काठमाडौं । आज पहाड र तराई दुवै क्षेत्रमा हावाहुरी आउने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगका थोरै तथा बाँकी पहाडी इलाकाका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
यस्तै, लुम्बिनी, कोशी, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगका केही स्थानमा हावाहुरीको सम्भावना छ।
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
यस्तै, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगका थोरै तथा बाँकी पहाडी इलाकाका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। यस्तै, कोशी, गण्डकी र कर्णालीका पहाडी भेगका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।




