• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ १०, २०८३
☰
बुधबार, भदौ १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

जीबी राई मलेसियामा कि क्यानडामा, प्रहरी प्रमुखज्यू ?


  •   आइतबार, चैत २५, २०८० मा प्रकाशित
  • काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले गत साता संसदीय समितिमा जवाफ दिने क्रममा भनेका थिए, मलेसियासँग सुपुर्दगी सन्धि नहुँदा गितेन्द्रबाबु राई (जीबी) लाई पक्राउ गरेर ल्याउन सकिएन । प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा आईजीपी गृहमन्त्री रवि लामिछानेलाई साक्षी राखेर उनका व्यावसायिक साझेदार राईका बारेमा यसो भनेका थिए । जीबी राई पोखराको सूर्यदर्शनसहित देशका विभिन्न सहकारीको अर्बौं ठगेर भागेका व्यक्ति हुन् ।

    Advertisement

    देशको प्रहरी प्रमुखले गृह मन्त्रालयको नेतृत्वलाई समेत साक्षी राखेर सार्वभौम संसदलाई यो जानकारी दिएपछि एक हदसम्म पत्याउनुपर्ने पनि हुन्छ कि जीबी राई मलेसियामै छन् भनेर । हुन पनि केही समयअघि उनी सपरिवार उतै बसाइँ सर्ने भनेर जीबीले सबै तयारी पनि गरेका थिए ।

    तर प्रहरी प्रमुखले गरेको यो दाबी भने निकै फितलो देखिन्छ । एक त सुपुर्दगी सन्धि नभएकाले जीबीलाई ल्याउन नकिएको भन्ने कुँवरको दाबी पत्याउनलायक छैन । किनभने जीबी राईको मुद्दा सुपुर्दगी सन्धिबाट ल्याउने चरणमै पुगेको छैन । सुपुर्दगी सन्धि भनेको कुनै देशको प्रहरीले प्रयोग गर्ने नभई दुई देशका अदालतले अदालतलाई अपराधी सुम्पिने प्रक्रिया हो । जीबीलाई नेपालको कुनै अदालतले अपराधी ठहर गरेको छैन र उनी मलेसिया अदालतको पहुँच वा नियन्त्रणमा पनि छैनन् । उनका विरुद्धमा कास्की जिल्ला अदालतमा ठगीसम्बन्धी मुद्दा दायर भएको छ र उनका नाममा पक्राउ पुर्जी मात्र जारी भएको छ ।

    अर्को कुरा, नेपाल प्रहरी आफैँले पनि जीबीजस्ता फरार प्रतिवादीलाई मलेसियाबाटै अरू नै प्रक्रियाबाट ल्याएको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकमा रेड नोटिस जारी भएका दुई जना प्रतिवादीलाई इन्टरपोलको सहयोगमा ल्याइएको थियो । जसमध्ये साइबर क्राइमको आरोपमा म्याग्दीका प्रकाश विक र गैँडा मारेर खाग तस्करीको आरोप लागेका चितवनका राजकुमार प्रजालाई मलेसियामै समातेर ल्याइएको थियो ।

    विभिन्न सहकारीका बचतकर्ताको अर्बौं ठगी गरेको आरोप लागेका जीबी राई यदि मलेसियामै छन् र प्रहरीले उनलाई स्वदेश फर्काउन चाहेकै हो भने सपुर्दगी सन्धि नभएको भनेर बहाना गर्नै पर्दैन । उनलाई स्वदेश ल्याउन सुरुमा डिफ्युजन नोटिस जारी गरिएको थियो भने पछि रेड नोटिस जारी गरिएको थियो । मलेसियाले थप कूटनीतिक पत्र माग गरेपछि कूटनीतिक संयन्त्रमार्फत पत्र पनि पठाइएको थियो ।

    यति भइसकेपछि इन्टरपोलको सदस्य मुलुकले त्यस्ता आरोपित व्यक्ति नपठाउने कुरै छैन । यो बाध्यकारी व्यवस्था हो र मलेसियाको सरकारले चाहेर पनि धेरै समय लुकाइरहन सक्दैन । यद्यपि, मलेसियाको सरकारी संयन्त्र सुशासनमा दरिएको छैन । अपराध र भ्रष्टाचारको प्रभावले गाँजेको छ त्यहाँको सरकारी संयन्त्रलाई । तैपनि इन्टरपोललगायत बहुपक्षीय स‌ंयन्त्रलाई असयोग गर्ने हिम्मत र हैसियत उसले राख्दैन ।

    बरु यहाँनिर एउटा सम्भावना के देखिन्छ भने, यदि प्रहरी नेतृत्वले नै छिपाएको छैन भने, जीबी राई न मलेसियामा छन्, न त नेपालमा । बरू उनी क्यानाडा वा अमेरिकाजस्ता मुलुकमा पुगिसकेका छन् । त्यहाँ पुगेपछि उनले परिचय खुल्ने खालका वैधानिक कागजातहरू फालेर शरणार्थी शिविरमा बसेका छन् । अब उनी जीबी राई रहेनन् । अरु नै कुनै विदेशी नाममा उनले जुनी फेरिसके । आफन्तलाई पनि उतै बसोवासको व्यवस्था गरिसकेका छन् । नगरिसकेको भए ढिलोचाँडो गर्नेछन् ।

    तसर्थ हजारौँ नेपाली ठगिएको प्रकरणमा प्रहरीले यकिन नभएका तथ्य र विवरणहरु सार्वजनिक गरेर पीडितहरुका नजरमा भ्रम नछरेकै राम्रो हुन्छ । आफ्नो अयोग्यता, अक्षमता र अकर्मण्यताको ढाकछोप गर्न राज्यसंयन्त्रले नै झुठको सहारा लिन थालेमा दूधको दूध र पानीको पानी कसले छुट्याउने ? नागरिकले न्याय र सुरक्षाका लागि राज्यप्रति भरोसा कसरी गर्ने ? कम्तीमा रवि लामिछानेको शासनकालमा यस्तो अवस्था देख्नु र भोग्नु नपरोस्, भलै उनकै व्यावसायिक साझेदारकै मामिला किन नहोस् ?(वर्णन मिडीया)

    आइतबार, चैत २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer