• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

भेरी अस्पतालबाट एक लाखले लिए स्वास्थ्य सेवा


  •   सोमबार, चैत २६, २०८० मा प्रकाशित
  • नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पतालबाट बाँकेका ८ पालिकाका झण्डै एक लाख नागरिकले स्वास्थ्य सेवा लिएका छन् । गत वैशाखदेखि माघ महिनासम्म १० महिनाको समय अवधिमा उक्त सङ्ख्याका नागरिकले अस्पतालबाट स्वास्थ्य सेवा लिएका हुन् ।

    Advertisement

    भेरी अस्पतालले आयोजना गरेको जिल्लास्थित स्थानीय पालिकाका प्रमुख÷उपप्रमुखसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.पवनजङ्ग रायमाझीले उक्त तथ्याङ्क प्रस्तुत गर्नुभएको हो ।

    जिल्ला समन्वय समतिका प्रमुख तथा स्थानीय तहका प्रमुख/उपप्रमुख सहभागी रहेको सो अन्तरक्रिया कार्यक्रममा मेसु डा. रायमाझीले गत वैशाखदेखि माघ महिनासम्म १० महिनाको समय अवधिमा बाँकेका झण्डै एक लाख नागरिकले विभिन्न स्वास्थ्य सेवा लिएको जानकारी गराउनुभयो ।

    उहाँका अनुसार अस्पतालबाट सो समय अवधिमा नेपालगन्ज उपमहानगरपालिकाका ५० हजार बढी, कोहलपुर नगरपालिकाका ११ हजार बढी, खजुरा गाउँपालिकाका ११ हजार बढी, राप्तीसोनारी गाउँपालिकाका ८ हजार बढी, बैजनाथ गाउँपालिकाका ७ हजार बढी, डुडुवा गाउँपालिकाका ६ हजार बढी, जानकी गाउँपालिकाका ५ हजार बढी र नरैनापुर गाउँपालिकाका १६ सय बढी नागरिक गरी झण्डै एक लाखले विभिन्न स्वास्थ्य सेवा लिएका हुन् ।

    वि.सं. १९४७ सालमा काठमाडौंको वीर अस्पतालसँगै स्थापना भएको तत्कालीन भेरी अञ्चल अस्पतालले २०२२ सालमा ५० शय्या सञ्चालन गर्न अनुमति प्राप्त गरेर सेवा सुरु गरेको डा. रायमाझीले जानकारी दिनुभयो । उहाँले २०४३ सालमा १५० शय्या सञ्चालनको अनुमति पाएको अस्पतलाले हाल आउँदासम्म पनि सोही सङ्ख्यामा अस्पताल सञ्चालन गरिरहेको बताउनुभयो । उपस्थित जनप्रतिनिधिलाई उहाँले एक सय ५० शय्या सञ्चालनको अनुमति भए पनि हाल दुई सय ११ शय्यामा सञ्चालन हुँदै आएको जानकारी गराउनुभयो ।

    जनप्रतिनिधिबिच उहाँले तीन सय शय्या क्षमताको अस्पतालको नयाँ भवन निर्माण सम्पन्न भइसक्दा पनि हालसम्म हस्तान्तरण हुन नसकेको जानकारी गराउनुभयो । पाँच सय शय्या बनाउनका लागि अस्पतालले मन्त्रालयमा सबै कागजात पठाए पनि अर्थ मन्त्रालयमा गएर फाइल रोकिएको पनि मेसु डा. रायमाझीले बताउनुभयो । यो आर्थिक वर्षमा देशभरका पाँच वटा सङ्घीय अस्पताललाई स्तरोन्नति गरी पाँच सय शय्याको बनाउने सरकारको योजना भएपनि डडेलधुरा अस्पताल, भरतपुर अस्पताल र कोशी अस्पतालमात्र छानिएको र भेरी अस्पताल नपरेको जानकारी गराउनुभयो ।

    अस्पतालमा हाल जनरल सर्जिकल वार्डमा ३० शय्या, मेडिकल वार्डमा ५०, स्त्री तथा प्रसुती वार्डमा ४५, आईसियु वार्डमा १०, एनआईसियु वार्डमा १०, अर्थो वार्डमा २५, सिकलसेल, एनोमिया तथा थालेसिमिया बिरामीका लागि १०, इमर्जेन्सी वार्डमा २५ र हेमोडाइलासिसमा ६ गरी जम्मा २११ शय्या सञ्चालनमा रहेको अस्पतालले जनाएको छ ।

    अस्पतालका अनुसार नेपाल सरकारको स्वीकृति कर्मचारी दरबन्दी १४७ जना रहेको भए पनि अस्पतालमा हाल ८४ जना कर्मचारी कार्यरत रहेका छन् । सरकारले अस्पतालमा काम गर्नका लागि ५३ जना चिकित्सकको दरबन्दी गरे पनि १९ जना चिकित्सकको दरबन्दी खाली रहेको छ । त्यसैगरी भेरी अस्पतालमा दरबन्दी भएका तर अन्य संस्थामा काम गर्ने चिकित्सको सङ्ख्या १३ रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार सरकारको विभिन्न कार्यक्रमअन्तर्गत ९८ जना स्वास्थ्यकर्मी अस्पतालमा कार्यरत छन् ।
    त्यसैगरी अस्पताल विकास समितिअन्तर्गत दुई सय ६३ जना कर्मचारीको दरबन्दी रहेको विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले जानकारी दिनुभयो । शाहका अनुसार ६५ जना स्थायी, ७४ जना करार, दरबन्दी बाहेकका २३ तथा अन्य थप कर्मचारी कार्यरत रहेका छन् । अस्पतालको अवस्था बारेमा जानकारी गराउन तथा अस्पतालको विकासमा जनप्रतिनिधिको पनि साथ र सहयोग प्राप्त गर्नका लागि जनप्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया गरिएको अध्यक्ष शाहले बताउनुभयो ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्ल, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहलगायतको उपस्थिति रहेको अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धितालले जानकारी दिनुभयो ।

    सोमबार, चैत २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer