• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, भदौ ११, २०८३
☰
बिहिबार, भदौ ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

बगरमा तालको गुरुयोजना बनाउने मेयर थापाविरुद्ध भ्रष्टाचार मुद्दा


  •   बुधबार, चैत २८, २०८० मा प्रकाशित
  • काठमाडौँ । बागमतीको पानी ल्याएर कृत्रिम तालको गुरुयोजना बनाएका सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    Advertisement

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मेयर थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । उनीविरुद्ध अवैध सम्पत्ति आर्जन गरेको अभियोग लगाइएको छ ।

    आयोगले मेयर थापाले २०७४ असोजदेखि २०७९ माघसम्ममा ७ करोड ८६ लाख ५० हजार आम्दानी गरेको देखिए पनि यही अवधिमा १३ करोड २० रुपैयाँ खर्च र लगानी गरेको भन्दै बाँकी हुन आउने रकम अकुत रुपमा कमाएको दाबी गरेको हो । अख्तियारले थापाविरुद्ध ५ करोड ३३ लाख रुपैयाँ बिगो र त्यति नै जरिवाना मागदाबी गरेको छ ।

    अघिल्लो कार्यकालमा समेत मेयर रहेका उनले बाग्मती किनारामा रहेको बगरलाई ताल बनाएर मधेशदेखि भारतीय पर्यटकलाई समेत आकर्षित गरेका थिए । उक्त तालालई माछा पोखरीदेखि बेमौसमी सिँचाईको लागि उपयोग गर्ने नगरपालिकाको योजना थियो ।

    बागमती नगरपालिका वडा नम्बर ४ र १२ मा स्थित १ सय २१ बिघा क्षेत्रफलमा उनले तालका अतिरिक्त पिकनिक स्पटदेखि शिव पार्वतीको मन्दिर निर्माण गरेर धार्मिक पर्यटनको केन्द्र बनाउने योजना बनाएका थिए ।

    त्यस्तै, तालको दक्षिण र पश्चिम भागमा बाँझो रहेको थप ९० बिगाहा जमिनमा बगैंचा समेत बनाउन सुरु गरेका थिए । यो तालबाट मात्रै होटल, अटोरिक्सा, बोटिङ तथा अन्य ब्यापार समेत गरी एक हजार जनाले रोजगारी पाएको नगरपालिकाले जनाएको छ । अहिले बिदाको दिन बाहेक नै औसत २ हजारको दरले पर्यटकहरु भरत ताल हेर्न आउने गरेका छन् ।

    अहिले तालबाट मात्रै नगरपालिकालाई वार्षिक एक करोड रुपैयाँभन्दा बढी आम्दानी भइरहेको नगरपालिकाले जनाएको छ । अहिले नगरपालिकाले पर्यटकलाई बस्नका लागि तालकै छेउमा ७ करोड लगानीमा सुविधासम्पन्न होटल निर्माण गर्दैछ । होटल बनेपछि धेरै दिनसम्म घुम्न आउने वा घुम्न आउँदा ताललाई ट्रान्जिट बनाउने पर्यटक बढ्ने भएकोले आम्दानी बढ्ने नगरपालिकाले जनाएको छ ।

    अहिले भ्रष्टाचार मुद्दा दर्ता भएसँगै मेयर थापा निलम्बनमा परेका छन् । अब मुद्दाको अन्तिम किनारा नलागेसम्म उनले मेयरको रुपमा कुनै पनि काम गर्न पाउने छैनन् ।

     

    बुधबार, चैत २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer