सुलीकोट । गोरखामा एक घर जलेर नष्ट भएको छ। जिल्लाको गोरखा नगरपालिका– ११ तेह्रकिलो स्थित भ्रमण गुरुङको घरमा आइतबार सँझ ५ बजे अचानक आगलागी हुँदा जस्ताले छाएको दुई तले घर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो।
Advertisement
उहाँका अनुसार त्यस घरका मानिसहरु घरमा नभएको बेला घरमा आगलागी हुँदा घरको भएको अन्नापात र लत्ताकपडा पूर्णरुपमा जलेर नष्ट भएको छ।
स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए। प्रहरीले आगलागीको कारण खोजी भइरहेको बताएको छ।




