• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, जेठ २८, २०८३
☰
बिहिबार, जेठ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

खोकी लाग्यो, के औषधि खाने ?


  •   सोमबार, चैत २६, २०८० मा प्रकाशित
  • सामान्यतया खोकी लागेको बेला चिकित्सकलाई चेकजाँच गराउने गरिंदैन । बरु आफूखुसी औषधि खासगरी कफ सिरप खाने प्रवृत्ति छ ।

    Advertisement

    कतिपयले पहिले नै प्रयोग गरेर बाँकी रहेको कफ सिरप पनि प्रयोग गर्छन् । तर कफ सिरपले सबै किसिमको खोकीमा उत्तिकै प्रभावकारी काम गर्दैन । यहाँ बुझ्नुपर्ने कुरा के छ भने खोकी लाग्नुमा एउटै मात्र कारण हुँदैन । सोही अनुसार कफ सिरप पनि फरक-फरक हुन्छ ।

    जाँच पड्तालपछि खोकीको प्रकृति पत्ता लगाई चिकित्सकले सुझाइएको औषधि मात्र खानुपर्छ ।

    सुक्खा खोकी

    कुनै पनि भाइरसको संक्रमण वा अन्य कारणले श्वासप्रश्वास प्रणाली सुन्निएमा सुक्खा खोकी लाग्छ । यो खोकी केही साता लागेर निको हुन्छ । यो खोकीको लागि डेक्सट्रोमेथोरफानयुक्त सिरप प्रयोग गर्न सकिन्छ । जसले हाम्रो मस्तिष्कमा रहेको खोकी गराउने केन्द्रलाई दबाएर खोकीबाट राहत दिन्छ ।

    खकारसहितको खोकी

    कसैमा खोकीसँगै खकार आउने खालको खोकी लगातार लाग्न सक्छ । यस्तो खोकीले फोक्सोमा संक्रमण भएको बुझाउँछ, यदि फोक्सोमा टाँसिएर र जमेर खकार बसेको छ भने त्यो खोकीसँगै बाहिरिन्छ ।

    तर पूरा आउन सक्दैन । यस्तोमा सुक्खा खोकीमा काम गर्ने कफ सिरपले काम गर्न सक्दैन । किनकि खकारलाई पहिला पातलो बनाएर बल्ल निकाल्नुपर्ने हुन्छ । त्यसका लागि गुवाईफेनेसिन मिश्रण भएको सिरपले काम गर्छ ।

    घ्यारघ्यारसहितको खोकी

    दम वा खोकी हुँदा घ्यारघ्यार आउँछ भने श्वासनली खुम्चिएको बुझ्नुपर्छ । यसलाई खुलाउन टरबुटालिन र ब्रोमहेक्जिनयुक्त सिरप चिकित्सकको सल्लाहमा प्रयोग गर्नुपर्छ ।

    टरबुटालिन मिसिएको सिरपले मुटुको धड्कन गडबड हुने बिरामीलाई असर गर्न सक्ने हुँदा विचार गरेर दिन पर्ने वा दिनै नहुने अवस्था पनि आउन सक्छ ।

    कति अवधिसम्म खान सकिन्छ ?

    कति अवधिसम्म यस्ता औषधि खान सकिन्छ भन्ने कुरा खोकीको लक्षण र रोगको आधारमा खानुपर्छ । त्यतिमात्र होइन उमेर, तौलअनुसारको मात्रा पनि सबैलाई एकै किसिमको नहुनसक्छ ।

    जथाभावी खाँदा देखिने असर

    मुटुको बिरामीले कफ सिरप खाएमा मुटुको धड्कन बढाउन सक्छ । कुनै कफ सिरपमा रहेको मिश्रित तत्वले एलर्जी गराउन सक्छ । कप सिरपको जथाभावी प्रयोगले बालबालिकाको मुटुको धड्कन बढाउने, कपलाई सुक्खा बनाउने, सास फेर्ने नलीलाई ठूलो बनाइदिने जस्ता जोखिम ल्याउँछ ।

    कफ सिरपमा एलर्जीको औषधि पनि मिसाइएको हुन्छ । त्यसले बच्चाको खोकी निको भएपनि खकार बाहिर ल्याउनुको साटो भित्रै श्वासनलीमै सुकाउने काम गर्छ । बाहिर ननिस्किएपछि विकार शरीरमै रहने हुँदा त्यसका कीटाणुहरूले बालबालिकालाई निमोनिया हुने खतरा पनि हुन्छ ।

    त्यसबाहेक जथाभावी कफ सिरपको सेवनले अत्यधिक निद्रा लाग्ने, खाना अरुचि हुने तथा दिमागमा समेत असर पार्ने लगायत समस्या देखिनसक्छ ।

    चिकित्सकले सुझाएभन्दा बढी मात्रामा यी औषधि खाएमा खानामा अरुचि, मुटुको दरमा गडबडी, नसा लागेको जस्तो झुम्म पार्ने, सुक्खापन ल्याउने, बेहोस हुने, टाउको दुख्ने, धमिलो देख्ने, निद्रा नलाग्ने जस्ता साइड-इफेक्ट देखिन सक्छ ।

     

    सामान्य घाँटी खसखस गरेमा औषधि खानु पर्दैन

    कहिलेकाहीं सामान्य तवरले घाँटी खसखस गर्न सक्छ । र, खोकी कहिलेकाहीं मात्र आउँछ । त्यसले कुनै गहिरो असर गरेको छैन भने तातो पानी खाने र चिल्लो तथा मसालेदार खानेकुरा नखाँदा पनि ठीक हुन्छ । तर खसखस बढ्दै जाने लगातार सुक्खा खोकी वा खकारयुक्त खोकी लागिरहने, छातीको दुखाइ, घ्यारघ्यार आइरहने जस्ता समस्या दुई दिनभन्दा बढी भएमा तुरुन्त अस्पतालमा परीक्षण गराई चिकित्सकको सल्लाहमा कप सिरफको औषधिसहित अन्य उपचार पनि आवश्यक हुन्छ ।

    विश्वको पहिलो कफ सिरप

    याले स्कुल अफ मेडिसनको जर्नलमा प्रकाशित लेखअनुसार करिब १२७ वर्षअघि जर्मन कम्पनी बायरले ‘हेरोइन’ नामको पहिलो कफ सिरप बनाएको थियो । यस सिरपमा एस्पिरिन औषधि प्रयोग गरिएको थियो । सिरपभन्दा पहिले खोकी निको पार्न अफिम प्रयोग गरिन्थ्यो ।

    यसले कहिलेकाहीं शरीरमा हानि पनि हुन्थ्यो । यसले मानिसहरूलाई लत लगाउने र कहिलेकाहीं घातक साबित भएको पाइयो । यो तत्व शरीरमा प्रवेश गरेपछि मोर्फिनमा परिणात भई सोही अनुसार असर देखाउँछ ।

    इजिप्टमा अफिमले खोकीसहित धेरै रोग निको पार्न प्रयोग गरिन्थ्यो । यही कारणले गर्दा बायर कम्पनीलाई सिरप बनाउने जुक्ति आएको थियो । मोर्फिन तताउँदा डाइअसिटाइलमोर्फिन उत्पादन हुन्छ, जसले खोकीबाट राहत प्रदान गर्न गर्छ । यसरी उक्त कम्पनीले विश्वकै पहिलो सिरप बजारमा ल्याएको थियो । उक्त सिरपले खोकी निको पार्‍यो । तर सन् १८९९ मा यो औषधिले लत लाग्ने भन्दै नयाँ विवाद सुरु भयो । सो विवाद यति चर्कियो कि कम्पनीले सन् १९१३ मा अन्तत: औषधि उत्पादनमै रोक लगाउन बाध्य भयो ।

    त्यो त भयो पुरानो विवाद । अहिले पनि बेलाबखतमा यो औषधिलाई लिएर विवाद भइरहन्छ । गत वर्ष मात्रै भारतको औषधि नियामकले मेइडन फर्मास्युटिकल्सले उत्पादन गरेका कोफेक्सम्यालिन बेबी कफ सिरप, मेकफ बेबी कफ सिरप र म्याग्रिप एन कोल्ड सिरप पनि हानिकारक रहेको भन्दै प्रयोगमा प्रतिबन्ध लगाएको थियो । उक्त कम्पनीक कफ सिरप उज्वेकिस्तानमा १९ र द गाम्बियामा ७० जना बालबालिकाको मृत्युसँग सम्बन्धित रहेको बताइएको थियो ।

    जसकारण विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि बालबालिकाको मृत्युमा भारतमा निर्मित चारवटा कफ सिरप जोडिएको भन्दै चेतावनी समेत दिएको थियो ।

    नेपालमा भएका कफ सिरप कति सुरक्षित ?

    नेपालमा प्रयोग भएका अधिकांश कफ सिरप स्वदेशमै उत्पादन भएका हुन् । जसकारण चिकित्सकको सल्लाहमा कप सिरफ खाएमा कुनै हानि गर्दैन ।

    नेपाल औषधि उत्पादक संघका अनुसार नेपालमा करिब ३५ वटा कम्पनीले कफ सिरप उत्पादन गर्छन् । विदेशबाट १५-१६ कम्पनीको औषधि आयात हुन्छ । तर समस्या देखिएको भारतीय कफ सिरप नेपालमा दर्ता छैन ।

    भारतमा समस्या देखिएका कफ सिरपमा डाईएथिलिन ग्लाइकोल र एथिलिन ग्लाइकोल जस्ता मिश्रणबाट बनाइएको थियो । जसको केही नमुनाको प्रयोगशाला विश्लेषणले उल्लेख्य मात्रामा विषाक्त पदार्थ रहेको पुष्टि गरेको थियो ।

    नेपालमा भने डाईएथिलिन ग्लाइकोल प्रयोग गरेर औषधि नबनाइने हुँदा सो औषधि सुरक्षित रहेको छ ।

    सोमबार, चैत २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer