काठमाडौं । आज गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
विभागका अनुसार पश्चिमी र स्थानीय वायुको प्रभावका कारण आज दिउँसो कर्णाली प्रदेशलगायत देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ।
गण्डकी र कर्णालीका पहाडी भेगका थोरै र बाँकी पहाडी इलाकाका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
आज राति देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ। गण्डकी र कर्णालीका पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।




