• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

प्रजनन् क्षमता बढाउने १० खानेकुरा


  •   सोमबार, चैत २६, २०८० मा प्रकाशित
  • गर्भधारणका लागि पुरुषको स्पर्म (शुक्राणु)को गुणस्तर राम्रो हुनु र महिलाको डिम्ब अर्थात् अण्डा पनि गुणस्तरीय हुनु अति आवश्यक छ । तर बढ्दो तौल, खराब खानपान, अत्याधिक तनाव र बढ्दो उमेरले गर्भधारण गर्न कठिनाइ हुन्छ ।

    Advertisement

    शरीरमा पोषक तत्त्वको कमीका कारण प्रजनन् क्षमतामा असर पर्छ । यस्तो अवस्थामा यो समस्याबाट बच्न र प्रजनन् क्षमता बढाउन केही विशेष सुपरफुडहरूको सेवन गर्न सकिन्छ ।

    खजुर

    खजुर धेरै पोषक तत्त्वले भरिपूर्ण हुन्छ । यो सबै उमेरका मानिसका लागि आवश्यक छ र धेरै स्वास्थ्य लाभहरू छन् । पुरुष र महिला दुवैका लागि प्रजनन् क्षमता बढाउन प्रभावकारी सावित हुनसक्छ । यसले शरीरलाई पर्याप्त ऊर्जा प्रदान गर्छ । यसको नियमित सेवनले महिलाको प्रजनन् क्षमतालाई बलियो बनाउँदै गर्भधारण गर्न सजिलो बनाउँछ ।

    उखु

    उखुलाई आयुर्वेदमा इक्षु भनिन्छ, यसमा कामोत्तेजक, शारीरिक शक्ति र शुक्राणुको गुणस्तर सुधार गर्ने गुण हुन्छ । यसले यौन शक्ति बढाउँछ, जसले गर्दा जोडीहरूले स्वस्थ र सुखद् यौन जीवनको आनन्द लिन सक्छन् ।

    घिउ

    आयुर्वेदका अनुसार गाईको घिउ एक पवित्र पदार्थ हो, जसले मानिसको शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ । प्रजनन् क्षमता लागि गाईको घिउ वरदान साबित हुनसक्छ । यसले गर्भधारण गर्न धेरै सजिलो बनाउँछ ।

    अनार

    अनारले शुक्रकीटको गुणस्तर सुधार गर्छ । अनारले शुक्रकीटको गुणस्तर बढाउँछ र महिलाहरूको स्वस्थ हार्मोनल चक्रलाई सुधार्छ । महिलामा हार्मोन सन्तुलित रह्यो भने प्रजनन् क्षमता कायम राख्न सजिलो हुन्छ । पुरुषमा गर्भधारणको समयमा शुक्राणुको गुणस्तर धेरै महत्त्वपूर्ण हुन्छ ।

    सिमी र दाल

    सिमी र दाल फाइबर र फोलेटका उत्कृष्ट स्रोत हुन् । यी दुवैले स्वस्थ हार्मोनल सन्तुलन कायम राख्न सहयोग गर्छ ।

    दालमा ‘पोलिमाइन स्पर्मिडिन’को स्तर उच्च हुन्छ, जसले शुक्राणु र अण्डाको गुणस्तरलाई राम्रो बनाउँछ । गर्छ । साथै दाल र सिमीमा प्रोटिन पनि उच्च हुन्छ, जसले स्वस्थ ओभिलियसनलाई बढाउन सहयोग गर्छ ।

    माछा

    ओमेगा–३ फ्याटी एसिड प्रजनन् स्वास्थ्यका लागि राम्रो हुन्छ, जुन माछामा प्रशस्त मात्रामा पाइन्छ । यो फ्याटी एसिडले रक्तसञ्चार सुधार गर्छ । स्वस्थ शुक्रकीटको विकासमा मद्दत गरेर प्रजनन् क्षमता बढाउँछ । यसबाहेक यसले महिलामा महिनावारी चक्रलाई पनि नियमित गर्छ ।

    सूर्यमुखीको बीउ

    सूर्यमुखीको बीउले महिला र पुरुष दुवैको प्रजनन् क्षमता बढाउन मद्दत गर्छ । सूर्यमुखीको बीउमा भिटामिन ई, फोलेट, सेलेनियम, ओमेगा-३ र ओमेगा-६ फ्याटी एसिड पाइन्छ, जसले प्रजनन् क्षमता बढाउन मद्दत गर्छ ।

    दुग्धजन्य पदार्थ

    दुग्धजन्य पदार्थको सेवनले शारीरिक शक्ति प्राप्त हुनुका साथै प्रजनन् क्षमता बढाउन पनि मद्दत गर्छ । यसमा धेरै प्रकारका पोषक तत्त्वहरू पाइन्छ जसले शरीरलाई ऊर्जा प्रदान गर्ने काम गर्छ ।

    केरा

    केरा खाँदा पनि प्रजनन् क्षमतामा सुधार हुन्छ । यसमा पोटासियम र भिटामिन बी-६ पर्याप्त मात्रामा पाइन्छ । प्रजनन् क्षमता बढाउने केरालाई दैनिक रूपमा सेवन गर्नुपर्छ ।

    हरियो तरकारी

    हरियो सागपातको सेवनले प्रजनन् अंगलाई स्वस्थ राख्छ । महिलाले आफ्नो प्रजनन् क्षमता बढाउन आफ्नो आहारमा हरियो सागसब्जी समावेश गर्नुपर्छ । यसमा भिटामिन बी र फोलेट प्रचुर मात्रामा पाइन्छ । जसले महिलाको प्रजनन् क्षमता बढाउन मद्दत गर्छ ।

     

    सोमबार, चैत २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer