• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गुल्मीका किसान उखुखेतीतर्फ आकर्षित, विदेशी बजारमा खुदोको माग उच्च


  •   बुधबार, चैत २८, २०८० मा प्रकाशित
  • गुल्मी । पछिल्लो समय गुल्मीका किसान उखुखेतीतर्फ आकर्षित भएका छन् । कम लागतमा बढी उत्पादन हुनुका साथै उखुबाट गुँड र खुदो बनाएर बेच्न सकिने भएपछि यहाँका किसान उखुखेतीतर्फ आकर्षित भएका हुन् । जिल्ला गुण र खुदोको लागि प्रख्यात मानिन्छ ।

    Advertisement

    देशका ठूला सहरका साथै विदेशी बजारमा गुल्मीको गुँड तथा खुदोको माग बढ्न थालेको स्थानीय बताउँछन् । विगतका वर्षमा किसानले परम्परागत खेती गर्दै आएकामा पछिल्लो समय भने उखुको व्यावसायिक खेती गर्दै आएका छन् ।

    कतिपय कृषिजन्य सामग्रीले बजार नपाइरहेका बेला उखुबाट बनेका गुँड र खुदोलाई भने बजारको कुनै समस्या नहुँदा जीविकोपार्जनमा सहजता मिलेको किसान चोलनाथ ज्ञवालीले बताउनुभयो । “पहिले–पहिले बजारको समस्या थियो । अहिले भने कुनै समस्या छैन”, उहाँले भन्नुभयो, “उखुबाट बनाउने गुँड र खुदो बेचेर घरखर्च सहजरुपमा भइरहेको छ ।”

    विदेशी बजारसम्म गुल्मीको खुदो

    छत्रकोट गाउँपालिकास्थित दिगाम, हर्दिनेटा, खज्र्याङ, मानकोटका साथै रुरुक्षेत्र गाउँपालिकाको थोर्गा, थानपतिलगायत स्थानमा उखुको राम्रो उत्पादन हुने जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा उत्पादन भएकोे गुँड तथा खुदो स्थानीय बजार रिडी हुँदै पाल्पा, बुटवल, पोखरा, काठमाडौंँका साथै विदेशी बजारसम्म पुग्ने गरेको छ ।

    खुदो प्रतिलिटर रु एक सय ८० देखि दुई सय ५०, सादा गुँडको एक सय ७० र मसलावाला गुँडको रु दुई सय ५० मा प्रतिकिलो बिक्री हुने गरेको किसान सन्तोष पौड्यालले बताउनुभयो । अन्य बालीमा जस्तै उखुमा पनि बाँदर आतङ्कबाट किसानले हैरानी खेप्नुपरिरहेको उहाँले गुनासो गर्नुभयो ।

    “उत्पादन गर्न बाँदर प्रमुख समस्या बनेको छ”, पौड्यालले भन्नुभयो, “बाली जोगाउन सके बजारमा जति पनि बिक्री हुन्छ ।” बाँदर नियन्त्रणका लागि सरकारले ठोस् कार्यक्रम ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । हाल गुल्मीमा एक सय ७९ हेक्टर क्षेत्रफलमा उखु लगाइएको ज्ञान केन्द्रले जनाएको छ । वार्षिक दुई करोडको उखु, गुँड तथा खुदो निर्यात हुने गरेको केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

    जिल्लामा उखु उत्पादन वृद्धि गर्नको लागि कृषि ज्ञान केन्द्रले ‘जीतपुर–८’ नामको बीउसमेत वितरण गरेको छ । उखुको उत्पादन र उत्पादकत्व वृद्धि गर्न केन्द्रले परीक्षणका रुपमा उखु अनुसन्धान केन्द्रबाट बीउ ल्याएर वितरण गरेको कार्यालयका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । साथै उखु किसानलाई पालिकाले बाँझो जग्गामा अनुदान दिने कार्यक्रम लागु गरेको उहाँको भनाइ छ ।

    बुधबार, चैत २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer