• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

४० वर्षपछि धादिङ जोड्ने सडकमा पुल बन्यो


  •   बिहिबार, चैत २९, २०८० मा प्रकाशित
  • धादिङ । धादिङको उत्तर क्षेत्र निकै विकट मानिन्छ । उत्तरी धादिङका अधिकांश स्थानमा अझै सहज सडक यातायात पुग्न सकेको छैन । उत्तरी धादिङलाई जोड्ने दामन पाख्रिन मार्गको काम सुरु भएको चार दसक भइसक्दा पनि अझै काम सम्पन्न भएको छैन । दामन पाख्रिन मार्गमा पर्ने किन्ताङफेदीमा पुल नबन्दा हिउँदमा मात्र उत्तरी धादिङमा यातायात सञ्चालनमा आइरहेको अवस्थामा यस वर्ष पुल बनेपछि निकै सहज हुने भएको छ ।

    Advertisement

    धादिङको खनियाँबास गाउँपालिका–४ किन्ताङफेदीमा चाइनिज ब्रिज निर्माणको काम सकिएको छ । उत्तरी धादिङको लाइफलाइन मानिने दामन–पाख्रिन मार्गको किन्ताङ खोलामा सडक खन्न थालिएको करिब चार दशकपछि पक्की पुल निर्माण गरिएको हो । उत्तरी धादिङलाई जिल्ला सदरमुकाम जोड्ने यो नै मुख्य मार्ग भएकोले पुल निर्माण गर्न चासो दिएर लागेको धादिङ जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुहुने सांसद रामनाथ अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार पुल निर्माण नेपाली सेनाको सहयोगबाट सम्भव भयो जसले गर्दा यहाँको मानिसको आवतजावत र आर्थिक विकासमा निकै टेवा पुग्दछ ।

    किन्ताङ फेदीमा पुल नहुँदा बर्खाको पाँच महिना सवारी आवतजावत पूर्ण रूपमा बन्द हुने गर्दथ्यो । उत्तरी धादिङको रुवीभ्याली, गंगाजमुना, खनियाँबास र नेत्रावती डवजोङ गाउँपालिकालाई जोड्ने १४० फिट लम्बाई, ४।२ मिटर चौडाइको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको खनियाँबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले बताउनुभयो । ट्र्याक खोलिएको झन्डै चार दशकपछि अहिले किन्ताङ खोलामा चाइनिज ब्रिज हाल्ने काम भएपछि धादिङको उत्तरी क्षेत्रका स्थानीय खुसी बनेका छन् ।

    पुल बनेपछि उत्तरी धादिङवासीको जीवन फेरिने खनियाबास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज श्रेष्ठ बताउनु हुन्छ । उत्तरी धादिङको जीवनस्तरमा सुधार ल्याउन पुल निर्माणका लागि २५ लाख आर्थिक सहयोग गरेको नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले बताउनुभयो । पुल नहुँदा आपतकालिन समयमा ठुलो समस्या व्यहोर्नु परेको रिजालको भनाइ छ । पुल बनेपछि उत्तरी धादिङको जनताको मुक्तिको दिन सुरु हुने खनियाबास गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङको भनाइ छ । जनजीवन सहज र उत्पादित कृषिजन्य उत्पादन बजारसम्म लैजान सकिने हुँदा जीवनस्तरमा पनि सुधार हुने उहाँले बताउनुभएको छ ।

    किन्ताङफेदीमा बन्दै गरेको चाइनिज ब्रिजको दुवै भागमा फुटपाथ रहने गरी पुल निर्माण गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको त्रिशूली थ्री ए र थ्री बि को स्वामित्वमा रहेको बेत्रावतीबाट ल्याएर हाल किन्ताङफेदीमा जडान गरिएको हो । पुल निर्माणमा १४ बाहिनी अन्तर्गत व्रिजिङ युनिट गौचरन एयरपोर्टबाट ३५ जना दक्ष कामदार सहितको टोलीले जडान गरेका हुन् । करिब एक करोड लागत लाग्ने अनुमान रहेको किन्ताङफेदीमा बन्दै गरेको पुलले उत्तरी धादिङको विकासको ढोका खुल्ने सङ्घीय सांसद रामनाथ अधिकारीको भनाइ छ ।

    बिहिबार, चैत २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer