• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

एपेन्डिक्स र पित्तथैलीको क्यान्सर, लक्षण र उपचार


  •   सोमबार, चैत २६, २०८० मा प्रकाशित
  • एपेन्डिक्स र पित्तथैली दुवै अङ्ग पाचन नलीका सहायक अङ्ग भए पनि पाचन प्रक्रियामा पित्तथैलीको निकै महत्व हुन्छ । खासमा चिल्लो खानेकुरा पचाउनका लागि पित्तथैलीको निकै महत्वपूर्ण भूमिका रहन्छ ।

    Advertisement

    एपेन्डिक्सको क्यान्सर

    एपेन्डिक्स नामको अङ्ग शाकाहारी जीवका लागि निकै महत्वको अङ्ग हो । जीव विकासक्रम (इभोलुसन) का क्रममा मानिसमा भने एपेन्डिक्स काम नलाग्ने अङ्गमा परिणत हुन गयो तर पनि यही अङ्ग बेलाबखत विभिन्न कारणले सुजन हुने, निकै विरल नै भए पनि यसमा क्यान्सर पलाउने हुन्छ । एपेन्डिक्समा क्यान्सर पलाउने समस्यालाई निकै विरल मानिन्छ । प्रतिवर्ष प्रतिदश लाख मानिसमा केवल दुई जनाभन्दा कममा मात्र यो क्यान्सर हुन्छ ।

    लक्षण र प्रकार

    एपेन्डिक्समा क्यान्सर हुँदा पेट फुल्ने, पेटको तल्लो दाहिने भागमा असहज हुने, सास फेर्न गाह्रो हुने तथा खाना नरुच्ने हुन्छ । यो क्यान्सर औसतमा ५०/५५ वर्षका व्यक्तिलाई हुन्छ । एपेन्डिक्समा पलाउने ट्युमर अधिकतर कार्सिनोइड खालको (क्यान्सर खालको होइन) हुन्छ ।

    अन्य कारणले एपेन्डिक्स निकालिएका व्यक्तिको पित्तथैलीको मासु जाँच (प्याथोलोजी) पठाउँदा करिब चार सय मानिसमध्ये एकमा कार्सिनोइड देखिने गरेको पाइएको छ । त्यसै गरी एपेन्डिक्स आफैँ ग्रन्थियुक्त अङ्ग भएकाले ग्रन्थियुक्त अङ्गमा हुने अधिकतर क्यान्सर एडेनो कार्सिनोमा खालको हुन्छ । त्यसैले एपेन्डिक्समा हुने दोस्रो मुख्य क्यान्सर म्युसिनस एडेनो कार्सिनोमा खालको हुने गर्छ । तेस्रो मुख्य क्यान्सर पनि एडेनो कार्सिनोमा नै हो तर यही भनेर छुट्याउन नसकिने खालको हुन्छ । चौथोमा सिग्नेट सेल एडेनोकार्सिनोमा पर्दछ ।

    धूमपान, पारिवारिक इतिहास, इन्डोक्राइन ग्रन्थिका अन्य क्यान्सर एपेन्डिक्स क्यान्सरका जोखिम तìव हुन् । अल्ट्रासाउन्ड, सिटी स्क्यान वा एमआरआईले पनि एपेन्डिक्सको क्यान्सर भए नभएको अनुमान लगाउन सकिन्छ । यसको निक्र्याेलका लागि प्रभावित ठाउँको बायोप्सी (मासु जाँच) गर्नु पर्दछ । ग्यास्ट्राइटिस (तारन्तार पेट दुख्ने), इरिटेबल बाउल सिन्ड्रोम (पेट पोल्नुका साथै दिसा बिग्रिराख्ने समस्या), ल्याक्टोज (एक प्रकारको कार्बोहाइड्रेट) पचाउन नसक्ने अवस्था र पेटको क्यान्सरले गर्दा एपेन्डिक्सको क्यान्सरको निक्र्याेल गर्न अलि सावधानी अपनाउनु पर्दछ ।

    उपचार

    ट्युमर निकै सानो (अर्थात् २ सेमिभन्दा सानो) र क्यान्सर खालको नभई कार्सिनोइड खालको भएमा एपेन्डिक्स निकाल्ने शल्यक्रिया गरिन्छ । जबकि न्युरोइन्डोक्राइन ट्युमरसँगै एडेनो कार्सिनोमा छ भने दायाँतिरको आधाजसो ठूलो आन्द्रा, सानो आन्द्राको पुछारको भाग पनि निकालिने हेमिकोलेक्टोमी भनिने शल्यक्रिया आवश्यक पर्दछ । यसका साथै आवश्यकता अनुसार केमोथेरापी, रेडियोथेरापी पनि चाहिन सक्छ ।

    तर यो क्यान्सर जति विरल छ, उपचारपछि पाँच वर्षसम्म बाँच्ने सम्भावना पनि निकै कम (केवल २५ देखि ८८ प्रतिशत) छ । प्राथमिक प्रकारको अर्थात् एपेन्डिक्सबाटै सुरु हुने क्यान्सर निकै कम भए पनि ट्युमरको प्रकार, उमेर, लिङ्ग, क्यान्सरको चरण विश्लेषण गर्दा पछिल्लो समय यो क्यान्सर पनि बढ्दो क्रममा छ । जिस्ट भनिने ग्यास्ट्रोइन्टेस्टिनल ट्युमर खालको क्यान्सर र लिम्फोमा पनि एपेन्डिक्सबाटै सुरु हुन सक्छ भने स्तन क्यान्सर, आन्द्राको क्यान्सर, स्त्री जननेन्द्रियको क्यान्सर फैलिएर एपेन्डिक्समा सर्न सक्छ ।

    पित्तथैलीको क्यान्सर

    अमेरिकाको तथ्याङ्क अनुसार प्रतिएक लाख मानिसमा दुई मानिसलाई पित्तथैलीको क्यान्सर हुने गरेको छ । जुन कम नै भए पनि एपेन्डिक्समा भन्दा बढी नै हो । यो क्यान्सर मध्यअमेरिका, दक्षिण अमेरिका, मध्य र पूर्वी युरोप, जापान र उत्तरी भारतमा बढी पाइएको छ । त्यसमा पनि हिस्पानिक र अमेरिकन इन्डियनहरूमा बढी देखिएको छ ।

    पित्तथैलीको क्यान्सरको अमेरिकामा प्रतिवर्ष पाँच हजार जति रोगी हुन्छन् । जसमध्ये प्रतिवर्ष करिब दुई हजार रोगीको मृत्यु हुन्छ । चिलीमा क्यान्सरका कारण हुने मृत्युको चौथो कारण यही हो ।

    समयमै पत्ता लागेको खण्डमा पित्तथैलीको क्यान्सरको उपचार गर्दा कलेजोको एक अंश र लिम्फनोडसहित प्रभावित भाग निकालेमा यो निको हुन सक्छ तर लक्षण देखा परिसक्दासम्म ढिलो भइसक्छ । लक्षण देखा परेपछि पाँच वर्ष बाँच्ने सम्भावना करिब तीन प्रतिशत मात्र हुन्छ । पित्तथैलीको क्यान्सरको आरम्भतिर यसका लक्षणले पित्तथैलीको सुजन हो कि भनेर झुक्याउन सक्छ ।

    लक्षण

    माथिल्लो दाहिने भागमा निरन्तर पेट दुख्ने, जन्डिस देखापर्ने, वाकवाकी आउने, उल्टी आउने (पहेँलो पित्तयुक्त), पेट फुल्ने, ज्वरो आउने, बिनाकारण शरीरको तौल घट्ने हुन सक्छ भने कतिपय व्यक्तिमा कुनै पनि लक्षण नदेखिन सक्छ ।

    पित्तथैलीमा उत्पन्न क्यान्सरका कारण पित्त बहने बाटोमा अवरोध खडा भयो भने उल्टी आउने र जन्डिस देखापर्ने हुन्छ । पित्तथैलीमा पत्थरी भएका व्यक्तिमा पत्थर साह्रो (क्याल्सिफाइड) हुन गई पित्तथैली पोर्सेलिन खालको (चिनियाँ माटोले बनाएको भाँडाकुँडा जस्तो) हुन सक्छ । यस्तो पोर्सेलिन खालको पित्तथैलीमा क्यान्सर पलाउने सम्भावना बढी हुन्छ ।

    पछि पित्त बहने एवं आमाशय र सानो आन्द्रा जोडिने ड्युडेनम भनिने अङ्गमा अवरोध देखा प¥यो भने सोही अनुसारको थप लक्षण देखा पर्दछ । पित्तथैलीको सुजन नदुख्ने खालको वा जन्डिस देखा पर्ने पित्तथैलीको पत्थरीले मात्र हुन सक्दैन । यसो पित्तथैली वा प्यान्व्रिmयाजको क्यान्सरको कारणले हुन सक्छ ।

    जोखिम तत्व

    महिलामा दोब्बर सम्भावना हुन्छ । ७०/८० वर्षको उमेर समूहका मानिस, मोटोपना भएका, जीर्णखालको पित्तथैलीको सुजन वा पत्थरीको समस्या भएका, पित्तनलीको सुजन भएका, जीर्ण खालको पत्थरीको टाइफाइड सङ्क्रमण भएका, ‘सिङ्गल न्युक्लिओटाइड प्लेओमोर्पिmज्म’ भनिने समस्या भएका, पित्तथैलीमा मासु पलाउने (पोलिप) समस्या भएका, पित्तथैली क्याल्सिफाइड भई पोर्सेलिन खालको पित्तथैली भएका, पित्तनलीको जन्मजात खराबी भएकामा पित्तथैलीको क्यान्सर हुन सक्छ ।

    पाचन प्रणालीका अन्य ठाउँमा भएका क्यान्सरसँग यो क्यान्सरले झुक्क्याउन सक्छ । पित्तथैली ग्रन्थियुक्त अङ्ग भएकाले धेरैजसो एडेनो कार्सिनोमा खालको क्यान्सर हुन्छ भने केही व्यक्तिमा ‘स्क्वेमस सेल कार्सिनो’ मा खालको हुन्छ ।

    पित्तथैलीको क्यान्सरको निदान सजिलो छैन । अल्ट्रासाउन्ड, सिटी स्क्यान, पाचन नलीमै दूरबिन छिराएर गरिने अल्ट्रासाउन्ड (इन्डोस्कोपिक अल्ट्रासाउन्ड), एमआरआई, एमआरसिपीबाट यसको निदान गरिन्छ ।

    पित्तथैलीको क्यान्सर ज्यान्थोग्रानुलोमाटस खालको पित्तथैलीको सुजनसँग मिल्दोजुल्दो हुन्छ । त्यसो भएर धेरैजसोमा पित्तथैलीको पत्थरीको समस्याको अनुसन्धान गर्न क्यान्सरको शङ्कास्पद चिह्न पत्ता लगाउन ट्युमरबाट निकालिएको मासुको बायोप्सी गरिन्छ ।

    उपचार

    नफैलिएको अवस्थामा पित्तथैलीको क्यान्सरको उपचार शल्यक्रियाबाटै गरिन्छ । यस क्रममा पित्तथैली, कलेजोको केही अंश (प्रभावित भएको अवस्था हेरेर कलेजोको अलि ठूलै भाग) र लिम्फनोड निकालिन्छ ।

    उपचारात्मक हिसाबले शल्यक्रिया गर्न सम्भव नभएको अवस्थामा पनि पित्तरसको सहज प्रवाहका लागि ‘स्टेन्टिङ’ (विशेष खालको पाइप) पित्तरस खुल्ने ठाउँमा राख्ने वा पिटिबिडी भनेर उपचारबाट उल्टी आउने र जन्डिसको राहत मिल्ने व्यवस्था गरिन्छ । शल्यक्रियाका अतिरिक्त केमोथेरापी, रेडियोथेरापी चाहिन सक्छ ।

    यदि अन्य कारण वा पित्तथैलीको पत्थरी भएको अवस्थामा पित्तथैली निकालिसकेपछि मासु जाँच (प्याथोलोजी) का क्रममा पित्तथैलीको क्यान्सर पत्ता लागेमा शल्यक्रिया दोहो¥याउनुपर्ने हुन्छ । त्यसबेला कलेजोका ठूलै भाग र नजिकको लिम्फनोड पनि निकालिन्छ तर यो क्यान्सर कलेजो, पित्तनली, आमाशय एवं ड्युडेनममा सजिलै फैलिन सक्ने हुनाले क्यान्सरको उपचारपछिको अवस्था त्यति राम्रो हुँदैन । शल्यक्रियाको केही समयमै मृत्यु हुने सम्भावना पनि हुन्छ । पाँच वर्ष बाँच्ने सम्भावना १९ प्रतिशत मात्र छ ।

    सोमबार, चैत २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer