• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

कफीबाट वार्षिक १३ लाख बढी कमाउँछन् इलामका याम


  •   शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
  • इलामको माङसेबुङ गाउँपालिका–१ जगरमुखीका याम कार्की ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’ भन्ने प्रेरणाका स्रोत बनेका छन् । उनी बिहानदेखि बेलुकासम्म नै कृषि काममा व्यस्त देखिन्छन् ।

    Advertisement

    उनले ६० रोपनी क्षेत्रमा कफीको बिरुवा लगाएका छन् । विगत छ वर्षदेखि व्यावसायिक कफीखेती सुरु गरेका व्यवसायी कार्कीले सबै जग्गामा कफी खेती विस्तार गरेका छन् । उनको बगानमा अहिले छ हजार कफीका बोट छन् । कफीका अधिकांश बोटले आम्दानी दिन थालेको छ । उनले कफी खेतीबाट वार्षिकरूपमा १३ लाखसम्म आम्दानी गर्दै आएका छन् । कफीको चेरी र बिरुवा बिक्रीबाट छुट्टाछुट्टैरूपमा आम्दानी लिँदै आएको उनको अनुभव छ ।

    विसं २०७४ देखि ‘इलाम एग्रो फार्म’ दर्ता गरी उनले व्यावसायिक कफीखेती गर्दै आएका छन् । ‘विगत छ वर्षदेखि मैले आफ्नै निजी जग्गामा व्यावसायिक कफी खेती गर्दै आएको छु, अहिले अधिकांश बोटले आम्दानी समेत दिन थालिसकेको छ’, उनले भने, ‘फ्रेस चेरी ए ग्रेड कफी प्रतिकिलो रु एक सय पाँच सम्ममा बिक्ने गरेको छ, सरदरमा वार्षिक रु सात लाखसम्म आम्दानी भइरहेको छ ।’

    ‘अरविका’ नामक कफी खेती विस्तार गरेका व्यवसायी कार्कीले बिरुवाबाट समेत मनग्य आम्दानी गरिरहेका छन् । उनले याममा बिरुवा बिक्रीबाट रु छ लाखसम्म आम्दानी हुने गरेको जानकारी दिए । ‘मेरो नर्सरीमा वर्षमा १५ देखि २० हजार बिरुवा उत्पादन हुन्छ, प्रतिबिरुवा रु ३० कार दरले नर्सरीबाटै बिक्री हुन्छ’, उनले भने, ‘बिरुवाबाट मात्र करिब रु छ लाख हात पार्ने गरेको छु ।’ बिरुवा विभिन्न पालिका, वडा कार्यालय एवं फार्मले खरिद गरी लैजाने गरेको उनले बताए ।

    कफी खेतीका लागि प्रशस्त जमिन र उपयुक्त वातावरण भएकाले यसतर्फ किसानको मोह बढेको उनले बताए । ‘वन जङ्गलको आडैमा प्रशस्त खाली जमिनमा लगाइएका कफीका बिरुवाले हरभरा देखिन थालेका छन्’, उनले भने, ‘यसलाई हामी सामुदायिक अवधारणामा विभिन्न सङ्घसंस्था र वडा कार्यालयसँग समन्वय गरी गाउँपालिकाभरि विस्तार गर्ने योजना छ ।’ कफीको मूल्य राम्रो पाइने र बिक्रीका लागि समस्या पनि नभएकाले किसानले अन्य पेसा छाडेर कफी खेतीतर्फ लागेको उनले बताए । उनले कफीसँगै व्यावसायिकरूपमा बाख्रापालन गर्दै आएका छन् । कफी खेतीका लागि चाहिने मल बाख्रापालनबाटै उपलब्ध हुने भएकाले दुवै व्यवसाय सँगसँगै लगेको उनको भनाइ छ ।

    माङसेबुङ गाउँपालिका–२ इभाङका किसान गणेश लिम्बूले पनि राम्रै अन्नबाली उत्पादन हुने जग्गामा व्यावसायिक कफी खेती विस्तार गरेका छन् । उनले २५ रोपनी जग्गामा दुई हजार पाँच सय बोट कफी लगाएका छन् । लगानी धेरै नपर्ने र मेहनत पनि खासै नपर्ने भएकाले चार वर्षदेखि व्यावसायिक कफीखेती सुरु गरेको उनले बताए । ‘चार वर्षदेखि कफीखेती सुरु गरेको मेरो बगानमा अहिले दुई हजार पाँच सय बोट पुगेको छ, यसलाई अझ विस्तार गरी १० हजार पुर्याउने लक्ष्य छ’, उनले भने, ‘पहिलो लटको बिरुवाले उत्पादन सुरु गरेको छ, यो वर्ष चार क्विन्टल उत्पादन भयो, आउँदो सालदेखि आम्दानी राम्रै हुने आशा बढेको छ ।’ केटाकेटीले समेत काम गर्न सक्ने तथा दक्ष कामदार नचाहिने भएकाले अन्य खेतीभन्दा कफीखेती गर्न सहज हुने उनको अनुभव छ ।

    माङसेबुङ गाउँपालिका–१ तोभाङका छत्र कार्कीले चार वर्षदेखि कफीखेती गर्दै आएका छन् । व्यावसायिक रूपमा आफ्नै पाखा पखेरामा करिब पाँच सय कफीका बिरुवा लगाएका उनले राम्रो आम्दानी गरेको बताए । ‘मलजल र स्याहारसुसार पुग्यो भने रोपेको दुई वर्षदेखि नै आम्दानी दिन थाल्दोरहेछ, यो वर्ष रु ७० हजार जति आम्दनी भयो’, उनले भने, ‘यो सालदेखि अझ विस्तार गर्ने योजनामा छु ।’ पहाडी क्षेत्रमा विगतमा भन्दा यो वर्ष कफी खेती राम्रो रहेको र किसान यस खेतीबाट सन्तुष्ट भएको उनको भनाइ छ ।

    माङसेबुङ गाउँपालिका–२ काब्राबोटेका पृथीमान जवेगूले पनि पाँच सय कफीका बिरुवा रोपेर व्यावसायिक कफीखेती सुरु गरेका छन् । पहाडी क्षेत्रको चिसो ठाउँमा कफी लगाउन सकिने र कफीबाट किसानले मनग्य आम्दानी लिन सफल भएपछि आगामी वर्ष आफूले कफीखेती विस्तार गर्ने योजना रहेको उनको भनाइ छ ।

    माङसेबुङ गाउँपालिका–१ का गजुरमुखी, नाङरुङ, तोभाङ र वडा नं २ का इभाङ, डाँडागाउँ, काब्राबोटे गाउँका तीन सय ५० जना किसानले व्यावसायिक कफीखेती गर्दै आएका छन् । पहाडी भेगका गाउँमा कफीखेती गर्ने किसान बढ्दै गएका छन् । उनीहरूले खेतबारीमा अन्नबाली लगाउन छाडेर कफी रोपेका छन् । सामान्य कफीखेतीबाट सुरु गरेका किसानले अहिले व्यावसायिक कफीखेती सुरु गर्न थालेका छन् । उत्पादन राम्रो हुँदै गएकाले किसान कफीखेतीतर्फ दिन प्रतिदिन आकर्षित बन्दै गएका हुन् । माङेबुङ गाउँपालिकाभर छ हजार क्षेत्रमा ६० हजार कफीको बिरुवा रोपिएको गाउँपालिकाको तथ्याङ्क छ ।

    कम मेहनत र थोरै लगानीमा नै मनग्य आम्दानी हुन थालेपछि किसान व्यावसायिक कफीखेतीमा आकर्षित भएका हुन् । खेतबारीमा अन्नबाली लगाउने जनशक्ति अभाव र लगाएको अन्नबाली पनि बाँदरले खाइदिने समस्याले अधिकांश किसानले व्यावसायिक कफी खेती सुरु गरेका छन् । बाँझो पाखा पखेरामा समेत हुने भएपछि किसानले व्यावसायिक कफी खेती सुरु गरेका हुन् । उनीहरूले व्यावसायिक कफी खेती गरी लाखौँ आम्दानी लिइरहेका छन् । उनीहरूले खेतीयोग्य जमिन मासेर समेत व्यावसायिक कफी खेती गर्दै आएका हुन् । यहाँका किसानले ‘अरविका’ जातका कफी खेती गर्दै आएका छन् ।

    किसानलाई अहिले बजार र यातायातको पनि कुनै समस्या छैन । घरैबाट सहजैरूपमा बिक्री गर्न पाउँछन् । घरघरमा गएर व्यापारीले कफी किन्ने गरेका छन् । बगानमै मोलतोल गरेर व्यापारीले किन्ने गरेकाले किसानलाई उत्पादन बजारसम्म पुर्याउने झन्झट छैन । स्थानीयस्तरमा नै कफी प्रशोधन उद्योग स्थापना भएपछि किसानले कफीको मूल्य राम्रै पाएका छन् । त्यस क्षेत्रका किसानले उत्पादन गरेको कफी व्यापारीमार्फत काठमाडौँमा जाने गरेको छ ।

    कफी प्रशोधन उद्योगले बजारीकरणमा सहज

    गाउँमा व्यावसायिक कफी खेती विस्तार भएसँगै माङसेबुङ गाउँपालिका–१ का किसान याम कार्कीले गाउँमै कफी प्रशोधन उद्योग स्थापना गरेका छन् । उनले ‘इलाम एग्रो फार्म’मार्फत उद्योग स्थापना गरेपछि किसानलाई सहज भएको छ । उत्पादित कफीको बजारीकरण उद्योगले नै गर्ने भएपछि किसानले बजारीकरणको समस्या भोग्नु परेको छैन । स्थानीयस्तरमै प्रशोधन भएर बजारीकरण हुने भएकाले किसानले कफीको मूल्य समेत राम्रो पाएका छन् ।

    बजारीकरणका लागि अन्तर्राष्ट्रिय सञ्जालमा जोडिएकाले किसानको घरघरमा आउने र बजारीकरणको सुनिश्चित रहेको कार्कीले बताए । ‘कफीको बिरुवाका लागि आफैँ नर्सरी गरेर बिक्रीवितरण गर्ने गरेको छु, उत्पादित दाना सङ्कलन गरेर बजारीकरणमा सहयोग गर्ने गरेको छु’, उनले भने, ‘किसानले उत्पादन गरेको कफी नबिक्ने चिन्ता छैन, काठमाडौँ र पोखरालगायत ठूला सहरबाट माग आउने गरेको छ, अहिले माग पनि पु¥याउन सकिएको छैन, जति उत्पादन भए पनि हामी उठाउँछौँ ।’ किसानलाई अनलाइनमार्फत नै भुक्तानीको व्यवस्था गरिएकाले थप सहज भएको उनको भनाइ छ ।

    उनको फार्ममा दुई स्थायी र छ जना सिजनेबल कामदारले रोजगारी पाएका छन् । आफू र आफ्नो परिवारका सदस्यबाहेक आठजना कामदारलाई रोजगारी दिएको उनले बताए । ‘फार्ममा हामी आफै पनि खट्ने गरेका छौँ, त्यसबाहेक दुई स्थायी र छ जनालाई सिजनेबल कामदारका रूपमा रोजगारी दिएको छु’, उनले भने, ‘आफू स्वरोजगार भई अरुलाई समेत रोजगारी दिन पाउँदा खुसी लागेको छ ।’ बेरोजगार युवा विदेशिने क्रम रोक्न र गाउँघरमा नै बसेर भए पनि स्वरोजगार बन्न कृषि व्यवसाय प्रवर्द्धन गर्ने लक्ष्यका साथ कृषि व्यवसायमा लागेको उनको भनाइ छ ।

    जिल्लाका अधिकांश क्षेत्रमा ‘अरविका’ जातको कफी लगाइएको छ । कफीको पाकेको दाना (चेरी) किसानबाट प्रतिकिलो रु एक सय पाँच, प्रशोधन गरिएको (पार्चमेन) प्रतिकिलो रु पाँच सयदेखि रु छ सयसम्ममा करोबार हुने गरेको छ । पूर्ण प्रशोधन वा धुलो बनाउन बाँकी रहेको कफी प्रतिकिलो रु एक हजार आठ सयका दरले बिक्री हुने गरेको छ । धुलो बनाउँदा प्रतिकिलो रु दुई हजार दुई सय ५० का दरले कफी बिक्री हुने गरेको छ ।

    व्यावसायिक कफीखेती गर्ने किसानलाई प्रवर्द्धन गर्न माङसेबुङ गाउँपालिकाले अनुदान दिन थालेको छ । गाउँपालिकाले अनुदान दिन थालेपछि व्यावसायिक कफी खेती विस्तारमा किसान आकर्षित भएका छन् । कफी उत्पादनमा वृद्धि गराउने उद्देश्यले माङसेबुङले कफीखेती किसानलाई सोझै अनुदान रकम दिन थालेको हो । माङसेबुङ गाउँपालिकाले ५० किलो वा सोभन्दा धेरै कफीको पाकेको दाना (चेरी) उत्पादन गरेका किसानलाई प्रतिकिलो रु २० का दरले अनुदान उपलब्ध गराउँदै आएको छ ।

    किसानले जति धेरै उत्पादन गर्छ, त्यति नै धेरै प्रोत्साहन अनुदान पाउने व्यवस्था गरिएको माङेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए । माङसेबुङ गाउँपालिकाले गत वर्ष कफीमा ३४ जना किसानले रु एक लाख १६ हजार आठ सय ९० प्रोत्साहनबापत अनुदान पाएको गाउँपालिकाले जनाएको छ ।(सामाजीक संजाल)

    शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer