• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, जेठ २८, २०८३
☰
बिहिबार, जेठ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

चिराईतो खेति प्रविधि / फाइदा


  •   आइतबार, चैत २५, २०८० मा प्रकाशित
  • चिराइतो नेपालमा पाइने एक किसिमको जडीबुटी हो। यो उच्च पहाडी भेकमा पाइने गर्दछ। चिराइतोको बिरुवा नेपालको हिमाली कछाडतिर समुद्री सतहबाट १,२०० मि.देखि ३,००० मी. उचाईमा अलि चिसो खुल्ला चौरमा पाइन्छ। यसको जरा धेरै तलसम्म गाडिएको हुँदेन र माटोको सतहमा फैलिएको हुन्छ। त्यसैले यसलाई सजिलैसँग उखेल्न सकिन्छ। यो बिरुवा १ देखि १.५ मि. सम्म अग्लो हुन्छ। डाँठको फेद गोलाकार र माथितिर चारकुने परेको हुन्छ। हरेक आँख्लाको दुबैतिर पात र हाँगा पलाएका हुन्छन्। पात १ देखि ११ से.मि. लामो र ०.५ देखि ३ से.मी. चौडा, भालाकृत भै टुप्पो तीखो हुन्छ।

    Advertisement

    पात र डाँठमा रौं हुंदैन र चिल्ला हुन्छन्। कुनै कुनै पातहरू फेदैबाट पलाएका हुन्छन्। हरेक आँख्लामा पात र काण्डको कक्षबाट फूलहरू एउटै झुप्पामा निस्केका हुन्छन्। फूलहरू एउटै झुप्पामा हुन्छन्। फूलको रङ्ग पहेलो वा हरियो हुन्छ। एउटै फूलमा भाले तथा पोथी दुवै योनी पाइन्छन्। अरु साधारण फूल झैं यसको पत्रदल ५ वटा हुन्छ। तल्लो भागमा स–साना मसिनो रौंले ढाकिएको दुईवटा ग्रन्थिहरू पाइन्छन्।

    ज्वरो, रुघाखोकी, घाउ खटिरा, खानाको स्वाद नआउने वा रुचि नबढ्ने जस्ता समस्याहरु छन् ? आयुर्वेदिक चिकित्सकहरु यस्तो अवस्थामा आयुर्वेदिक औषधिको प्रयोगबारे केही ज्ञान छ भने सिधैं चिराईंतोको बन्दोबस्त गर्न सुझाव दिन्छन् । परापूर्वकालदेखि व्यवहारिक प्रयोगमा आधारित भएर तयार पारेको आयुर्वेद विज्ञानका अनुसार चिराईतो एककिसिमको बहुउपयोग जडिबुटी हो ।

    यसको प्रयोग तागत दिने र पेटसम्बन्धी समस्याको समाधान, गर्भवती महिलको पिसाव थैली दुखेको समस्या, जोर्नीहरु दुखेको, छाला सम्बन्धी रोग, आँखा पोलेको कम गर्ने, दृष्टि बढाउने जस्ता कामको लागि अतिउपयोगी रहेको चिकित्सा विज्ञानमा उल्लेख गरिएको छ । चिराइतोको वैज्ञानिक नाम स्वेर्तिया चिराईता हो । यसलाई नेपालमा ठाउँ अनुसार चिराइतो, तिते, चरैतो, चिरैता, तिक्ता आदि नामले चिनिन्छ । संस्कृत भाषामा यसलाई चिरतिक्त वा किराततिक्त भनिन्छ । त्यसकारण सुश्रुत संहिता र चरक संहितामा यसको नाम चिरतिक्त उल्लेख गरिएको छ ।

    चिराईतोको नर्सरी

    यसलाई व्यवसायिक रुपमा खेती गर्दा यसलाई सबैभन्दा पहिले नर्सरी तयार पार्नुपर्छ । नर्सरीको लागि जग्गा तयार पार्दा भरसक माथि उल्लेख गरिएको जस्तै पारिलो घाम लाग्ने, छाया पर्ने र दक्षिण तर्फ फैलिएको मलिलो माटो भएको जमिन उपयुक्त हुने गर्छ । साथै, नर्सरीको लागि पानीको सुविधा र आफूले रेखदेख गर्नसक्ने ठाउँ पनि आवश्यक हुने गर्छ । नेपालको करिब ४० वटा पहाडी जिल्लाको पूर्व र पश्चिम फर्किएका ठाउँहरुमा यो पाउने गरिन्छ ।

    चिराईतोको विशेषता

    चिराईंतोमा पाइने मुख्य तत्व चिरेटिन हो । चिराईतो यस्तो जडिबुटी हो । जसको सम्पूर्ण भाग औषधीय हिसाबले महत्वपूर्ण मानिन्छन् । स्थानीय स्तरमा मलेरिया ज्वरो आउँदा यसलाई पानीमा भिजाई यसको रस बिरामीलाई पिउन दिइन्छ । चिराईतोमा औलिएनोलिक अम्ल र स्वर्सिया मेरिन भन्ने तत्व समेत हुन्छ । जसले कपाललाई लामो बनाउन समेत मद्दत गर्छ ।

    प्राणघातक रोग क्यान्सरका बिरामीहरुको लागि बन्ने औषधि र औलो ज्वरोको लागि पनि चिराईतोको प्रयोग गर्ने गरिन्छ । आजभोलि बियर कम्पनीहरुले समेत यस्तो औषधि बनाउने गरेको पाइन्छ । यसको अर्काे विशेषता भनेको एउटै फूलमा भाले तथा पोथी दुबै योनीहरु पाइन्छ । यसको बिउ कोसामा लाग्छ । कोसाहरु अण्डाकार हुन्छन् । यिनै कोसाभित्र धेरै कोण भएका मसिना बिउहरु पाइन्छ । यसको स्वाद भने निकै तीतो हुन्छ ।

    चिराईंतोको बिउ एकदमै सानो हुने हुँदा हावाले उडाउन सक्ने खालको हुन्छ । त्यसैले यसलाई जमाउने बेलामा एक भाग बिउमा १० भाग बालुवा राखेर छर्नुपर्छ । बिउ छर्दा ४ देखि ५ इन्चको लाइनमा राम्रो हुन्छ । यसरी राखेको बिउबाट २० देखि २५ दिनमा बेर्ना उम्रन्छ भने ९० दिनमा अंकुरण हुन्छ । त्यसको लागि कात्तिक मंसिर महिना उपयुक्त हुन्छ ।

     

     

    आइतबार, चैत २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer