका पातहरु पहेँलिन्छन् र सुक्न थाल्दछन् । आक्रमण बढी भएमा पात डाँठ साथै लहरामा पाउडर छरे जस्तो देखिन्छ । यसको रोकथाम गर्न घरेलु उपचार विधि जस्तै गाई भैंसीको गहूँत १ भाग र १० भाग पानी मिसाई ४–५ दिनको फरकमा छर्ने, बढी नै आक्रमण भएको खण्डमा क्याराथेन ०.५ प्रतिशत अथवा सर्भो तेल १० मि.लि. प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ ।

    १३. मौसम अनुसार सिचाई तथा निकासको व्यवस्था कस्तो हुन जरुरी छ ?
    सुख्खा याममा सिचाई र वर्षायाममा बढी भएको पानीको निकास दुई ड्याङ्गको वीचमा बनाएको कुलेसोबाट गरिन्छ । गर्मी मौसममा ३–५ दिनको अन्तर र जाडो मौसममा १०–१५ दिनको अन्तरमा सिचाई गर्नु पर्दछ ।

    १४. करेला बालीमा रोपाई पछिको हेरचाह कसरी गर्ने ?
    करेलाको बेर्ना सार्ने बितिकै हजारीले हलका सिचाई दिनु पर्दछ । बेर्ना सरेपछि सिचाई गर्दा कुलेसोमा मात्र पानी दिनु पर्दछ । लहरा छुट्न थालेपछि बोटको वरिपरिअलिकति हलका माटो चढाई दिनु पर्छ। करेलालाई थाक्रा दिनु पर्छ । थाक्रा दिंदा जमिनबाट ५(७ फिट माथि मचान जस्तो बनाई लहरा दायाँ बायाँ फैलिन दिनाले फल धेरै लाग्छ र फल टिप्न सजिलो हुन्छ । बिना थाक्रा पराल वा घाँसको छापो प्रयोग गरेर पनि बढी उत्पादन दिएको पाइएको छ।

    १५. करेला बालीलाई सूक्ष्मतत्वको कति आवश्यकता पर्दछ ?
    तीते करेलामा बिभिन्न सूक्ष्मतत्व खास गरेर क्याल्सियमको कमि देखा पर्दछ। मल्टिप्लेक्स वा एग्रोमिन ३ मि.लि. प्रतिलिटर पानीका दरले मिसाई छर्दा राम्रो उत्पादन भएको पाईएको छ । फूल फुल्ने र चिचिला लाग्ने बेलामा मिराकुलान वा हिटकुलान १ मि.लि.प्रतिलिटर पानीका दरले १५(१५ दिनको फरकमा बाली नसकुन्जेल छर्कनु परेदछ ।

    १६. करेलाको बेर्ना कति दुरीमा रोपिन्छ ?
    सुख्खायाममा एक हारबाट अर्को हारको दुरी २०० से.मी.र बोटबाट बोटको दुरी १०० से.मी. र वर्षायाममा एक हारबाट अर्को हारको दुरी २०० से.मी.र बोटबाट बोटको दुरी २०० से.मी.हुने गरी तयार गरिएको खाड्लमा जरा नखलबलिने गरी प्लाष्टिक हटाई माटोको ढिक्का सहितको बेर्ना खाड्लमा रोप्नु पर्दछ । बर्षातमा गरिने खेतीमा सोझै बीउ रोपिन्छ ।

    १७. व्यावसायिक करेला खेती गर्दा मलखादको ब्यवस्थापन कसरी गरिन्छ ?
    एक रोपनी क्षेत्रफलको लागि ७५०–१००० के.जी. गोबरमल, ५ के.जी. यूरिया, ४ के.जी. डि.ए.पी. र २ के.जी. म्यूरेट अफ पोटासको आवश्यकता पर्दछ । बेर्ना सारेको २५ देखि ३० दिनपछि र फूल फुल्न शुरु भएपछि बोटको वरिपरि औँठी आकारमा प्रति बोट ५ ग्राम(करिब २९२.५ चिया चम्चा) यूरिया मल २ पटक टपड्रेस गर्नु पर्दछ ।

    १८. प्लाष्टिक ब्यागमा पनि करेलाको बीउ उमारिन्छ, किन होला ?
    तीते करेलाको छिटो उत्पादन लिनका लागि प्लाष्टिक थैलामा स्वस्थ बेर्ना उत्पादन गरी खेत बारीमा सारिन्छ ।

    १९. करेला रोप्ने जमीन कसरी तयार गरिन्छ ?
    जमिनलाई २(३ पटक राम्ररी खनजोत गरी माटो खुकुलो तथा बुरबुराउँदो बनाई २.५ मिटर चौडा ड्याङ्ग र दुई ड्याङ्गको बीचमा सिंचाई गर्न, बढी भएको पानी निकासी गर्न र हिलडुल गर्न ५० से.मि. चौडा र १५ से.मि. गहिरो कुलेसो बनाउनु पर्दछ ।

    २०. करेला बालीको लागि प्रति रोपनी कति बीउरबेर्ना आवश्यकहुन्छ ?
    एक रोपनीको लागि करेलाको ५०९७५ ग्राम बीउ वा प्लाष्टिक थैलामा उमारेका ३०० बेर्ना (खाली ठाउँ भर्न समेत) को आवश्यकता पर्दछ ।

    २१. करेला बाली लगाउने र बाली लिने समय के हुन सक्छ ?
    जात, स्थानीय हावापानी र प्रविधि अनुसार लगाउने र बाली लिने समय फरक हुन सक्छ । नेपालको भिन्न हावापानीका क्षेत्रहरूमा ल्पाष्टिक घर वा बाहिर भदौ देखि जेठसम्म बीउ रोप्ने वा सार्ने गरेर मौसमी र बेमौसमी बाली लिन सकिन्छ।

    २२. नेपालमा खेती गरिने हरियो करेला जातको विशेषता के हो ?
    यो बेर्ना सारेको ४०(४५ दिनमा उत्पादन लिन सकिने अगौटे जात हो । यसको फल २०९२५ से।मि। लामो, पहिले हरियो र पाकेपछि पहेंलो हुन्छ । यो २०५१ सालमा उन्मोचित तराई, मध्य पहाड र उच्च पहाडको लागि सिफारिश गरिएको जात हो । यसको पुरानो नाम पुसा दोमौसमी हो ।

    २३. नेपालमा खेती गरिने करेलाका प्रचलित जातहरु कुन कुन हुन् रु
    नेपालमा खेती गरिने जातहरु मध्ये कोयम्बटोर लङ्ग, हरियो करेला सबैभन्दा प्रचलित जात हुन्। पञ्जिकृत गरिएका बर्णशङ्कर जातहरुमा पाली, एन.एस. ४३३,चन्द्र, लक्ष्मी ५५५, पीपल, शिव, गंगा, हीरा, सेती ४४४, कोमल, समृद्घि, एन.एस. ४३४, चमन प्रचलित छन् ।

    २४. करेलालाई कस्तो किसिमको माटो उपयुक्त हुन्छ ?
    प्राङ्गारिक पदार्थ प्रशस्त (५ प्रतिशत भन्दाबढी) र पि.एच. मान ६.५(७.०,पानीको निकास राम्रो भएको बलौटे, दोमट माटोमा करेला खेती राम्रो हुन्छ ।

    २५ .यो बाली कस्तो किसिमको हावापानीमा राम्रो फस्टाउँछ ?
    तीते करेला गर्मी तथा न्यानो मौसमको बाली भएकाले तुषारो खप्न सक्दैन । तराईदेखि १५०० मिटर उचाई र २० देखि ३५ डिग्री सेन्टिग्रेड तापक्रम भएको क्षेत्र बढी उपयुक्त हुन्छ । सरदर २५डिग्री सेन्टिग्रेड देखि ३५ डिग्री सेन्टिग्रेडको तापक्रम बोटको वृद्धि तथा फल लाग्नको लागि उपयुक्त हुन्छ । १२ डिग्री सेन्टिग्रेड भन्दा कम तापक्रम भएमा बीउ उम्रदैन र बोटको वृद्धि पनि राम्रो हुँदैन ।३८ डिग्री सेन्टिग्रेड भन्दा माथिको तापक्रममा फल लाग्दैन ।

    २६ .तीते करेला कुन तरकारी बाली समूह अन्तर्गत पर्दछ ?
    तीते करेला लहरे बाली समूह वा फर्सी बाली समूहको तरकारी हो ।(सामाजिक संजाल)

    शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer