• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

रोमन सम्राटले बताएका खुशी हुने १० उपाय


  •   बिहिबार, चैत २९, २०८० मा प्रकाशित
  • काठमाडौं । हामी जति शक्तीशाली भएपनि खुशी किन्न र दुख: बेच्न सकिदैन । खुशी आफैभित्र खोज्ने हो । यस्तैमा संसारको सबैभन्दा पुरानो सभ्यतामध्ये एक रोमन सभ्यताका सम्राट मार्कस ओरेलियसले त्यहाँ १२१ ईस्वी देखि १८० ईस्वीसम्म शासन गरे, उनी रोमन साम्राज्यका अन्तिम पाँच महान सम्राटहरूमा मानिन्छन् । उनले खुशी हुने दश तरिका बताएका छन ।

    Advertisement

    मार्कस ओरेलियस यी ५ राम्रो स्वभावका शासकहरूमध्ये सबैभन्दा विशेष थिए । उनको दार्शनिक सोचले उनलाई विशेष बनाएको थियो। संसारका सबै मानिस सुखी हुन् भन्‍ने चाहन्थे। यसका लागि उनले धेरै अध्ययन गरेपछि खुशी हुने १० अनौठो तरिका पत्ता लगाए। यस्ता छन् उनले पत्ता लगाएका खुशी हुने उपायहरू।

    डायरी लेख्‍नुहोस्

    एरेलियस हरेक साँझ अध्ययन गर्थे र सुत्‍नुअघि डायरी लेख्थे। उनको डायरी लेख्‍ने शैली आत्मकथाजस्तै थियो। पछि यसलाई संकलित गरियो र पुस्तकमा परिणत गरियो, जुन आज पनि ‘द मेडिटेसन्स’ नामले चर्चित छ। उनले जस्तै तपाईंले पनि हरेक कुराको अध्ययन गर्नुहोस्। हरेक कुरालाई डायरीमा लेख्‍नुहोस्।

    नियन्त्रण बाहिर भएका कुराहरूलाई बेवास्ता गर्नुहोस्

    ओरेलियस भन्छन्- तपाईंसँग केवल दुई चिजहरूमा नियन्त्रण छ- हामी के सोच्छौं ? त्यो सोच कसरी कार्यान्वयन गर्ने ? मानौं तपाईं ट्राफिक जाममा फसेको हुनुहुन्छ। जतिसुकै हर्न बजाए पनि, चिच्याए पनि, गाली गरे पनि जाम खुल्दैन। यो समयमा तपाईं आफूलाई मनपर्ने गीतहरू सुन्‍न सक्नुहुन्छ। तपाईंसँग बाह्य परिस्थितिहरूमा कुनै नियन्त्रण छैन तर तपाईं आफैंमा नियन्त्रण हुनुहोस्।

    अरूबाट प्रशंसाको आशा नगर्नुहोस्

    मार्कस ओरेलियस भन्छन्, जतिसुकै राम्रो काम गरे पनि अझै तिम्रो मृत्युको कामना गर्ने मानिसहरू हुनेछन्। यो संसारमा ७ अर्बभन्दा बढी मानिसहरू छन्। सबैलाई खुशी पार्ने कोशिस गर्न सकिँदैन। किनकि, तपाईंको काम र नियत जतिसुकै राम्रो किन नहोस्, सबैलाई मन पर्छ भन्‍ने हुँदैन।

    नकारात्मक विचारबाट टाढा रहनुहोस्

    मार्कस ओरेलियसले नकारात्मक विचारहरूबाट जोगिन राम्रो सल्लाह दिएका छन्। तपाईंको डर, त्रास र चिन्ता वास्तविक होइन। यो बाह्य परिस्थितिहरूमा तपाईंको प्रक्रिया हो। यो प्रक्रिया परिवर्तन हुन सक्छ। यदि कसैले करायो भने तपाईं बदलामा कराउन सक्नुहुन्छ वा तपाईं उठेर अर्को कोठामा जान सक्नुहुन्छ। यो तपाईको रोजाइ हो। तपाईंले सोच्‍ने तरिका परिवर्तन गरेर तपाईंको डर, छटपटी र चिन्तालाई हटाउन सक्नुहुन्छ।

    हरेक नतिजाको लागि तयार रहने

    मार्कस ओरेलियसलाई जीवन जिउने कुस्तीजस्तै हो भन्‍ने विश्‍वास थियो। यसमा हरेक पल सचेत रहनुपर्छ। दुर्घटनाहरू प्रायः अप्रत्याशित रूपमा र अचानक हुन्छन्। कुश्तीजस्तै कठिनाइहरूसँग लड्ने उत्तम तरिका लचिलोपन हो। संसारका सफल व्यक्तिहरूको जीवनमा पनि असफलता र दुर्घटनाहरू हुन्छन्। सफल रहन हरेक नतिजाको लागि तयार रहनुपर्छ।

    रिस कम गर्नुहोस्

    मार्कस ओरेलियसका अनुसार रिसले धेरै घटना निम्त्याउँछ, जसले तपाईंलाई ठूलो असर पर्छ। रिसाएको समयमा लिएका कुराहरूले कुनै पनि दुर्घटना निम्त्याउँछ तर पछि दुख मान्‍नु र पश्‍चाताप गर्नुबाहेक केही नहुन सक्छ। त्यसैले आफनो रिसलाई शान्त बनाउनुस्।

    प्राप्त गरेका कुरामा कृतज्ञता व्यक्त गर्नुहोस्

    मार्कस ओरेलियस भन्छन्, हरेक मानिससँग धेरै राम्रा चिजहरू हुन्छन्। तपाईंसँग भएका सबै चिजहरूका लागि तपाईं कृतज्ञ हुनुपर्छ।

    परिवर्तन गर्ने प्रयास नगर्नुहोस्

    ओरेलियस भन्छन्, यस पृथ्वीमा मानिसहरू समाजको एक विशेष नेटवर्कमा बाँधिएका छन्। यसबाट कोही भाग्‍न सक्दैन। सबैबाट अलग रहनुले हाम्रो जीवनलाई धेरै बोरिङ बनाउँछ। यदि हामी अरूप्रति दयालु दृष्‍टिकोण राख्छौं भने हामी तिनीहरूप्रति कुनै पनि राय बनाउन र तिनीहरूको न्याय गर्नबाट जोगिनेछौं। आफ्नो ज्ञान अरूलाई बाँड्नु र तिनीहरूलाई सिकाउनु राम्रो हो। अरूलाई परिवर्तन गर्ने प्रयास गर्नुभयो भने उनीहरूले तपाईंले चाहनुभएको व्यवहार नचाहन पनि सक्छन्, जसले तपाईंलाई दुःखी बनाउँछ। यस्ता कुराहरूमा जोगिनुपर्छ।

    खुशी आफैंभित्र खोज्‍ने

    हामीले जे अनुभव गर्छौं, त्यो हामी भित्रबाट उत्पन्‍न हुन्छ। यदि तपाईंका भावनाहरू कुनै पनि कुराले प्रभावित भएनन् भने कुनै पनि घटनाले तपाईंलाई असर गर्न सक्ने छैन। तपाईं आफ्ना भावना व्यवस्थापन गर्न सिकेर मात्र खुशी हुन सक्नुहुन्छ।

    हरेक पललाई यादगार बनाउने

    मृत्यु नकार्न सकिँदैन। तर, कतिपय मानिसहरू आफ्नो सपना र इच्छाहरू पूरा भएको देख्‍न सधैंभरि बाँच्‍नेजस्तो व्यवहार गर्छन्। यसो गर्नु हुँदैन। वर्तमानमा जीवन जिउन शुरु गर्नुपर्छ। भोलिको लागि केही पनि स्थगित गर्नु हुँदैन। यसले जीवनलाई कमजोर बनाउँछ।

     

    बिहिबार, चैत २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer