• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

६ हजार मेट्रिकटन कालीमार्सी धान उत्पादन, रैथाने खेतीमा किसानको आर्कषण


  •   आइतबार, चैत २५, २०८० मा प्रकाशित
  • जुम्ला । उन्नत जातको धान भन्दा रैथाने कालीमार्सी धानको खेतीमा जुम्ली किसानको आर्कषण देखिएको छ । उन्नत धान भन्दा कालीमार्सीको बजार मूल्य पनि बढी र राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा माग पनि बढ्दै गएकाले कालीमार्सी धान खेतीमा जुम्ली किसान आर्कषित भएका हुन् ।

    Advertisement

    हाल जुम्लाको २९ सय हेक्टर जमिनमा धान खेती भइरहेको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जुम्लामा खेतीयोग्य जमिनमध्ये आधा भन्दा बढीमा कालीमार्सी धान खेती हुने गरेको बताए । उनले भने, “२९ सय हेक्टरमध्ये १५ सय हेक्टरमा रैथाने कालीमार्सी धान र १४ सय हेक्टरमा उन्नत जातको धान खेती भइरहेको छ ।” जुम्लाका करिब ५५ प्रतिशत किसानले कालीमार्सी धानको खेती गरिरहेका छन् ।

    जुम्लामा पाँच वटा जातको धान खेती भइरहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । जसमा चन्दननाथ १ चन्दननाथ २ र लेकाली १ लेकाली २ गरी उन्तत जातको र रैथाने कालीमार्सी गरी पाँच जातको धानी खेती भइरहेको प्रमुख देवकोटाको भनाइ छ ।
    नेपालमै महंगो मूल्यका रुपमा प्रतिकेजी १ सय २ रुपैयाँ कालीमार्सी धानको मूल्य निर्धारण समेत गरिएको छ । हालै १८ टन कालीमार्सी धानको चामल क्यानडा निर्यात भएपछि र देशभरका कोसेली घरमा जुम्ली कालीमार्सी चालमको माग बढ्न थालेपछि किसानको आर्कषण बढेको हो ।

    बजारको मागअनुसार कालीमार्सी धान खेतीको क्षेत्र विस्तारका लागि कृषि कार्यालयले योजना बनाएको छ । देशभर असार १५ गते धान दिवस मनाएपनि जुम्लामा चैत १२ गते धान दिवस र जेठ १५ गते रोपाई महोत्सव मनाउने गरिन्छ ।

    ६ हजार मेट्रिकटन धान उत्पादन

    जुम्लामा यस वर्ष करिब १२ हजार ३ सय ८ मेट्रिकटन मात्रै रैथाने बाली उत्पादन भएको छ । करिब ५ वर्ष यता जुम्ली रैथाने बाली उत्पादनमा ४० प्रतिशतले गिरावट आएको सरकारी अनुमान छ । मार्सीधानको उत्पादनमा भने केही वृद्धि भएको छ । १२ हजार मेट्रिकटन अन्नबाली उत्पादन हुँदा मार्सीधान मात्रै ६ हजार ६ सय ७० मेट्रिकटन उत्पादन भएको छ । अझै धानको उत्पादकत्व बढाउन आठै स्थानीय तहले कृषि केन्द्रित नीति तथा बजेटको व्यवस्थापन गर्न आवश्यक रहेको कृषि विज्ञहरु बताउँछन् ।

    यस वर्ष मार्सी धान ६ हजार ६ सय ७० मेट्रिकटन उत्पादन भएको छ भने गहुँ ५ हजार २ सय ९० मेट्रिकटन, ६ हजार ५ सय ६० मेट्रिकटन वर्षे मकै, कोदो ४ हजार २ सय ९० मेट्रिकटन उत्पादन भएको छ । जौ ७ हजार ६ सय ५० मेट्रिकटन, फापर ९८ मेट्रिकटन, उवा १५ मेट्रिकटन, चिनो २ सय ४० मेट्रिकटन र कागुनो १४ मेट्रिकटन गरी जम्मा १२ हजार ३ सय ८ मेट्रिकटन रैथाने खाद्यबाली उत्पादन भएको कृषि विकास कार्यालय जुम्लाको तथ्यांकमा उल्लेख छ ।

     

    आइतबार, चैत २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer