• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, जेठ २८, २०८३
☰
बिहिबार, जेठ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

कृषि प्रधान मुलुक: ११ महिनामा ७४ अर्ब रुपैयाँको खाद्यान्न आयात


  •   आइतबार, चैत २५, २०८० मा प्रकाशित
  • काठमाडौं । कृषि प्रधान मुलुक भएपनि ११ महिनामा ७४ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ ।भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनामा ७४ अर्ब ६७ करोड ५१ लाख १० हजार रुपैयाँ बराबरको खाद्यान्न (चामल, मकै, कोदो) आयात भएको हो ।

    Advertisement

    स्थानीय उत्पादनले माग धान्न नसकेपछि ठूलो परिणाममा खाद्यान्न आयात भएको हो । गत वैशाख महिनामा ६८ अर्ब ६३ करोड ९४ लाख २३ हजार रुपैयाँको खाद्यान्न आयात भएको थियो । कोरोना महामारी जारी रहेका बेला एक महिनाको अवधिमा ४ अर्ब रुपैयाँ भन्दा बढीको खाद्यान्न आयात भएको विभागको तथ्यांक छ ।

    खाद्यान्नको माग बढ्दै गएपछि आयात बढेको विभागले जनाएको छ । ११ महिनामा मुलुकमा साढे २८ अर्ब रुपैयाँ भन्दा धेरै चामल आयात भएको विभागको तथ्यांक छ । यस वर्षको चामल आयात अघिल्लो वर्षको तुलनामा ७ अर्ब ४० करोडले बढी हो । गत वर्ष जेठसम्म नेपालले २१ अर्ब २० करोड ४३ लाख ८३ हजार रुपैयाँ बराबरको चामल आयात गरेको थियो ।

    चालु आर्थिक वर्षको साउनदेखि जेठ अन्तिमसम्म ६० करोड ३७ लाख २४ हजार ९८६ किलो विभिन्न प्रकारको चामल नेपालमा आयात भएको छ । सो आयातका लागि मुलुकबाट २८ अर्ब ६० करोड ३० लाख रुपैयाँ भन्दा धेरै रकम बाहिरिएको छ ।
    सो परिणामको चामल आयात हुँदा सरकारले भने २ अर्ब ७५ करोड १३ लाख रुपैयाँ भन्दा धेरै राजस्व संकलन गरेको छ । वैशाख अन्तिमसम्म नेपालले २८ अर्ब ३० करोड ४ लाख रुपैयाँ बराबरको चामल आयात गरेको थियो ।

    नेपालमा चामल निर्यात गर्ने प्रमुख मुलुकको रुपमा भारत रहेको छ भने चीन, फिलिपिन्स, जापान थाइल्याण्डबाट पनि चामल आयात भएको भन्सारको विवरणमा देखिन्छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा र उपभोक्तामा खानेबानीमा आएको परिवर्तको कारणले गर्दा पनि वर्षेनी ठूलो परिणाममा चामल आयात हुने गर्छ । पछिल्लो समय मसिनो चामल खाने प्रवृत्ति बढ्दै गएकाले पनि चामलको आयात धेरै हुने गरेको तथ्यांकले देखाएको छ ।

    यस्तै ११ महिनाको अवधिमा १४ अर्ब ४८ करोड ३० लाख ५९ हजार रुपैयाँको मकै आयात भएको छ । अर्जेन्टिना, ब्राजिल, कोलोम्बिया, भारत र नाइजेरियाबाट मकै आयात हुने गर्छ । पोल्ट्री फार्मका लागि मकैको खपत धेरै हुने भएपछि ठूलो परिणाममा आयात हुने गर्छ । कुखुराको दानका लागि मकै आयात हुने गर्छ । मुलुकमा उत्पादन गर्ने प्रयाप्त सम्भावना हुँदा पनि स्थानीयस्तरमा माग अनुसार उत्पादन हुन नसक्दा मकैका लागि वर्षेनी ठूलो रकम बाहिरिने गर्छ ।

    आइतबार, चैत २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer