• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ४. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

दाङका किसानलाई हिउँदे बाली भित्र्याउने चटारो


  •   सोमबार, चैत २६, २०८० मा प्रकाशित
  • दाङ । अहिले गर्मीको मौसम छ । कोही खेतबारीमा गहुँ काटिरहेका छन्, कोही घरमा चना, मसुरोलाई दाइँ लगाइ रहेका छन् भने कोही टाउकोमा बोकेर तोरी घरतर्फ ल्याइरहेका देखिन्छन् । अहिले यो दृश्य यहाँका खेतबारीमा काम गर्ने किसानको हो । उनीहरुलाई यतिबेला तोरी, गहुँ, मसुरो, चनालगायत हिउँदे बाली भित्र्याउन चटारो परेको छ ।

    Advertisement

    यसपटक दाङमा हिउँदमा खासै पानी परेन । अहिले खेतमा गहुँ, चना, मसुरो पाकेकाले काट्न सुरु गरिएको दङ्गीशरण गाउँपालिका–३ की ४२ वर्षीया मैती चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “बाली भित्र्याउने बेला पानी पर्छ कि भन्ने डरले चर्को गर्मीमा पनि बाली भित्र्याउने हतार छ । पानी परेर भिज्यो भने वर्षभरिको मेहनत खेर जान्छ ।” उहाँले दुई बिगा जमिनमा गहुँ, एक बिघामा हिउँदे तोरी, १० कठ्ठामा मसुरो र पाँच कठ्ठामा चना खेती गरेको बताउनुभयो ।

    तुलसीपुर उपमहानगरपालिका–१० गोलौरीकी ४५ वर्षीया सरस्वती कुवँरले केहिले बादल, कहीले गर्मी भइराखेको भन्दै एक्कासी पानी प¥यो भने खेतबारीमा उत्पादन भएको अन्नबाली नष्ट हुने बताउनुभयो । पानी पर्यो भने बाली स्याहार्न समस्या होला भनेर दिनभरि खेतमा काम गरिरहेको उहाँले बताउनुभयो । “बाली भित्र्याउने बेलामा एक्कासी पानी प¥यो भने नोक्शानी हुन्छ । त्यसैले हतारमा बाली भित्र्याइरहेका छौँ”, उहाँले भन्नुभयो ।

    केही दिनदेखि यहाँको मौसममा बदली भई बादल लाग्ने र घाम लाग्ने भइरहेको छ । हिउँदभरि स्याहार गरेर जोगाएको अन्न पानी परेपछि कुहिने हो की भन्ने डर रहेको तुलसीपुर–६ की प्रमिला चौधरीले बताउनुभयो । “हाम्रो छ महिनाको मेहिनत हो । पानी परे कुहिन्छ की भन्ने डर पनि छ”, उहाँले भन्नुभयो ।

    दाङ तोरी उत्पादनका हिसाबले उत्तम जिल्ला मानिन्छ । जिल्लामा दुई सिजनमा तोरीखेती गरिँदै आइएको छ । करिब १७ हजार हेक्टर क्षेत्रफलमा तोरीखेती हुने दाङमा वर्षेनी २५ हजार मेट्रिकटनको हाराहारीमा उत्पादन हुने गर्छ । जिल्लामा हाल दङ्गीशरण, शान्ति नगर र बवइलगायतमा तोरी उत्पादन हुने जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएकोछ ।

    केन्द्रका अनुसार जिल्लामा १२ हजार हेक्टरमा गहुँ खेती हुँदा ३० हजार मेट्रिकटनको हाराहारीमा उत्पादन हुन्छ भने २७ हजार छ सय हेक्टर जमिनमा मसुरो खेती हुँदा २० हजार एक सय मेट्रिकटन उत्पादन भइरहेको छ ।

     

     

    सोमबार, चैत २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer