• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

चिनियाँ विश्वविद्यालयको संस्कृत मोह


  •   बिहिबार, चैत २९, २०८० मा प्रकाशित
  • काठमाडौँ । विश्वका विभिन्न प्रतिष्ठित विश्वविद्यालयसँग सम्झौता गरिरहेको चीनको बेइजिङ फरेन स्टडी युनिभर्सिटीको टोली बुधबार वाल्मीकि विद्यापीठ पुगेको छ । यसअघि त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयसँग सहकार्यका लागि सम्झौता गरिसकेको चिनियाँ टोली बुधबार नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि)सँग सम्झौता गर्न वाल्मीकि पुगेको हो ।

    Advertisement

    नेसंविका उपकुलपति प्राध्यापक डा.यादवप्रकाश लामिछाने तथा बेइजिङ फरेन स्टडी युनिभर्सिटीको परिषद् अध्यक्ष प्राध्यापक डा.वाङडिङ्ग हुवाबिच सहकार्यसम्बन्धी पाँच बुँदे सम्झौतामा आज हस्ताक्षर भएको छ । सम्झौताअनुसार नेसंवि र फरेन स्टडीबीच विद्यार्थी आदानप्रदान गरिने छ । साथै दुवै विश्वविद्यालयले एकअर्काका प्राध्यापक, प्राज्ञिक व्यक्तित्व तथा शैक्षिक प्रशासनका अधिकारीलाईसमेत आदानप्रदान गर्ने छन् ।

    यसैगरी दुवै विश्वविद्यालयले संयुक्तरुपमा डिप्लोमा स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रमसमेत सञ्चालन गर्ने छन् । सम्झौताअनुसार दुवै विश्वविद्यालयले आवश्यक ठानेका क्षेत्रमा संयुक्त अनुसन्धान गर्न सहकार्य गर्नुका साथै दुवै विश्वविद्यालयसँग रहेका शैक्षिक सामग्री र सूचनासमेत आदानप्रदान गरिने सम्झौतामा उल्लेख छ । सम्झौता कार्यान्वयनका लागि दुई विश्वविद्यालयबिच थप गृहकार्य गरिने, आर्थिक पक्षसम्बन्धी विषयमा छुट्टै परामर्श गरिने तथा सम्झौताले नसमेटेका पक्षमा थप परामर्श गरी छुटै सम्झौता गरिने पनि सम्झौतापत्रमा उल्लेख छ ।

    सम्झौताको अवधि पाँच वर्षको रहने र दुवै पक्षको लिखित सहमतिपछि नवीकरण हुने उल्लेख छ । हस्ताक्षर कार्यक्रममा बोल्दै चिनियाँ विश्वविद्यालय परिषद्का अध्यक्ष प्राध्यापक हुवाले सम्झौताले दुई विश्वविद्यालयबिच मात्र नभई नेपाल र चीनबिचकै दौत्य सम्बन्धमा नयाँ आयाम थप्ने बताउनुभयो । विश्वका एक सय ८५ देशका प्रमुख विश्वविद्यालयसँग फरेन स्टडी युनिभर्सिटीले यस प्रकारको सम्झौता गरिसकेको उहाँले जानकारी दिनुभयो ।

    प्रा.डा.हुवाले दुई विश्वविद्यालयबिच गहन सहकार्यका लागि दुवैले प्राज्ञिक ज्ञानको आदानप्रदान सुरु गर्नुपर्ने र एकअर्काको देशमा प्रत्यक्ष भ्रमणसमेत सुरु गर्नुपर्ने बताउनुभयो । यसैगरी अनुसन्धानको क्षेत्रमा दुवै विश्वविद्यालयबिच सहकार्य गरिनुपर्ने धारणा उहाँको थियो । चिनियाँ विश्वविद्यालयले संस्कृत र नेपाली भाषामा अध्ययन गर्नतर्फ विशेष रुचि देखाएको हुवाले बताउनुभयो । संस्कृत भाषाको अध्ययन अध्यापनका दृष्टिले नेसंविको महत्त्व विश्वव्यापी रहेको धारणा उहाँको थियो ।

    नेसंविका उपकुलपति लामिछानेले संस्कृत भाषाप्रति चिनियाँ प्राज्ञहरूको मोह सम्मान योग्य भएको बताउँदै दुई विश्वविद्यालयबिच आगामी दिनमा गहन सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो । सम्झौता हस्ताक्षर समारोहमा फरेन स्टडी युनिभर्सिटीका तर्फबाट अध्यक्ष हुवाका साथमा एसियाली तथा अफ्रिकी अध्ययन स्कुलका अध्यक्ष छु ए, निर्देशक हे जेङ्ग र त्रिभुवन विश्वविद्यालय स्कुल अफ एसियन स्टडिजकी निर्देशक जिङ्ग युन (इन्दिरा) को उपस्थिति थियो । रासस

    बिहिबार, चैत २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer